• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
‘पानीफोटो’को प्रेक्षालयमा उभिएका नीर शाह
64x64
समर्पण श्री बुधबार, भदौ २७, २०८०  ०९:४०
1140x725

काठमाडौं– खगेन्द्र लामिछानेसँग सहकार्य गरेका निर्देशक र अभिनेत्रीहरूले पुस्तकमा लिपिबद्ध ‘पानीफोटो’लाई हातबाट लहरै उचाले। पुस्तक लोकार्पण भयो। त्यसपछि मञ्चमा उक्लिए कलाकार नीर शाह।

‘पानीफोटो’को प्रेक्षालयमा उभिएका शाहले ४० मिनेटसम्म लगातार बोले। ‘ह्युमर’ भरिएका उनका अभिव्यक्तिहरूले गम्भीर सवालहरू उठाइरहेका थिए। चलचित्रमा नवीन पुस्ताको योगदानलाई अन्तरमनबाट सम्झिरहेका थिए। सँगै नेपाली फिल्म निर्माणमा आफ्नै कमजोरीहरूमाथि चिरफार गरिरहेका थिए। म यो आलेख नीर शाहले आफ्नै फिल्महरूमाथि गरेको ‘कन्फेसन’बाट सुरु गर्छु।

एक पटक एउटा कार्यक्रममा साहित्यकार ध्रुवचन्द्र गौतमलाई एक जना साथीले सोधेछन्, ‘नीर शाहको फिल्म बासुदेवमा तपाईंको चाहिँ के छ?’

ध्रुवचन्द्रले ठट्यौली जवाफ दिएछन्, ‘केही नभए पनि कोटचाहिँ छ।’

विसं २०३९ सालतिर, ध्रुवचन्द्रको उपन्यास ‘कट्टेल सरको चोटपटक’मा नीर शाहले फिल्म बनाउँदै थिए। 

नाम थियो ‘बासुदेव।’

प्रोफेसर बासुदेवको भूमिका निर्वाह गरेका हरिहर शर्मालाई प्रोडक्सनले दिएको कोट चित्त बुझेन। दरबारमार्गमा छायाँकन चलिरहेको थियो। ‘हरिहरलाई कोट असहज लाग्यो,’ नीर शाहले चाल पाए। 

लेखक ध्रुवचन्द्र पनि सुटिङ हेर्न त्यहाँ कोट लगाएर आइपुगेका रैछन्। त्यतिबेला नीर शाहले ध्रुवचन्द्रलाई आग्रह गरे, ‘डा साव। तपाईंको कोट पाऊँ न।’ 

Ncell 2
Ncell 2

ध्रुवचन्द्रले थपक्क कोट फुकालिदिए। त्यो कोट लगाउनासाथ हरिहरलाई आफू बासुदेव भएको अनुभूत भयो। 

सुटिङ अवधिभर उनले त्यही कोट लगाएर अभिनय गरे। फिल्मभरि बासुदेवले पहिरिएको ध्रुवचन्द्रको कोटले जुन स्थान पायो, त्यति स्थान उनको कथाले सायदै पायो। 

नीर शाहले ‘कमर्सियलाइज’ गर्न खोज्दा ‘कट्टेल सरको चोटपटक’माथि केही चोटहरू थोपरिएका थिए। 

फिल्म बनिसकेको निकै वर्षपछि पनि एउटा आधारहीन हल्ला गसिपका रुपमा चलिरहेको छ। आफ्नो कथा स्क्रिप्टमा रुपान्तरण हुँदा अधिकांश परिवर्तन भएर आएपछि ध्रुवचन्द्रले नीर शाहलाई गएर भनेछन्, ‘नीर जी। स्क्रिप्ट त सबै चेन्ज छ नि? मेरो कथा खै?’

त्यतिबेला नीर शाहले ठूलो स्वरमा भनेछन्, ‘फिल्म तपाईंले बनाउने कि मैले?’

