• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
उज्यालो धनगढीका भित्री सडक तिहारमा अन्धकारमय!
64x64
शेरबहादुर ऐर आइतबार, कात्तिक २६, २०८०  २०:०८
1140x725

धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर २ ले सडकमा जडान गर्न खरिद गरेका ‘एलइडी ब्लब’ (बत्ती) अहिले थन्किएका छन्। वडाभित्रका सडकमा जडान गर्दै गर्दा उपमहानगरपालिकाले रोकेपछि खरिद भएका बत्तीहरु वडा कार्यालयमा थन्किएका हुन्। 

भदौ २६ गते बोलपत्र आह्वान गर्दै वडा नम्बर २ को कार्यालयले ‘आइएसओ’ प्रमाणित बत्तीहरु खरिद गरेको थियो। तर, उपमहानगरपालिकाले गुणस्तरहीत बत्ती भन्दै जडान गर्न रोकेको छ। वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका कारण समयमै जडान हुनुपर्ने सडक बत्तीहरु जडान हुन नसकेको बताए।

‘हामीले ठेक्का प्रक्रिया पूरा गरेका छौं। सबै गुणस्तरका बत्ती छन् तर जडान गर्दैगर्दा नगर प्रमुखले रोके’ उनले भने, ‘तिहारभित्रै वडाका सडकलाई उज्यालो बनाउने गरी काम गर्दा उपमहानगरपालिका नै बाधक बन्यो।’

धनगढी उपमहानगरपालिका वडा नम्बर २ मात्र नभई अधिकांश वडाले सडक बत्ती जडान गरी खरिद गर्दा उपमहानगरपालिकाले रोकेको गुनासो छ।

वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले भने, ‘हामीले प्रक्रिया पूरा गरेरै गुणस्तरीय बत्ती खरिद गरेका हौं। नगर प्रमुख हमालले हामीले खरिद गरेका बत्तीमा गुणस्तर नभएको भन्दै वडालाई उज्यालो बनाउने अभियान रोक्नुभयो।’

उनले बत्ती खरिद गरेर जडान गर्दै गर्दा उपमहानगरपालिकाले रोकेको बताउँदै भने, ‘केही ठाउँमा बत्तीहरु जडान भइसकेको छ। त्यो ठाउँमा जडान भएको रकम तिर्नुपर्ने छ। पूरा काम नै हुन नपाएपछि कसरी तिर्ने हो। गुणस्तर मापन पनि कसले गर्ने हो। कहिले हुने हो? तिहारमा धनगढीका सडक उज्यालो बनाउने हाम्रो अभियान थियो। तर अधुरै रह्यो।’

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ ले सहिदगेटदेखि राष्ट्र बैंकसम्मको पुलमा सडक बत्ती जडान गर्न खरिद प्रक्रिया पूरा गरी बत्ती खरिद गरेको थियो। कालोपत्रे भई अन्तिम रुप पाइरहेको सहिदगेटदेखि क्याम्पसरोडसम्मका सडकहरु अन्धकारमय छन्। 

वडा नम्बर ४ का वडाध्यक्ष बुद्धि खड्काले भने, ‘हामीले खरिद गरेका बत्तीलाई गुणस्तरहीन भन्दै जडान गर्न दिइएको छैन्। हामीले आइएसओ प्रमाणित बत्तीहरु खरिद गरेका छौं। जो राम्रो छ।’ उनले नगर प्रमुख हमालले आफैंमात्र उज्यालो अभियानको हिरो बन्न चाहेर वडाले जडान गरिरहेका बत्तीहरु रोकेको आशंका व्यक्त गरे।

Ncell 2
Ncell 2

उनले भने, ‘छ लेन सडकमा बत्ती जडान गर्दा तीन–तीन पटक विभिन्न मन्त्रीहरुबाट समुद्घाटन गराउनुभयो। हामीले वडाका सडक उज्यालो बनाउन खोजेका थियौं। कसैबाट उद्घाटन गराएर चर्चा पनि पाउनु छैन। हामी आफ्नै ढंगले काम गरिरहेका थियौं। एक्कासी जडान नगर्न भन्दै पत्र आयो।’

टर्च लिएर ‘मर्निङ वाक’
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का नारायण सत्याल नियमित बिहान ‘वाक’ सडक यात्रामा हुन्छन्। उनी आफ्नो घरदेखि धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा अवस्थित मुख्य बजारसम्म पुग्छन्।

हातमा टर्च, एउडा छडी बोक्दै चिया पसलमा पुग्ने उनी भन्छन्, ‘टर्च बोक्ने बाध्यताको कहिले अन्त्य होला?’ उनले वडा कार्यालयमा पटक–पटक भन्दा समेत सडक बत्ती जडान नभएको बताए। उनले सडक कालोपत्रे भए पनि नालीहरु असुरक्षित रहेकाले टर्च बोकेर बिहानको समयमा हिँड्डुल गर्नुपरिरहेको गुनासो गरे। 

उनले भने, ‘छ लेन सडकमा जडान भएका बत्तीले त उज्यालो राम्रो दिइरहेको छैन। वडाले खरिद गरेका बत्तीहरु किन थन्क्याएर राखिएको हो?’

तिहारभित्रै धनगढी उपमहानगरपालिकाका वडा कार्यालयहरुले उज्यालो बनाउने गरी काम गरिरहँदा उपमहानगरकै कारण भित्री सडकहरु अध्याँरै रहने भएका छन्। 

धनगढी वडा नम्बर २ का वडाध्यक्ष धर्मराज ओझाले भने, ‘हामीले बत्ती जडान गर्दै गर्दा उपमहानगरपालिकाले पत्र पठाएर रोक्यो। कहिले पो गुणस्तर प्रमाणित भइ आउने हो थाहा छैन्। यो तिहारमा वडाका सडक रातिमा उज्‍यालो पारम्ला भनेको तर तर काम रोकिँदा हाम्रो अभियानले सार्थकता नपाउने भयो।’

नगर प्रमुख गोपाल हमालले वडा कार्यालयहरुले खरिद गरेका बत्तीहरुको नमुना काठमाडौं पठाइएको बताए। उनले भने, ‘वडा कार्यालयले गुणस्तरहीन बत्ती खरिद गरेको गुनासो आयो। यहाँ बत्तीको गुणस्तर मापन गर्ने ठाउँ छैन। काठमाडौं पठाइएको छ।’

उनले रिपोर्टले गुणस्तर नै भएको प्रमाणित गरेपछिमात्र जडान कार्य अघि बढाउने बताए। ‘हाम्रो धनगढी हामी बनाउँछौं, उज्यालो धनगढी’ नारा बनाएका नगर प्रमुख हमालकै कारण अहिले वडाका भित्री सडकहरु अन्धकामय बनेको वडाध्यक्षहरु बताउँछन्।

वडा अध्यक्ष भागिराम चौधरीले भने, ‘हामीले सडकमा बत्ती जडान गर्दा नगर प्रमुखले रोके। अर्को वर्षदेखि सबै वडाको बत्ती खरिद तथा जडान नै उनकै जिम्मा दिनेछौं।’

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  २०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास पूर्वयुवराज्ञी हिमानीसँगै उनका छोरा हृदयेन्द्र पनि जुम्ला पुगेका छन् । उनीहरू शनिबार जुम्ला पुगेका थिए । शिलान्यास कार्यक्रममा बोल्द... आइतबार, जेठ २५, २०८२
राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त अवसरमा नेपाल र इजिप्टबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा... आइतबार, जेठ २५, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्