• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
चलचित्र विकास बोर्ड खुलेपछि नेपाली सिनेमा ओरालो लाग्यो : नीर शाह
64x64
समर्पण श्री शनिबार, भदौ १६, २०८०  १९:३५
1140x725

काठमाडौं- नीर शाह नेपाली चलचित्र क्षेत्रको प्रसिद्ध व्यक्तित्व हुन्। उनले दर्जनौं चलचित्रहरूमा अभिनय गरे। इतिहास र आख्यानमाथि 'वसन्ती', 'सेतो बाघ' र 'वासुदेव'जस्ता मौलिक फिल्म निर्देशन गरेका उनी गीतकार पनि हुन्। शाहले ललितपुरमा आयोजित कलिङ साहित्य महोत्सवको 'एक्काइसौं शताब्दीमा रिल : नेपाली सिनेमाको विकास' सेसनमा सिनेमा क्षेत्रमा आएको परिवर्तन र आफ्नो भोगाइबारे दिएको अभिव्यक्तिको सम्पादित अंश: 

एकजना ठूल्ठूला गाला भएका प्रोड्युसर थिए। म गीत लेख्थें, शम्भुजित बास्कोटा संगीत गर्नुहुन्थ्यो। हामी शम्भुजितको घरमा थियौँ। ती प्रोड्युसर पनि आउनुहुन्थ्यो। हामी एउटा चकटीमा बस्थ्यौँ। उहाँ ४ वटा चकटी हालेर बस्नुहुन्थ्यो। म शम्भुजितलाई भन्थें-‌ हेर्नुस् जित बाबु। अहिले यी प्रोड्युसरको गाला हप्प परेको छ। सिनेमा सकिने बेलासम्म जोडिएर आउँछ। 

उहाँको सिनेमामा मैले पनि काम गरेँ। उहाँले पैसा दिनुभएको थिएन। डबिङ सकिएपछि दिन्छु भन्नुभयो। डबिङको बेलासम्म आइपुग्दा मलाई उहाँको वाचा पूरा हुन्छ जस्तो लागेन। 'तपाईंले पेमेन्ट नगरी डबिङ गर्दिनँ,' मैले भनेँ। उहाँले डबिङभन्दा अगाडि एउटा खाम ल्याएर देखाउनुभयो। खाम सेतो थियो। त्यसपछि मैले डबिङ गरेँ। 

डबिङ सकेर बाहिर आएपछि टेबलको खाम खोलेँ। खाममा एउटा पर्चा रहेछ। पर्चामा लेखिएको रहेछ, ' सरी दाइ, आज मिलाउन सकिनँ।'

त्यसपछि उहाँ कता हराउनुभयो।निकै समय भेट भएन। शम्भुजितको पनि पारिश्रमिक लिन बाँकी रहेछ। एकदिन हामी दुवै उहाँलाई खोज्दैखोज्दै गयौँ। उहाँसँग भेट भयो। गाला वारपार हुने स्थितिमा पुगिसकेको रहेछ। देख्नेबित्तिकै उहाँले भन्नुभयो, 'दाइ तातो भात खान पाए हुन्थ्यो। २ हजार दिनुहोस् न।'

'के हो भाइ। हामी त हाम्रो पारिश्रमिक लिन आएको,' मैले भनेँ। शम्भुजितले 'दाइ भात खान दिऊँ' भन्नभयो। मसँग ५ सय थियो, शम्भुजितसँग ३ सय। जम्मा ८ सय उहाँलाई भात खान दिएर हामी फर्कियौँ। त्यसपछि आजसम्म उहाँको अनुहार देख्न पाइएको छैन। यस्ता घटनाहरू दोहोरिरहन्छन्। 

उहाँले के गर्नुभयो भने फिल्ममा २ रुपैयाँ दिनुपर्ने मान्छेलाई ८ रुपैयाँ दिनुभयो। २ रुपैयाँ दिनुपर्ने मान्छेलाई चाहिँ त्यति पनि दिनुभएन। तपाईंहरू सुन्नुहुन्छ नि- फलानोलाई यति पैसा दिइयो भनेर। त्यस्तै फलानोलाई उहाँले अनावश्यक रुपमा पोस्नुभयो। तर एउटा प्राविधिकको श्रमचाहिँ सोस्नुभयो। यस्ता निर्माता यो देशमा बिलाएर जाउन्, मेरो हार्दिक प्रार्थना छ। 