लेखकसँगको भेटमा उनले यो घटनालाई अस्वीकार गर्दै भनेका थिए, ‘वास्तविकतामा त्यस्तो कहिल्यै भएको छैन।’

तत् तत् समयमा नीर शाहले कृतिमाथि फिल्म बनाएर जोखिम मात्र मोलेनन्, इतिहासमा सम्झनलायक फिल्महरूको सूचीमा नामहरू दर्ज पनि गरे। तर पछिल्लो समय उनी आफूले बनाएका फिल्महरूमाथि चाहिँ निर्मम समीक्षा गर्छन्।

गत सोमबार राजधानीमा ‘पानोफोटो’को लोकार्पणमा नीर शाह प्रमुख वक्ताका रुपमा थिए। उनले लेखक खगेन्द्रको नाटकदेखि सिनेमासम्म यात्रा गरेको ‘पानोफोटो’बारे बोल्ने क्रममा प्रसंगबस् आफूले फिल्ममा गरेका ‘भूल’हरू सम्झिए। 

उनले आलोचकीय दृष्टिकोणबाट भने, ‘मैले कृतिमा आधारित बासुदेव बनाएँ। त्यसलाई अलि धेरै कमर्सियलाइजेसन गरियो भन्ने असन्तुष्टि भयो। त्यसलाई सकेजति आर्टिस्टिक गराउन सकिन्थ्यो कि...।’

उनी डाइमनशमशेरको उपन्यास ‘वसन्ती’लाई पनि ‘आर्टिस्टिक’ नबनाएकोमा चुकचुकाए। 

गोपालप्रसाद रिमालको नाटक ‘मसान’लाई लम्ब्याउँदा र डाइमनशमशेरको ‘सेतोबाघ’लाई छोट्याउँदाको दु:ख सम्झिए, ‘मसानलाई तन्क्याएर लामो बनाइयो। जहाँ जहाँ त्यो लम्बियो, त्यहीँ त्यहीँ बिग्रियो।’

‘सेतो बाघलाई चाहिँ सके जति छोट्याएँ। त्यो नै जिन्दगीको सबैभन्दा ठूलो भूल भयो।’ 

‘छोट्याउँदा पनि सुख पाइएन। आर्टिस्टिक हुँदा पनि सुख पाइएन। कमर्सियल हुँदा पनि सुख पाइएन।’

उनी प्रेक्षालयबाट एउटा चर्चित भनाइ सुरुमै सम्झिरहेका थिए, ‘फिल्म बनाउनु असाध्यै गाह्रो काम हो। सबैभन्दा कठिन काम सबैभन्दा सजिलो ठाउँबाट गर्न खोजेका कारण बिग्रिएको हो।’

०००

नीर शाह खगेन्द्रको पुस्तक ‘पानीफोटो’लाई केन्द्रमा राखेर सिनेमा सेरोफेरो नियाँलिरहेका थिए। ‘पानीफोटो’ पढिसकेका उनले एउटा दाबी नै गरे, ‘यो  पुस्तक फिल्म स्कुलहरूको पाठ्यक्रममा समावेश हुनुपर्छ।’ 

फिल्ममेकरहरूलाई सुझाए, ‘फिल्म बनाउनुअघि खगेन्द्रको यो पुस्तक पढ्नुस्।’ 

लेखकहरूले कृतिमाथि फिल्म बनाएका छन्। स्वयम् उदाहरण हुन् शाह। तर, नेपालमा कुनचाहिँ मेकरले आफ्नो कृतिमाथि फिल्म बनाए त?

‘यसमा खगेन्द्र पहिलो हुन्। जसले आफ्नै कृतिमाथि फिल्म बनाए,’ नीर शाहले दाबीका साथ भने। 

‘पानीफोटो’को सिर्जन यात्रा रंगमञ्चबाट भएको थियो। यसका नाटककार थिए खगेन्द्र। खगेन्द्रले ‘पानीफोटो’लाई रंगप्रेमीमाझ लोकप्रिय त बनाए। तर रहरलाई रंगमन्चमै बिसाएनन्। 

सपना थियो, ‘यसमाथि फिल्म बनाएर ठूलो पर्दामा हेर्ने।’

कोभिडको दोस्रो लहरमा फिल्मको फाइनल काम सकिएको थियो। त्यो त्रासदीपूर्ण समयमा उनले हल बुक गरेर १० जनालाई डाके। अनि ठूलो पर्दामा ‘पानीफोटो’ हेरे। उनको रहर पूरा भयो। 

कार्यक्रममै फाइन प्रिन्टका प्रकाशक निरज भारीले ठट्टाको भाषामा भनेका थिए, ‘खगेन्द्रको पानीफोटो पानी पानी भए पनि भष्मे डनले चाहिँ टन्नै पैसा कमाओस्।’ (पशुपति प्रसाद २–भष्मे डन रिलिजको क्रममा छ।)

