• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
भिजिट भिसामा मानव तस्करी तस्करले नै दिन्थे अध्यागमनका अधिकृतलाई फोन, हप्ता दिनमै परिर्वतन हुन्थे मोबाइल सेन्ट्रल कलेक्सन गरेर रकम बाँडफाँट
64x64
नारायण अधिकारी आइतबार, पुस १, २०८०  १८:४४
1140x725

काठमाडौं- नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा हुने मानव तस्करीबारे नयाँ तथ्य फेला परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानका क्रममा नयाँनयाँ रहस्य खुल्दै गएका छन्। 

पक्राउ परेका व्यक्तिहरुबाट बरामद भएको मोबाइलबाट थप अनुसन्धान गर्ने क्रममा हप्ता–हप्ता दिनमा मोबाइल नै परिवर्तन हुने गरेको नयाँ तथ्य फेला परेको छ। हालसम्म पक्राउ परेका ३२ जनामध्ये अध्यागमन र वायु सेवाका कर्मचारीमाथिको अनुसन्धानका क्रममा उनीहरुले एक–एक हप्तामा मोबाइल परिवर्तन गर्ने गरेको पाइएको हो। 

प्रहरीले पक्राउ गरेको अवस्थामा मोबाइलमार्फत सम्पूर्ण गतिविधि लिक हुन सक्ने भन्दै उनीहरुले एउटा मोबाइल बढीमा एक हप्ता मात्रै प्रयोग गर्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले बताए। 

पक्राउ परेकाहरुको मोबाइलमार्फत थप अनुसन्धान गर्ने क्रममा उक्त तथ्य खुलेको हो। हालै पक्राउ परेका विमानस्थलको अध्यागनका शाखा अधिकृत नरवीर खड्काले समेत एक–एक हप्तामा मोबाइल परिवर्तन गर्ने गरेको खुलेको हो। 

आफूले प्रयोग गर्ने एउटा मोबाइल स्थायी भए पनि तस्करका एजेन्टसँग कुराकानी गर्न भने उनीहरुले छुट्टै मोबाइल प्रयोग गर्दै आएका थिए। मोबाइल र सीमकार्ड समेत तस्करका एजेन्टले नै अध्यागनका कर्मचारीलाई उपलब्ध गराउने गरेको पाइएको छ। 

बढीमा एक हप्तासम्म एउटा मोबाइल र सीमकार्ड प्रयोग गरेपछि उक्त मोबाइल उनीहरुले पानीमा फाल्ने गरेको अनुसन्धानबाट खुलेको छ। एक महिना अघिदेखि यो गिरोहका सदस्यहरु पक्राउ पर्न थालेपछि एजेन्टले थप विवरणहरु खुल्न सक्ने भन्दै विमानस्थलमा कार्यरत कर्मचारीलाई हरेक हप्ता नयाँ मोबाइल र सीमकार्ड उपलब्ध गराउँदै आएका थिए।

सेन्ट्रल कलेक्सन गरेर रकम बाँडफाँट
पक्राउ परेकाहरुको अनुसन्धानबाट अध्यागमनका कर्मचारीले भने सेन्ट्रल कलेक्सन गरेर रकम बाँडफाँड गर्ने गरेको पाइएको छ। एक जनालाई अवैध तरिकाले भिजिट भिसामा बाहिर पठाए वापत ५० हजार रुपैयाँ अध्यागमनका कर्मचारीहरुले लिने गरेका थिए। 

अध्यागमनका शाखा अधिकृत नरवीर खड्काकै संयोजकत्वमा विमानस्थलमा यात्रु सहजीकरण समिति थियो। उनै खड्का रहेको समितिले भने यात्रुहरुलाई सहजीकरण गर्नुको साटो प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले रकम उठाएर बाँडफाँट गर्ने गरेको खुलेको छ। ‘यात्रु सहजीकरण समितिभन्दा पनि यो त उठ्ती-पुठ्ती समिति जस्तो देखियो। रकम उठाउने र भागबण्डा लगाउने गरेको देखिन्छ,’ अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतले भने।

Ncell 2
Ncell 2

बाल्टिक होटलमा अध्यागमनका अधिकृत नरवीरले बुझे एक करोड
हाल पक्राउ परेका अध्यागमनका अधिकृत नरवीरले एक करोड रुपैयाँ निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज छिरिङ लामाबाट बुझेको खुलेको छ। मनोज उनका साला तथा उक्त ट्राभल्सका कर्मचारी पदम लामा पक्राउ परेपछि उक्त रहस्य बाहिर आएको हो।

