• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
मलेसियामा नेपालीद्वारा नेपालीकै हत्या : काठमाडौंबाट भिडिओ कन्फ्रेन्समार्फत् यसरी हुँदैछ अनुसन्धान
64x64
नारायण अधिकारी शुक्रबार, पुस २०, २०८०  १८:३६
1140x725

काठमाडौं– नेपाल प्रहरीले पहिलो पटक कर्तव्य ज्यान (हत्या) सम्बन्धी कसुरको बहिक्षेत्रीय अधिकार प्रयोग गरेर एउटा घटनाको अनुसन्धान गरिरहेको छ।

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका झापाको शिवसताक्षी नगरपालिका–३ का ४० वर्षीय धनबहादुर प्रधानको हत्या घटनामा प्रहरीले बहिपक्षीय अधिकार प्रयोग गरेर अनुसन्धान गरेको हो।

मलेसियामा सँगै काम गर्ने अर्का नेपाली महोत्तरीको गौशाला नगरपालिका–५ बस्ने २४ वर्षीय अनिलकुमार साहले प्रधानको मलेसियामा हत्या गरेका थिए। एक कम्पनीमा स्वीपरको रुपमा साह काम गर्थे भने त्यसको कमाण्डर प्रधान थिए।

काम लगाउने जिम्मेवारीमा रहेका प्रधान र साहबीच कामको कुरोमा बेला बेलामा विवाद हुने गरेको थियो। नेपाली र अन्य कामदाहरु गरेर २५–३० जना स्वीपरहरु रहकोमा एउटा सिफ्टमा ८ जनाको दरले काम गर्थे। त्यही एउटा सिफ्टमा प्रधान र साह थिए। साह भएको समूहको कमाण्डर प्रधान थिए। उनै साहले प्रधानलाई हत्या गरेर नेपाल आएको अवस्थामा विमानस्थलबाटै पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ। यसबारे परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले विभिन्न कोणबाट यो घटनाको अनुसन्धान गरिहरकेो बताए।

यसका लागि उक्त कम्पनीमा प्रधान तथा साहसँगै काम गर्नेहरुसँग भिडिओ कन्फ्रेन्समार्फत् बयान लिने कामसमेत भएको एसपी ढुंगेलले जानकारी दिए। भिडिओ बयानमा उनीहरुले साहले नै प्रधानको हत्या गरेर फरार भएको बताएका छन्। प्रत्यक्षदर्शी तथा पक्राउ परेका साहको बयानको अनुसार काममा विवाद हुँदा प्रधानको हत्या भएको पाइएको छ। विवाद भएपछि साहले झुक्याएर प्रधानको टाउकोमा हिर्काएका थिए।

टाउकामा चोट लागेपछि उनको मृत्यु भएको थियो। पोस्टमार्टम रिपोर्टमासमेत टाउकोमा चोटका कारण मृत्यु भएको भन्ने मलेसिया अस्पतालको रिपोर्टमा उल्लेख रहेको काठमाडौं परिसरले जनाएको छ। हत्यापछि साह भागेर दूतावासको सम्पर्कमा पुगेका थिए। उनको पासपोर्ट भने कम्पनीमै थियो। दूतावासमा अरु नै बहाना बनाएर आफू अलपत्र परेका भन्दै नेपाल फर्किनका लागि आग्रह गरेका थिए।

No description available.

त्यसपछि नेपालबाट ६० हजार रुपैयाँ हाल्न लगाएर दूतावासले डकुमेन्ट बनाइदिएपछि साह काठमाडौं फर्किएका थिए। साह मलेसियामा नेपालीकै हत्या गरेर काठमाडौं फर्किँदै गरेको भन्ने सूचना परिसरका एसपी ढुंगेलकोमा पुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै साहलाई पक्राउ गरिएको थियो। योसँगै परिसर काठमाडौंले परराष्ट्र मन्त्रालयमार्फत् पनि उक्त घटनाको प्रमाणका लागि चाहिने कागजात तथा डकुमेन्टहरु संकलनका लागि पत्राचार गरेको छ।

Ncell 2
Ncell 2

अर्कोतर्फ भने इन्टरपोलमार्फत् पनि सहयोग लिएर सबुद प्रमाणहरु जुटाइएको परिसरका एसपी ढुंगेलले बताए। हत्या भएपछि मलेसिया प्रहरीले उठाएको घटनास्थल मुचुल्का विवरण, पोस्टमार्टम रिपोर्ट, प्रत्यक्षदर्शीसँगै भिडिओ कन्फ्रेन्समार्फत् लिइएको बयान, प्रतिवादीको बयान, किटानी जाहेरीलगायतलाई आधार बनाएर प्रहरीले मुद्दा दर्ताको तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

प्रधान र साह विगत एक वर्षदेखि मलेसियास्थित एउटै कम्पनीमा काम गर्थे। साहले प्रधानको यही मंसिर २५ गते हत्या गरी नेपालतर्फ हिँडेको भन्ने सूचनाको आधारमा प्रहरीले मंसिर ३० गते एयरपोर्टबाट उनलाई पक्राउ गरेको थियो।

नेपाल प्रहरीको इतिहासमा कर्तव्य ज्यानसम्बन्धी कसुरमा बहुक्षेत्रीय अधिकार प्रयोग गरेर मुद्दा चलाइएको यो नै पहिलो घटना रहेको परिसर काठमाडौंले जनाएको छ। मुलुकी फौजदारी अपराध संहिता २०७४ मा उल्लेख कसुर अनुसार कर्तव्य ज्यानको सम्बन्धमा पहिलो पटक बहुक्षेत्रीय अधिकार प्रयोग गरेर मुद्दा चलाइएको यो पहिलो घटना हो।

यो पनि पढ्नुहोस

मलेसियामा नेपालीबाट नेपालीकै हत्या, पक्राउ गरेर काठमाडौंमा चलाइयो मुद्दा

 

संहिताको परिच्छेद १ को दफा २ मै बहुक्षेत्रीय प्रयोगको बारेमा उल्लेख गरिएको छ। कसैले नेपाल बाहिर कुनै कसुर गरेमा नेपालभित्रै गरे सरह मानेर कारबाही गरिने उक्त दफामा उल्लेख गरिएको छ। दफा २ को उपदफा ३ मा यसको ब्याख्या गरिएको छ।

कुनै नेपाली नागरिकले नेपाल बाहिर रहेको कुनै नेपाली नागरिक विरुद्ध ज्यान लिए, ज्यान मार्ने उद्योग गरे। षड्यन्त्र गरे, अंगभंग गरे, अपहरण शरीर बन्धक तथा गैरकानूनी थुनामा राखे, बलात्कार गरेमा नेपालभित्रै गरे सरह मानेर कारबाही गरिने उल्लेख गरिएको छ। जसअनुसार साहविरुद्ध पनि नेपालभित्रै कर्तव्य गरी मारेको मानेर नै अहिले अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो आइतबार, जेठ २५, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ: सभापति देउवा आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
स्कटल्याण्डले नेपालविरुद्ध टस जित्यो आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्