• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
माओवादी नेताहरुको स्मृति : पुष्पकमललाई प्रचण्ड बनाउने सीता आमा
64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, असार २७, २०८०  २०:१२
1140x725

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल आफैं पार्टी र सरकारसँग प्रत्यक्ष जोडिइनन्। तर प्रचण्डले राजनीतिमा प्राप्त गरेको सफलताका लागि ठूलो जस सीतालाई जाने उक्त पार्टीका नेताहरु बताउँछन्। 

माओवादी पार्टी मुख्यालय पेरिस डाँडामा श्रद्धाञ्जलीका लागि पुगेका नेता-कार्यकर्ताहरु पुष्पकमल दाहाललाई 'प्रचण्ड' बनाउने सीता नै रहेको बताउँदै थिए। 'पिएसपी'का कारण ६९ वर्षको उमेरमा बुधबार देहत्याग गरेकी सीताको राजकीय सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। 

त्यअसघि श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको मुख्यालय राखिएको थियो। पूर्व प्रधानमन्त्रीहरु, विभिन्न अन्य पार्टीका नेता, शुभेच्छुक, आफन्तका साथै पार्टीका नेता तथा कार्यकर्ता त्यहाँ पुगेका थिए। 

श्रद्धाञ्जलीका लागि त्यहाँ पुग्नेहरुले नेकपा माओवादी, जनयुद्ध र शान्तिकालमा प्रचण्डले प्राप्त गरेका सफलतामा उनले खेलेको भूमिका स्मरण गरिरहेका थिए। 

अनुहार पढ्न सक्ने दख्खल
माओवादी केन्द्रका उपमहासचिव समेत रहेका हरिबोल गजुरेलले सीता सामान्य महिला नभएर ऐतिहासिक जनआन्दोलनकी अग्रणी व्यक्तित्व रहेको बताए। प्रचण्डलाई भेट्न पुग्ने अनुहार पढ्न सक्ने विशेष क्षमता उनीमा रहेको उनले बताए। उनी स्मरण गर्दै थिए, ‘कुन मान्छे आएर भेट्दा कसरी कुरा गर्योत। भित्रैबाट कुरा गर्योै कि बनावटी कुरा गर्योभ, उहाँले अनुहारबाट प्रष्ट छुट्याउनुहुन्थ्यो र सोही अनुसार सुझाव दिनुहुन्थ्यो।'

धेरै पटक अनुहारबाट मान्छे नियत पहिल्याएर प्रचण्डलाई सजक गराएको गजुरेल बताउँछन्। पार्टीको प्रत्यक्ष भूमिकामा नभए पनि संकट आउँदा त्यससँग जुध्न अघि सर्ने गरेको सम्झिए। 'एकतावद्ध गर्नको निम्ति पनि उहाँले नेताहरुसँग पटक-पटक छलफल परामर्श समेत गराउनुहुन्थ्यो,’ उनले भने, 'उहाँको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको छ।'

पछिल्लो समय सल्लाहकारको भूमिकामा रहेकी उनी प्रचण्डकी श्रीमती नभएर साथी जस्तो रहेको उनले बताए।  

माओवादी नेतृ कल्पना धमलाले सीता दाहाल सिंगो पार्टीको अभिभावक भएको बताइन्। उनले भनिन्, ‘उहाँ हाम्रो पार्टीको केन्द्रीय सल्लाहकार हो। र, उहाँ हाम्रो पार्टीको अभिभावक पनि हो। उहाँको निधले सिंगो पार्टी मर्माहत बनेको छ।'

Ncell 2
Ncell 2

पार्टी आन्दोलन र संगठन निर्माण, नेता-कार्यकर्ताको संरक्षणको क्रममा उनले गर्ने निर्णय अत्यन्तै न्यायिक रहेको उनको बुझाइ छ। आन्तरिक पार्टी जीवनमा उनको भूमिका निकै महत्वपूर्ण रहेको बताउँदै अन्तरसंघर्षको बेलामा उनको महत्व अझ धेरै हुने उल्लेख गरिन्।