उनीहरुले नरवीरमार्फत नै आफूहरुले नक्कली डकुमेन्ट बनाएर ३ सय जनालाई भिजिट भिसामा विदेश पठाएको बताएका छन्। त्यसवापत एक करोड रुपैयाँ नरवीरलाई दिएको पनि बयान उनीहरुले दिएका छन्। 

विमानस्थल अगाडिको होटल बाल्टिक इनमा गएर उनीहरुले नरवीरलाई रकम बुझाउने गरेका थिए। मंसिर २६ गते २ लाख रुपैयाँ घुस लिदै गर्दा खड्का पक्राउ परे। पैसा लिँदै गर्दा रंगेहात फेला परेका खड्कालाई प्रहरी टोलीले पक्राउ गर्न लाग्दा पैसा समेत च्यातेका थिए।

प्रहरीले पक्राउ गर्दा खड्काको मोबाइलमा भिजिट भिसामा बाहिर जाने ६६ जनाको नाम लिस्ट समेत फेला परेको थियो। उक्त नामअनुसारका व्यक्ति भए सेटिङमा भिजिट भिसामा जान दिने ती बाहेककालाई भने फर्काउने गरिएको थियो।

तस्करका एजेन्टले विभिन्न पाँच वटा एअरलाइन्समार्फत सेटिङमा विदेश पठाउने गरेको खुले पनि अहिलेसम्म भने नेपाल वायु सेवा निगमका कर्मचारी मात्रै परेका छन्। अन्यको हकमा अनुसन्धान भइरहेकाले केही दिनमै थप व्यक्ति पक्राउ पर्ने प्रहरीले जनाएको छ। 

आन्दोलन गर्ने चेतावनी
गृह मन्त्रालयकै कर्मचारी पक्राउ परेपछि विमानस्थलस्थित अध्यागमनमा खटिएका कर्मचारीहरु भने प्रहरीको अपरेसनप्रति असन्तुष्ट जनाउँदै आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन्। 
निजामती नियमावली विपरीत कामकाजमा खटिएका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको भन्दै उनीहरुले असन्तुष्ट जनाएका हुन्। 

आन्दोलन गर्नेसम्मको चेतावनी दिएपछि गृह मन्त्रालयको आइतबार यसबारे बुझ्ने प्रयास समेत गरेको थियो। अपराध अनुसन्धान कार्यालयका एसएसपी राठौरले फौजदारी कसुरको प्रमाण पर्याप्त भएकाले पक्राउ गरिएको भन्दै गृहमा रिपोर्टिङ समेत गरेका थिए।

प्रहरी टोलीले निजामती कर्मचारीको कसुरबारेको प्रमाण समेत देखाएपछि भने उनीहरु हच्किएको स्रोतले नेपाल लाइभलाई बतायो। त्यसो त पक्राउ परेका अधिकृत खड्का सत्ताको बागडोडर सम्हालेको माओवादी केन्द्रका प्रदेश सांसद विमला केसीको ज्वाईं नाता पर्ने व्यक्ति समेत रहेको पाइएको छ। जसका कारण पनि प्रहरीमाथि अहिले दबाब आइरहेको छ।

अहिलेसम्म यो प्रकरणमा प्रहरीले ३४ जनालाई पक्राउ गरेको छ। अपरेसन अझै जारी रहेकाले पक्राउ पर्नेको संख्या थप बढ्ने बताइएको छ। संगठित रुपमा नेटकर्व नै बनाएर नक्कली डकुमेन्ट बनाउँदै भिजिट भिसामा मानव तस्करी गरेको पाइएपछि प्रहरीले लिखतसम्बन्धी कसुरका साथै संगठित अपराधको कसुरमा पनि मुद्दा चलाउने तयारी गरेको छ।

यो पनि पढ्नुहोस

मानव बेचबिखन ब्यूरोको शंकास्पद भूमिका, जिम्मेवारी खोसिएपछि कसरी तोडियो नेक्सस?

यो पनि पढ्नुहोस

विमानस्थलमा भेटिए १ हजारभन्दा बढी शंकास्पद कागजात, प्रहरीसहित ९ जना पक्राउ

यो पनि पढ्नुहोस

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश– अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ

 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका,सीसीटीभी हेर्दै प्रहरी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउ... बुधबार, फागुन ७, २०८१
ताजा समाचारसबै
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो आइतबार, जेठ २५, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ: सभापति देउवा आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
स्कटल्याण्डले नेपालविरुद्ध टस जित्यो आइतबार, जेठ २५, २०८२
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्