• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
मन्त्रालयमै पुगेको छैन शिक्षा विधेयक, पारित हुन नदिन व्यापारीहरुको चलखेल 
64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, साउन २४, २०८०  १५:५५
1140x725

काठमाडौं- साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गर्‍यो। तर उक्त विधेयक सरकारले न शिक्षा मन्त्रालयमा बुझाएको छ न त संघीय संसद्को विधेयक शाखामा दर्ता नै गराएको छ।

विधेयकको मस्यौदामा के छ भन्ने कुरा समेत सार्वजनिक नहुँदै केही स्वार्थ समूह भने विधेयक रोक्नका लागि तँछाडमछाडमा देखिएका छन्। 

मन्त्रिपरिषद्‌बाट पारित भएको निर्णय नै गुपचुप राखिनु र त्यस भित्र भएका प्रावधान चुहावट गर्नुले सरकारी संरचनाबाटै विधेयक रोक्न लागिएको त होइन भन्ने आशंका उत्पन्न भएको छ।

संघीय संसद्‌को विधेयक शाखामा मस्यौदा दर्ता नभएको विधेयक महाशाखाका अधिकृत प्रकाश ज्ञवालीले जानकारी दिए। उनले भने, ‘विधेयक शाखामा आएपछि त हामी रुजु गरेर वेब साइटमै राखिहाल्छौं नि। यो संसद्‌को क्षेत्राधिकार भित्रै आएको छैन। दर्ता भएपछि यस प्रक्रियाका बारेमा हामी जवाफदेही हुनुपर्छ।’ किन ढिलो भयो भन्ने विषयमा शिक्षा मन्त्रालयले चिठी पठाएर नदिएको भए कानुन मन्त्रालय जवाफदेही हुने उनले बताए। 

विधेयकमा के छ भनेर विभिन्न शिक्षक संगठन, नेपाल शिक्षक महासंघ लगायतका व्यक्तिहरु समेत शाखामा आउने गरेका छन्। मस्यौदामा के छ भन्ने कुराको जानकारी नै नभई विरोधका आवाज आउनु स्वभाविक नभएको विधेयक शाखाको ठम्याइ रहेको छ। 

त्यसैगरी शिक्षा मन्त्रालयमा समेत विधेयकको ड्राप्ट अझै पुगेको छैन। विभिन्न सरोकारवाला निकायहरुले ड्राप्ट आयो कि आएन भनेर दिनहुँ मन्त्रालयमा फोन गर्ने गरेको शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले जानकारी दिए। उनले भने, ‘शिक्षा विधेयक हामीकहाँ आएको छैन। हामीकहाँ आएर संसद्‌मा दर्ता भइसकेपछि तपाईंहरुलाई विधेयक प्रदान गर्न सक्छौं।

२०७२ सालदेखि शिक्षा विधेयकको ड्राप्ट भएको र तीन/चार पकट शिक्षा मन्त्रालयले अर्थ मन्त्रालय, कानुन मन्त्रालय र मन्त्रिपरिषद्‌मा पठाएकोले पुरानो ड्राप्टबारे चर्चा भइरहेको हुन सक्ने शिक्षा मन्त्रालयको बुझाइ रहेको छ।  

यसअघि नै ल्याउन खोजेको शिक्षा विधेयक पटकपटक कानुन मन्त्रालय, अर्थ मन्त्रालय  र मन्त्रिपरिषद्‌मा आए पनि अघि बढ्न सकिरहेको थिएन। विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को विधेयक समितिमा दर्ता भएको औपचारिक जानकारी बाहेक अरु थाहा नभएको शिक्षा मन्त्रालयका प्रवक्ता शर्माले जानकारी दिए। 

Ncell 2
Ncell 2

यसअघि राष्ट्रिय शिक्षा नीति कस्तो बनाउने भन्नेबारेमा उच्चस्तरीय आयोग गठन भएको भए पनि त्यसको प्रतिवेदन समेत शिक्षा मन्त्रालयमा उपलब्ध नगराएको शिक्षा मन्त्रालयले जनाएको छ। 

मस्यौदा नआउँदै विरोध सुरु 
शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्ने कानुन विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० हाल मन्त्री परिषद्‌द्वारा पारित भएसँगै प्याब्सन, हिसान तथा नेसनल प्याब्सनहरुले विरोध सुरु गरेका छन्। 

विधेयक औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन तर समाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिएको छ। सामाजिक सञ्जालमा प्राप्त विधेयकमध्ये तत्कालीन शिक्षा सचिव रामकृष्ण सुवेदीद्वारा हस्ताक्षर भएको विधेयकप्रति सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा जनाइएको छ। 

उनीहरुले उक्त विधेयकले कम्पनीमार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्न खोजेको भन्दै आपत्ति जनाएका छन्। उनीहरुले निजी विद्यालयहरूको मर्म र योगदानलाई प्रतिकुल असर गर्ने विधेयकहरू समयमा नै संशोधन गरी निजी लगानीको संरक्षण सम्बर्द्धनको सुनिश्चितता हुने लिखित प्रतिबद्धता माग गरेका छन्।

उनीहरुले आफ्नो माग पूरा नभएमा विद्यालयहरू बन्द गर्ने, सडकमा प्रदर्शन गर्ने जस्ता आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

विधेयकको मस्यौदा सार्वजनिक नहुँदै किन विरोध भन्ने नेपाल लाइभको प्रश्नमा प्याब्सनका अध्यक्ष डिके ढुंगानाले भने, ‘शिक्षा विधेयकको मस्यौदाका बारेमा हामीले मन्त्रालयमा गएर कुराकानी गरेका छौं। कि ड्राप्ट दिनुहोस्, कि जवाफ दिनुहोस् भन्दा उहाँहरुले जे बजारमा पाउनु भएको छ मोटामोटी त्यही हो भन्नुभएको छ। त्यसैले हामीले विरोध जनाएका हौं। पहिलाको शिक्षा सचिवले हस्ताक्षर गरेको ड्राप्ट छ। त्यसै कारण विरोध गरिएको हो।’

उनले शिक्षा मन्त्रालयले विधेयक आउनुभन्दा पूर्व आफूसँग छलफल नभएको बताउँदै २०२८ सालमा आएको विधेयकभन्दा पनि कमजोर खालको रहेको टिप्पणी गरे। आफ्नो मागका बुँदामा कहीँ केही नगरेको भन्नेबारे सरकारले प्रष्ट पार्नुपर्ने उनले बताए।

त्यसैगरी नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले समेत संघीय शिक्षा ऐनले शिक्षक कर्मचारीका माग र मुद्दालाई सम्बोधन गर्न नसकेको भन्दै आपत्ति जनाएको छ। सरकारले आधिकारी रुपमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति र शिक्षा मन्त्रालयबीच विगतमा भएका भएका सहमति कार्यान्वयन गरी स्थायी राहत, साविक उमावि, बालकक्षा, अस्थायी करार, विशेष शिक्षा, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खालका शिक्षक र विद्यालय कर्मचारीका माग मुद्दा सम्बोधन गर्नुपर्ने माग राखेका छन्।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ । आइतबार, जेठ २५, २०८२
सुनकोशीमा डुबेर एकजनाको मृत्यु धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइर... आइतबार, जेठ २५, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा... शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो आइतबार, जेठ २५, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ: सभापति देउवा आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
स्कटल्याण्डले नेपालविरुद्ध टस जित्यो आइतबार, जेठ २५, २०८२
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्