• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउनु ठिक कि बेठिक?
64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, साउन २४, २०८०  १९:००
1140x725

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर भित्रका सामुदायिक विद्यालयमा गठित विद्यालय व्यवस्थापन समिति (विव्यस)हरु भंग गरेको छ। गत असार ३० गते सम्पन्न काठमाडौं महानगरपालिकाको नगर सभाले विद्यालय व्यवस्थापन समिति भंग गर्ने निर्णय गरेको हो।

महानगरपालिकाले पुराना समितिलाई भंग गर्दै वडाध्यक्षलाई अध्यक्षको जिम्मेवारी तोक्ने निर्णय समेत गरेको छ। काठमाडौं महानगरपालिका भित्र ८९ वटा सामुदायिक विद्यालय रहेका छन्।

विव्यस भंग गर्ने नगर सभाको निर्णयप्रति सामुदायिक विद्यालयका प्रधानाध्यापकका साथै हालका व्यवस्थापन समितिका पदाधिकारीले असन्तुष्टि जनाएका छन्। महानगरपालिकाको उक्त निर्णयमा शिक्षाविद्लाई समेत चित्त बुझेको छैन।

शिक्षाविद् डा विद्यानाथ कोइरालाले नयाँ व्यवस्थापन समिति गठनको प्रक्रियामै गल्ती भएको बताए। नेपाल लाइभसँग कुरा गर्दै डा  कोइरालाले भने, ‘विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रियाबाट हेर्ने हो भने ठाडै गल्ती देखिन्छ। किनभने, समितिको अध्यक्ष अभिभावक नै हुनुपर्छ भन्ने व्यवस्था छ। वडाध्यक्षहरु अभिभावक होइन।’ अभिभावक भनेको आफ्ना छोराछोरी त्यहाँ पढाउने व्यक्तिलाई सम्झनु पर्ने व्यवस्था प्रष्ट भएकाले उहाँहरुलाई समितिले चिन्दैन। 

पालिकाको जिम्मेवारी हो भनेर मान्ने हो भने उनीहरुले निर्णय गर्न सक्ने तर आफैं जिम्मेवारीमा बस्न नसक्ने डा कोइरालाको भनाइ छ। न्यायिक ढंगले हेर्ने हो भने आफूले गरेको गल्तीको आफैंले सजाय भोग्नुपर्छ। त्यस हिसाबमा पनि वडाध्यक्षलाई विव्यसको अध्यक्ष बनाउने निर्णय गलत भएको उनको टिप्पणी छ।

यसअघि झापाको हल्दीबारी गाउँपालिकाले उक्त अभ्यास अपनाइसकेको बताउँदै शिक्षाविद् कोइरालाले उक्त निर्णय गलत भएको भन्दै पालिकाले सच्याएको दृष्टान्त बताए। विद्यालय व्यवस्थापन समितिको भन्दा पनि वडाध्यक्षको कामको जिम्मेवारी धेरै हुने भएकाले बालेन शाहको निर्णय उचित नभएको उनले बताए। 

‘जिम्मेवारीको हिसाबले ठिकै होला। तर न्याय हुँदैन। नीतिको हिसाबमा बेठिक हो। उहाँहरु अभिभावक नै होइन। तर अनुभवका हिसाबले सूर्य बिनायक नगरपालिकामा भने सकारात्मक देखिएको छ,’ उनले भने, ‘स्थानीय तहको जिम्मेवारी के हो भन्ने विषयमा ठूला कुराबाट सुरु गर्नुपर्ने हुन्छ। स्थानीय तहलाई  १२ क्लाससम्मको विद्यालय चलाउने जिम्मेवारी छ कि छैन भन्ने प्रश्न हो।’ संविधानको भाषामा पालिकाको जिम्मेवारी भए पनि शिक्षा नीतिको हिसाबले उसको जिम्मेवारी नभएको कोइरालाले बताए। 

उनले प्रश्न गरे, ‘राष्ट्रिय तहमा विकेन्द्रीकरण भनेको के? विकेन्द्रीकरणको नीति के हो? पालिका हो कि प्रदेश हो?’ उनले विकेन्द्रीकरण र संघीयताको वकालतका हिसाबले स्थानीय सरकारले काम गर्नु कुनै नौलो नभएको बताए। 
विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी वडाध्यक्षलाई दिँदा विद्यालयमा शिक्षक र वडाध्यक्षबीच द्वन्द्व बढ्ने उनको तर्क छ। 