अब नेपालको राष्ट्रिय चलचित्रमा हिजो र आजको फरकको विषयमा कुरा गरौँ। पहिलाका चलचित्रकर्मीहरूले हाम्रो कथामा सिनेमा बनाउन सकिन्न भन्ने मान्यता राख्थे। सिनेमा बनाउने कथा हाम्रा वरिपरी छैनन् भन्ने मान्यता राख्थे। यदि कसैले आफ्नो कथामा सिनेमा बनाउने प्रयत्न गर्यो भने उसले सिनेमा बनाएको हैन भन्थे। 

Ncell 2
Ncell 2

अहिले अभूतपूर्व परिवर्तन भएको छ। अहिलेको पिढीले हाम्रो सिनेमा हाम्रै कथामा बनाउन सक्छौँ भन्ने मान्यतामाथि दृढ विश्वास राख्नुभयो। सिनेमा त सिधै मन र मस्तिष्कसँग जोडिएको छ। नेपाली फिल्ममेकरको माइन्डसेटमा जुन अभूतपूर्व परिवर्तन देखिएको छ, त्यही नै हिजो र आजको सिनेमामा देखिएको परिवर्तन हो। मैले धेरै संघर्षपश्चात् वसन्ती, सेतो बाघ, वासुदेवजस्ता सिनेमा बनाएँ।

सिनेमा बनाउँदा अनावश्यक कुरामा दबाब झेल्नुपर्यो। 

रियालिजमको कुरा गर्दा दर्शकले सिनेमाको कथामा घटेको घटना आफ्नै जीवनमा घटेको होस् भन्ने चाहले हेर्छन्। उनीहरू त्यो सिनेमाको पात्रमा घुस्ने प्रयत्न गर्छन्। यहीँ आएर रियालिजमले ठूलो अर्थ राखेको हो। जति जति मानवीय संवेदनशीलतासँग नजिक हुन खोज्यो, त्यसका लागि बढी मानव हुनपर्यो। बढी मानव हुन बढी प्राकृतिक हुनुपर्यो। जति धेरै प्राकृतिक र मानव हुन सक्यो त्यसले टोटालिटीमा ह्युमन इमोसनलाई बढी सशक्त रुपमा प्रिजेन्ट गर्छ। 

रियालिस्टिक फिल्मलाई कुनै देशमा छिट्टै रुचाए होला कुनै देशमा ढिलो। तर ढिलोचाँडो रुचाउने कुरा त्यही हो। अन्तत्वगोत्वा सिनेमेकर्सहरूले सिनेमालाई सकेसम्म नजिक राखेर देखाउने प्रयत्न गर्नेछन्। त्यो भोलिको सिनेमा हो।

अनरियालिस्टिक अप्रोच विस्तारै हराउँदै जान्छन्। कृतिमता विस्तारै हराउनु भनेको रियालिजमले बढी प्रभाव पार्दै जानु हो। 

रियालिजमलाई नै आधार बनाएर प्रिजेन्ट गर्दा के कस्ता पीडा भोग्नुपर्छ म जानकार पनि हुँ। मैले त्यसो गर्न पनि खोजें नगर्न पनि खोजें। त्यसो गर्दा पनि नगर्दा जस्तो हुन सकेन। त्यसो नगर्दा पनि गर्दा जस्तो हुन सकेन।

दर्शकको मनोविज्ञानलाई हेर्दा मेकरले कहाँ गएर बुझ्नुपर्छ भने 'सिनेमा इज अ आर्ट विथ हाइयस्ट एमाउन्ट अफ अमर्सियल पोटेन्सियालिटी' हो। आर्ट विथ हाइयस्ट एमाउन्ट अफ कमर्सियल पोटेन्सियालिटी भएका कारण नै यो विशाल उद्योगका रुपमा स्थापित हुन सकेको हो। शिवले तान्डव नाचेको कालदेखि अहिलेसम्मको कालमा आइपुग्दा कलाले विविध रुप ग्रहण गरेको छ। यसले अभिव्यक्तिको माध्यमलाई सुधार गरिरहेको छ। यो आर्टसँग कोही पनि छुट्टिन सक्दैन।

