काठमाडौँ– कौशी थिएटरमा असोज ४ गतेबाट नयाँ नाटक 'वेडिङ एल्बम' मञ्चन हुने भएको छ।
भोलिबाट घटस्थापनाको अघिल्लो दिनसम्म मञ्चन हुने नाटकलाई आकांश कार्कीले निर्देशन गरेकी छन्। भारतीय रंगकर्मी गिरिश कर्नाडद्वारा लिखित नाटकलाई नेपालीमा अनुवाद पनि आकांक्षाले नै गरेकी हुन्।
नाटकमा निर्देशक कार्कीसहित लुनिभा तुलाधर, आशान्त शर्मा, सुदाम सिके, केनिपा सिंह पहारी, नवीनचन्द्र अर्याल, ऋषिकेश बस्याल, जीवन गौतम र निष्ठा त्रिपाठीको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।