• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नयाँ सांसद, नयाँ अनुभव संसद्‌को हालत देखेर निराश बनेका नयाँ सांसद संसद्‌ले त २५ प्रतिशत मात्रै कानुन बनाउने रहेछ: महेश बर्तौला
64x64
पुष्पा केसी बुधबार, पुस १८, २०८०  ०८:५४
1140x725

आफू जन्मिएको मकवानपुरको सुदूर गाउँबाट संसद्‌लाई हेर्दा नेकपा एमालेका सचेतक महेश बर्तौलालाई लाग्थ्यो, ‘देशको नीति निर्माण गर्ने महत्त्वपूर्ण थलो। सम्मानित ठाउँ। संसद्‌को गेट बाहिर हुँदा देश सञ्चालनका लागि नीति, नियम, कानुन संविधान बनाउन सामथ्र्य राख्ने संसद्‌का समग्र पक्ष असाधारण प्रकृतिको हुन्छ होला।’ 

संसद्‌ पुग्नुअघिको बुझाइ एउटा राजनीतिक कार्यकर्ताले देशको संविधान, विधि, विधानले जसरी बुझाएको छ, त्यसरी नै बुझ्थे। तर, संसद्‌भित्र आएपछि भने उनको त्यो बुझाइमा तलमाथि पर्न थालेको छ। पहिलो प्रारम्भिक बुझाइमा कहीँकतै पूर्णता आएर त्यस्तो भएको हो। अर्को संसद्‌ लय, गति, शक्ति र गरिमा कायम गर्न नसक्नुको परिणाम पनि हो। जसले बर्तौलाजस्ता ‘आँखामा देश बनाउने सपना र शरीरमा जनताका लागि केही गर्ने ऊर्जा’ बोकेका सांसदहरुलाई निराश बनाएको छ।

नेपाल लाइभको ‘नयाँ सांसद, नयाँ अनुभव’मा यसपल्ट बर्तौलाले नेपाल लाइभकर्मी पुष्पा केसीसँग आफ्नो संसदीय यात्रा अनुभव साझा गरेका छन्। जसको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं: 

हामीले सुन्थ्यौं–  सांसद भएर यस्तो गरेन, त्यस्तो गरेन। सांसदले त सबै गर्न सक्छ। बाटोघाटो भत्क्यो, पुल पुलेसा बनेका छैनन् भने सोधिन्छ– यहाँबाट जितेको सांसद को  हो? समाजमा कुनै घटना घट्दा खोजिन्छ– सांसद कहाँ छ? के हेरेर बसेको छ? सांसद भएपछि  यति गर्नु पर्दैन? यस्तै प्रश्नहरु सुनेर हुर्केकाले पनि लाग्थ्यो– सबै कुरा सांसदले गर्न सक्छ र सक्ने ठाउँको ऊ सदस्य हो। यथार्थमा धेरै भिन्नता रहेको सांसद बनेपछि अहिले अनुभव गरिरहेको छु।

सत्ता पक्षका सांसदको हकमा पहलकदमीका आधारमा कति काम गर्न सकिन्छ, त्यो परिणामले देखाउला। तर, प्रतिपक्ष सांसदलाई त्यस्तो सुविधा पनि नहुने रहेछ। 

संसद्‌मा जाने सांसद विधायक हो, उसले कानुन निर्माण गर्ने दायित्व हो भन्नेबारेमा जनतालाई बुझाउन सकिएन। र, त्यो चाहेको पनि देखिएन। अहिलेको राजनीतिमा उम्मेदवार भएपछि जसरी पनि जित्नुपर्छ भन्ने देखिन्छ। सांसद मतदातासँग अनेक बाचा गरेर संसद्‌मा पुग्ने गरेका छन्। जुन पूरा गर्ने सामथ्र्य र शक्ति उनीहरुसँग हुँदैन। केही  सांसदले मात्रै संसद्‌मा गएपछि मेरो काम कानुन निर्माण गर्ने हो भनेर मतदातालाई भन्ने गरेका होलान्।  

संसद्‌ पुग्नुअघि मतदातासँग अनेक वाचा गरियो। तर संसद्‌मा गर्नुपर्ने काम भने अर्कै छ। जनताले बिहान उठ्ने बित्तिकै निर्वाचनमा बाचा गरे अनुरुप काम गरिदिन फोन गर्छन्। त्यसमा सरकार र जनताबीच पुलको काम भने सांसदले गर्ने हो। सरकारले ती विषयको ठीक ढङ्गले सम्बोधन नगर्ने बित्तिकै सांसद र जनताकाबीचमा दूरी बढ्न थाल्छ। त्यसले नागरिकमा राजनीतिप्रति वितृष्णा बढाउँछ। त्यसैले निर्वाचनकै बेलामा उम्मेदवारले विधायकको काम कानुन निर्माण गर्ने हो भनेर नागरिकसँग सत्य बोल्न र त्यसबारे बुझाउन जरुरी छ। र, यसले राजनीति पनि शुद्ध हुन्छ। 