Ncell 2
Ncell 2

विभिन्न दलगत शिक्षक सम्बद्ध संघ/संगठनले पनि महानगरपालिकाले चालेको कदमप्रति विरोध जनाएका छन्। नेकपा माओवादी केन्द्र निकट शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले महानगरपालिकाले ल्याउन खोजेको नीति संघीय शिक्षा ऐन विपरीत भएको भन्दै विरोध जनाए।  

उनले भने, ‘संघीय शिक्षा ऐन आएको छैन। संघीय शिक्षा ऐन नआउँदासम्म संघीय शिक्षा ऐन नवौं संशोधनबाट चलिरहेको छ। त्यो शिक्षा ऐनमा पनि जनप्रतिनिधि वडाध्यक्ष होस् या जनप्रतिनिधिले तोकेको व्यक्ति विव्यसमा पदेन सदस्य हुने व्यवस्था छ। कानुनी हिसाबमा पनि वडाध्यक्ष विव्यस अध्यक्ष हुने व्यवस्था अवैधानिक छ।’

वडाध्यक्षको काम भनेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षता मात्रै गर्ने नभई थुप्रै काम हुने भएकाले शैक्षिक गुणस्तरभन्दा पनि राजनीतिक हस्तक्षेप हुने आशंका उनले गरे। संघीय शिक्षा ऐन प्रतिकुल हुने गरी कानुन बनाउने छुट पालिकाहरुलाई नभएको उनको भनाइ छ।

नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले पनि वडाध्यक्षलाई विव्यस अध्यक्ष बनाउन नहुने जिकिर गरिन्। उनले भनिन्, ‘नेपाल शिक्षक महासंघको स्पष्ट दृष्टिकोण भनेको विद्यार्थीका आमा, बुबा, बाजे, बज्यैमध्येबाट हुनुपर्छ भनेका छौं। राजनीतिक दलका मानिसहरुलाई व्यवस्थापन समितिको अध्यक्ष बनाएर यदि लगिन्छ भने त्यो स्कुलमा सोझै राजनीति प्रवेश गराएको भनेर हामी आरोप लगाउँछौं।’

नेपाल शिक्षक महासंघका पूर्वअध्यक्ष बाबुराम थापाले अहिलेको शिक्षा ऐन अनुसार वडाध्यक्षलाई विव्यस अध्यक्ष बनाउन नमिल्ने बताए। अध्यक्ष अभिभावक नै हुनुपर्छ भन्ने मान्यता भए पनि विद्यालय सुधारमा वडाध्यक्षको भूमिकालाई भने नाजायज भन्न नमिल्ने बताए। 

तर, काठमाडौं महानगरपालिकाको भने शिक्षाको गुणस्तर बनाउन र बजेट सदुपयोग गर्न अहिलेको निर्णय सही भएको दाबी छ। महानगरपालिका प्रवक्ता नवीन मानन्धरले भने, ‘विद्यालयको शैक्षिक गुणस्तर राम्रो होस्। हाम्रो जिम्मेवारी समेत बढोस्। शिक्षालाई अझै गुणस्तरीय बनाउन सकियोस्। बजेट सतप्रतिशत कार्यान्वयन होस्। निजी विद्यालयको गुणस्तरभन्दा कमी नहोस् भनेर यो निर्णय गरेका हौं।’

उनले  वडाध्यक्ष मात्रै नभई वडा सदस्यहरु समेत विव्यसको जिम्मेवारीमा रहने बताए। प्रवक्ता मानन्धरले १२८ जना वडा सदस्यहरु रहेको बताउँदै वडाध्यक्षले वडासदस्यलाई जिम्मेवारी तोक्ने बताए।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ । आइतबार, जेठ २५, २०८२
सुनकोशीमा डुबेर एकजनाको मृत्यु धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइर... आइतबार, जेठ २५, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा... शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो आइतबार, जेठ २५, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ: सभापति देउवा आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
स्कटल्याण्डले नेपालविरुद्ध टस जित्यो आइतबार, जेठ २५, २०८२
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्