माओवादी पार्टीकै आमा
माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले माओवादी क्रान्ति र पार्टीकै 'आमा' भएको बताए। उनले भने, ‘माओवादी क्रान्ति र माओवादी पार्टीको आमा हो। एउटा क्रान्तिकारी अग्रणी नेता हो।'

आफूलाई पद र शक्ति भन्दा परै राखेर पार्टी र पार्टीले लिएका नीतिहरुका लागि सक्रिय भएको उल्लेख गरे। 'कुनै प्रकारको स्वार्थलाई केन्द्रमा नराखी पार्टी र क्रान्तिको लागि निरन्तर लागेर लडेर संगठन निर्माण गरेर आएको व्यक्ति हो। मेरो बहिनी हो,’ उनले श्रद्धाञ्जली दिँदै भने। असल, इमानदार र क्रान्तिकारी 'आमा'लाई गुमाउँदा आफूहरु मर्माहत रहेको बताए।

उनले सशस्त्र द्वनद्वका क्रममा वर्ग संघर्ष र अन्तर संघर्षलाई सन्तुलित तरिकाले अघि बढाएर लैजाने काम सीताले गरेको उनले स्मरण गरे।

प्रचण्ड निर्माणकर्ता
पूर्वमन्त्री एवं वामपन्थी नेतृ शशी श्रेष्ठले उनको कुसल व्यवस्थापकीय क्षमताको प्रशंसा गरिन्। पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि पुगेकी उनले भनिन्, ‘उहाँ कुशल व्यवस्थापक, घर परिवारलाई राम्रोसँग सम्हाल्ने सक्ने र हरेक दु:खलाई अंगिकार गर्न सक्ने साहसिक महिला हो।'

पार्टी, क्रान्ति, देश र जनताको लागि अध्यक्ष प्रचण्डलाई अघि बढाउने बल दिने साहसी महिलाका रुपमा आफूले स्मरण गरिरहेको श्रेष्ठले बताइन्।  

उनीसँग आफ्नो लामो सहकार्य रहेको स्मरण गरिन्। २०४८ सालदेखि आफू निकट रहेको उल्लेख गरिन्। भूमिगतकालमा ओल्लो-पल्लो घरमा रहेर काम गरेको सम्झिइन्। प्रचण्ड सफल हुनुको पछाडि सीताले खेलेको भूमिका आफूले नजिकबाट नियालेको उल्लेख गरिन्। उनले थपिन्, ‘सम्मानीय प्रधानमन्त्री एवं पार्टी अध्यक्षज्यू 'प्रचण्ड' हुनुमा उहाँको महत्वपूर्ण भूमिका छ। उहाँले सबै घर-व्यवहार र परिवारका साथै उहाँ सँगसँगै नहिँडेको भए आज प्रचण्ड, प्रचण्ड हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो।’
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ: सभापति देउवा राधेश्याम जोन्छे जुझारु नेताको रुपमा परिचित रहेको उनले स्मरण गरे। उनले नेताहरुको स्मृतिमा प्रतिष्ठान बनाएर समाजसेवाको काम अघि बढाउन... आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। महाधिवेशन आगामी तीन दिनसम्म जारी र... आइतबार, जेठ २५, २०८२
विपक्षी दलहरूको बैठक नसकिएकाले डेढ घण्टा बित्दासम्म सुरू भएन सदन अवरुद्ध प्रतिनिधिसभा बैठक चल्न दिने/नदिने भन्ने विषयमा छलफल गर्न जारी विपक्षी दलहरूको बैठक नसकिएकाले सदन सुरु हुन ढिलाइ भइरहेको छ। आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो आइतबार, जेठ २५, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ: सभापति देउवा आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
स्कटल्याण्डले नेपालविरुद्ध टस जित्यो आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्