संसद्‌‌मा सांसदको काम
संविधानले कानुन बनाउने थलो संसद्‌ नै हो भनेको छ। संसद्‌ले सबै कानुन बनाउँछ भन्ने लागेको थियो। तर, संसद्‌ले जम्मा २५ प्रतिशत मात्रै कानुन बनाउने रहेछ। ७५ प्रतिशत कानुन सरकार, सचिव, कर्मचारीले बनाउने रहेछन्। नीतिगत भ्रष्टाचार त यहीबाट भएको रहेछ। 

Ncell 2
Ncell 2

सांसदले ठीक ढङ्गले आफूले गर्नुपर्ने दायित्व निर्वाह नगरेका कारण आफू अनुकुल नियमावली, कार्यादेश, कार्यविधी बनाएर सरकारले जसरी काम गरिरहेको छ त्यसबारे पनि कानुन निर्माण गर्ने सांसदलाई थाहा छैन। किनभने त्यो सांसदले खोज्दै खोज्दैन। त्यो अभ्यास मरेर गयो।

सांसदको ध्यान मन्त्रीमा ! 
सांसदको ध्यान कानुन बनाउनेतर्फ भन्दा कतिबेला सरकार अदल बदल हुन्छ र मन्त्री बन्न पाइन्छ भन्नेतर्फ गएको देखिन्छ। आफ्नो दायित्व के हो भन्नेबारे पनि सांसदले नबुझेको देखिन्छ। सांसदले सबैभन्दा पहिले विधायिकी भूमिका निर्वाह गर्नुपर्‍यो। कानुन निर्माणको अंश अंशमा प्रवेश गरेर काम गर्नुपर्‍यो। 

सरकारले संसद्‌ले दिएको अधिकार भित्र रहेर नियमावली बनाउँछ। तर, संसद्‌ले दिएको अधिकार भित्र रहेर बनाएको नियमावली कस्तो बन्यो भनेर सांसदले खोजी गरेको पाइदैंन।

सम्बन्धित निकायले पनि संसद्‌लाई त्यसबारे जानकारी गराउँदैनन्। सबै कानुन सांसदले बनाउन सक्दैनन्। तर, सरकारलाई संसद्‌ले दिएको अधिकार प्रत्यायोजन व्यवस्थापन अन्तर्गत बनेको कानुन के कति बन्यो? कस्तो बन्यो? कानुनको कार्यान्वयन कसरी भइरहेको छ भन्ने सांसदले अध्ययन गर्नु पर्दैन? त्यसैले विगतमा २५ प्रतिशत कानुन बनाउने सामथ्र्य यो संसद्‌ले राख्ने गरेको रहेछ। अब अधिक भन्दा अधिक कानुन आफैं निर्माण गर्ने ठाउँमा बसेर काम गनुपर्ने छ।  

नयाँ सांसदका चुनौती   
संसद्‌ भनेको विश्वविद्यालय हो। त्यहाँ २०४८ सालदेखि जित्दै आएका सांसददेखि २०७९ मा जितेर आएका सांसद छन्। ३२/३३ वर्षदेखि जित्दै आएका सांसदसँग समेत बसेर काम गर्ने महत्त्वपूर्ण थलो संसद्‌ हो। त्यहाँ सबै सांसदले कति सिक्न सकिन्छ भन्ने हो। अग्रजबाट सिक्ने कुरा भने अलि चुनौतीपूर्ण छ। संसद्‌मा अग्रजको उपस्थिति एकले अर्कोलाइ निषेध गरेको जस्तो पनि देखिन्छ। 

अघिल्लो पुस्ताकै जस्तो प्रभाव पछिल्लो पुस्तामा पर्ने हो कि भन्ने देखिन्छ। जितेर आएका कतिपय सांसदले तत्कालको फाइदा हेरिरहेका छन्, जुन खतरनाक पनि छ। राजनीति गर्ने र सार्वजनिक नीति निर्माण गर्नेले आज मात्रै नहेरी भविष्य पनि हेर्नुपर्छ।

कतिपयले अहिले सांसद भइहालियो पछि के हुने हो भन्ने सोचेर स्टन्टबाजी गरिरहेका छन्, त्यसले नागरिकमा संसद्‌प्रति हेर्ने दृष्टिकोणमा द्विविधा र छायाँ परेको छ।

आइडल संसद्‌
सरकारको उपस्थितिमा संसद्‌को प्रभावकारिता रहन्छ। संसद्‌मार्फत् जति पनि सांसदले उठाएका विषय हुन्छन् ती सरकारसँग जोडिएका हुन्छन्। नीति निर्माणको पाटोमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्ने संसद्‌ आजको आवश्यकता हो। त्यस्तो संसद्‌ देशले माग गरेको हो। 

सांसदले उठाउने विषय सरकारलाई सुनाउने हो। तर सरकारले सार्वजनिक सरोकार र महत्त्वको विषयलाई बेवास्ता गरेको छ। संसद्‌मा सरकार त आउँछ,  तर ‘गरिनेछ’ भन्छ, काम गर्दैन। यसले संसदीय लोकतन्त्र बलियो हुँदैन कमजोर हुँदै जान्छ। 