सिनेमा कस्तो हुनुपर्छ भनेर अलमलिनु पर्दैन। तर राज्य पक्षको कुरा गर्दा चाहिँ चिमोटिरहन्छ। निश्चित रुपले राज्यले चलचित्र उद्योगलाई सघाउँथ्यो।विसं २०४२देखि ०५८सम्म राज्यले नेपाली चलचित्र उद्योगलाई सबैभन्दा धेरै सघाएको कालखण्ड हो। मनोरन्जन करबाट उठेको ७५ प्रतिशत निर्मातालाई फिर्ता गर्दिन्थ्यो।

प्रसिद्ध निर्देशक तुलसी घिमिरेको फिल्म 'लाहुरे' भृकुटीमण्डपको हाइभिजन हलमा चलेको थियो। यसको प्रदर्शन व्यवस्थापन नेपाल टेलिभजनले गरेको थियो। त्यतिबेला म नेपाल टेलिभिजनसँग जोडिएको थिएँ। त्यो सिनेमाले नेपाल राष्ट्र बैंकबाट ३३ लाख रकम मनोरन्जनवापत् पाएको थियो। 

हलमा सिनेमा देखाएवापत् पाउने पैसा छुट्टै थियो। २ वर्षमा एउटा फिल्म बन्ने कालखण्डबाट १ वर्षमा ७० वटा फिल्म बन्न सक्ने स्थितिमा पुगेको त्यसकै कारण हो। ७० प्रतिशत हिन्दी फिल्मले ओगटेको नेपाली फिल्मबजार २० प्रतिशतमा पुग्नु र नेपाली फिल्मको सेयर ८० प्रतिशतमा उक्लनुको मूल कारण पनि एउटै हो। 

त्यसलाई बन्द गर्न चलचित्रकर्मी साथीहरूले ०५८ सालमा एउटा सम्झौता गर्नुभयो। राज्यकोषबाट पाउने सबै इन्सेन्टिभलाई बन्द गराउन लगाएर चलचित्र विकास बोर्डको माग गर्नुभयो। 

विकास बोर्ड खोल्नका लागि यो सहुलियत बन्द भयो। विकास बोर्ड स्थापना भएदेखि नेपाली फिल्मको ओरालो यात्रा पनि सुरु भयो।

अहिले हिन्दी फिल्म हलमा देखाएर जति पैसा कलेक्सन हुन्छ, त्यसबाट पाएको रकमबाट विकास बोर्डका कर्मचारीले तलब पाउँछन्। अध्यक्षले पाउने ६२ हजार ३ सय ‍८८ रुपैयाँ हिन्दी सिनेमा देखाएवापत् प्राप्त गरेको रकम हो। अब यो भन्दा धेरै के भनौं?

यसलाई हाम्रा चलचित्रकर्मी साथीहरूले नै बिगार्नुभएको हो। पुन: यसलाई स्थापना गर्ने हो भने नेपाली सिनेमा लयमा फर्कन्छ। अन्यथा नेपाली सिनेमा प्रोड्युस गर्ने कुनै न कुनै स्थान त हुन्छ। 

तर स्थान नेपालचाहिँ हुँदैन।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
सविनको कश्यप लुक्स रिभिलः हिरो कि भिलेन ? एक्सन हिरोको छवि बनाएका सविनलाई लिएर निर्माण हुने फिल्मको टाईटल र थिम पोष्टरमा योन्ग्री योङ म्यानको रुपमा देखिएका छन्। शुक्रबार, जेठ २३, २०८२
क्यूएफएक्सले ‘ऊनको स्वीटर’लाई गर्‍यो ‘सुपरहिट’ घोषणा कुनै फिल्मले यो चेनमा तीन दिनमा १ करोड ५० लाख कमाए ‘ब्लकबस्टर’ र पहिलो साता सोही बराबर कमाए ‘सुपरहिट’को ट्याग पाउँछ। पछिल्लोपटक क्यू... मंगलबार, जेठ १३, २०८२
‘कार्साङ’ निर्देशकको नयाँ फिल्म ‘मिरमिरे’ मा दयाहाङ राई अनुबन्ध निर्देशक यम शेर्पाको नयाँ फिल्म‘मिरमिरे’मा दयाहाङ अनुबन्ध भएका हुन्। सोमबार, जेठ १२, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्