तर खगेन्द्रलाई ‘पानीफोटो’ले बक्स अफिसमा ‘पानी नै पिउन नपाएको’मा उस्तो दु:ख छैन। कारण उनलाई यसमाथि केवल फिल्म बनाउने रहर थियो। 

‘पानीफोटो’को रहर व्यापारको नाफा नोक्सानसँग जोडिएको थिएन।

‘पानोफाटो’को रंगमञ्चदेखि चलचित्रको पर्दासम्मको यात्राबीचमा जति प्रकिया छन्, संघर्ष छन्, अनुभूति छन्, सिकाइ छन् र शिलशिला। त्यसलाई शब्दका बान्कीमा उनेका छन् खगेन्द्रले। 

नीर शाह भन्दै थिए, ‘विश्वका सय उत्कृष्ट सिनेमामध्ये एउटा सिनेमा हो पशुपतिप्रसाद। म बाँचुन्जेलसम्म यो कुरा भनिरहन्छु।’ 

फिल्मका लेखक, निर्माता तथा अभिनेता खगेन्द्रतर्फ हेर्दै उनले भने, ‘यो सत्य कुरा हो। यही मन्चमा बसेर कलाकारहरूले ६१ चोटी झुटो कुरा बोल्छन् भने म मञ्चमा पुगेर ६१ चोटी साँचो कुरा बोल्दा के भयो?’

अब नीर शाहको नजरमा ‘पानीफोटो’ कस्तो फिल्म हो त?

‘पानीफोटोका नाटककारमाथि स्वयम् निर्देशकले फिल्ममा न्याय गर्न सकेनन्,’ उनले भने। 

‘हुन्छ के भन्नुहोला भनेदेखिन्’ थेगोबाट उनले भनाइको तात्पर्य जोड्दै लगे। 

शाहकै भाषामा खगेन्द्रको नाटक गल्ली हो भने उनले त्यसलाई राजमार्ग बनाउन खोजे। जबकि गल्लीसँग जोडिएका सौन्दर्य र मौलिकताहरू पनि हुन्छन्। 

‘राजमार्ग बनाउँदा जहाँ जहाँ गल्लीको मौलिकतालाई तपाईंले कायम राख्न सक्नुभयो पानीफोटो राम्रो हो भनेर प्रभाव पार्ने तत्व यिनै हुन्।

जहाँ जहाँ त्यो मौलिकलाई कायम राख्न सक्नुभएन। त्यहाँनिर पानीफोटोमाथि क्रिटिकल हुनुपर्यो,’ नीर शाहले भने।

र अन्त्यमा– 

गल्लीको प्रसंगमा झट्ट नीर शाहलाई एउटा सम्झना आइदियो। उनले खुलासा गरिदिए, ‘मेरो जीवनको एउटा अन्तिम इच्छा छ। त्यो के भने कुमार नगरकोटीको कथामा सिनेमा बनाउने।’

नीर शाहको घोषणा सुनिरहेका नगरकोटी दर्शकदीर्घाबाट मुसुमुसु हाँसे।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०९:४०
  • #नीर शाह

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
सविनको कश्यप लुक्स रिभिलः हिरो कि भिलेन ? एक्सन हिरोको छवि बनाएका सविनलाई लिएर निर्माण हुने फिल्मको टाईटल र थिम पोष्टरमा योन्ग्री योङ म्यानको रुपमा देखिएका छन्। शुक्रबार, जेठ २३, २०८२
क्यूएफएक्सले ‘ऊनको स्वीटर’लाई गर्‍यो ‘सुपरहिट’ घोषणा कुनै फिल्मले यो चेनमा तीन दिनमा १ करोड ५० लाख कमाए ‘ब्लकबस्टर’ र पहिलो साता सोही बराबर कमाए ‘सुपरहिट’को ट्याग पाउँछ। पछिल्लोपटक क्यू... मंगलबार, जेठ १३, २०८२
‘कार्साङ’ निर्देशकको नयाँ फिल्म ‘मिरमिरे’ मा दयाहाङ राई अनुबन्ध निर्देशक यम शेर्पाको नयाँ फिल्म‘मिरमिरे’मा दयाहाङ अनुबन्ध भएका हुन्। सोमबार, जेठ १२, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्