संसदीय व्यवस्थाप्रति नागरिकको भरोसा जगाउने जनप्रतिनिधिमुलक संस्थाले निर्वाचित गरेको सरकारमार्फत् हो। त्यसका लागि सरकारले ठीक ढङ्गले काम गर्नुपर्‍यो। नागरिकप्रति जवाफदेही हुनुपर्‍यो। र  संसद्‌बाट सरकार डराओस्। आज संसद्‌बाट सरकार डराउँदैन, छल्न चाहन्छ र असहज महसुस गर्छ।

राजनीतिक यात्रा
२०५३ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा मकवानपुरको कालिका माध्यामिक विद्यालयमा प्रारम्भिक कमिटीको अध्यक्ष बनेँ। त्यो नै मेरा लागि एमालेको राजनीतिमा पहिलो खुड्कियो बन्न पुग्यो। त्यसपछि अनेरास्ववियुको मकवानपुर जिल्ला कमिटीको अध्यक्ष हुँदै विभिन्न तह र पदमा रहेर काम गरेँ। त्यतिमात्रै होइन केन्द्रीय सदस्य, सचिव हुँदै कार्यवाहक अध्यक्षसम्मको जिम्मेवारी अनेरास्ववियुमा पूरा गरेँ। त्यसपछि भने पार्टीले जिम्मेवारी तोके बमोजिम बागमती प्रदेशको उपसचिव भएँ। प्रतिनिधि सभा निर्वाचनमा एमालेले मकवानपुर क्षेत्र नम्बर २ मा टिकट दियो। र, प्रभावशाली एमालेका पूर्व नेता एवम् अहिले नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई पराजित गर्दै संसद्‌को नयाँ यात्रा तय गरेँ। 

तर संसद्‌मा पार्टी विभाजन भएकाले अवसर पाएको भन्ने चाहिँ लाग्दैन। तथापि पार्टी नफुटेको भए टिकट नपाउन सक्ने सम्भावनाको प्रश्न गर्ने आधार भने छ। तर पनि नेकपा एमालेले गएको निर्वाचनमा युवाहरुलाई प्रोत्साहन गर्न खोजेको हो। गएको निर्वाचनमा पार्टी भित्र शीर्ष नेताहरु थिए। तर, नेतृत्वमा युवापुस्ताको सुनिश्चितता गर्नुपर्छ भन्ने पार्टीको निर्णयानुसार नै मैले टिकट पाएको हो। अरु जो सुकै भएको भए पनि पार्टीले यही निर्णय गथ्र्यो भन्ने लाग्छ।

स्थापित नेता विरोध खतिवडासँगको प्रतिस्पर्धा 
विरोध खतिवडासँग गठबन्धन दलको साथ र सहयोग थियो। असोज २३ गते नोमिनेसन गर्दै गर्दा उहाँ जितको उत्साहमा हुनुहुन्थ्यो। किनभने उहाँको साथमा गठबन्धन थियो। गठबन्धनले देशको नेतृत्व गरिरहेको थियो। सरकार, प्रशासन उहाँहरुकै हातमा थियो। केही दिन अघिसम्म मन्त्री पनि हुनुहुन्थ्यो।

जनमतको रुपमा हेर्दा पनि स्थानीय तहमा गठबन्धन दलकै वर्चश्व थियो। ६२ वडामध्ये ४३ वडाध्यक्ष गठबन्धन दलकै थिए। ८ पालिकामध्ये ६ पालिकाका मेयर पनि गठबन्धन दलकै थिए। २ पालिकाको अध्यक्ष र १ उपाध्यक्ष भने एमालेका थिए। समग्रमा स्थानीय तहको जनमतलाई आधार मान्दा विरोध खतिवडा २४ देखि २५ हजार मतले अगाडि हुनुहुन्थ्यो। यस्तो पृष्ठभूमिमा मकवानपुरका जनताले एउटा युवा उम्मेदवारलाई हेरे। र एमालेले उपयुक्त उम्मेदवार उभ्याएको छ भन्ने महसुस गरे। विरोध खतिवडालाई जिताएको भए जितेको इतिहासमा थप एक जित थपिने थियो होला। तर मलाई जिताउँदा एउटा युवा राष्ट्रिय राजनीतिमा जन्मियो।

सम्बन्धित सामग्री:

संसद्‌मा आफूले निर्वाह गरेको भूमिकाप्रति आफैं सन्तुष्ट छैनन् कांग्रेस सांसद प्रदीप पौडेल

रुँदै नागरिकता मागिरहेको दृश्यले १५ वर्षकै उमेरमा राजनीति रोजेकी रेखा

सांसदभन्दा त गाउँपालिका उपाध्यक्ष नै ठीक!

संसद्‌ र सांसद मैले अपेक्षा गरेजति स्वतन्त्र रहेनछन्: शिशिर खनाल

 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ०८:५४
  • #नयाँ_सांसद_नयाँ_अनुभव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले संघीय सरकारअन्तर्गत २ लाखसम्मका आयोजना राखिएको बताएका हुन्। शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दु राष्ट्रका लागि मात्रै नभएको भन्दै... शनिबार, जेठ २४, २०८२
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीनदिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको... शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्