• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
एनएमबी बैंक लुटपाट घटना : बैंककै कर्मचारी प्रहरी निगरानीमा, लुटेराहरु भारत पुगेको आशंका केही दिनमै नतिजा आउँछ : डीआईजी भट्टराई
64x64
नारायण अधिकारी शुक्रबार, जेठ २६, २०८०  ११:२०
1140x725

काठमाडौं- जेठ १६ गते दिउँसै महोत्तरीको महोत्तरी गाउँपालिका-२ मा सञ्चालित एनएमबी बैंकमा लुटपाट भएको घटनाका आरोपित अझै पत्ता लाग्न सकेका छैनन्। लुटपाट भएको १० दिन बित्दा पनि लुटेराहरुको पहिचान हुन सकेको छैन। 

जेठ १६ गते दिउँसो साढे १२ बजे ४ जनाको समूहले पेस्तोल ताक्दै लुटपाट गरेको थियो। उक्त दृश्य सीसीटीभी फुटेजमा प्रष्टै देखिन्छ। तर सीसीटीभीमा देखिएको हुलियाको आधारमा अनुसन्धान गरेको प्रहरीले बताए पनि घटना अझै रहस्यमय बन्दै गएको छ।

प्रहरीले विभिन्न कोणबाट घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी तथा प्रवक्ता दिलिप गिरीले धेरै कोणबाट अनुसन्धान गरिरहेको बताए। 

अनुसन्धान अन्तिम चरणमा पुगेको डीएसपी गिरीले बताए। ‘हामी अन्तिम चरणमा पुगेका छौं। केही दिनमै यसको नतिजा बाहिर आउँछ।’

पटेके चोर-डाँकादेखि यसअघि जेलमा बसेर छुटेकाहरुको विवरण केलाउने, सीसीटीभीमा देखिएको हुलियाको आधारमा मान्छेहरु निगरानी गर्ने काम भइरहेको उनले बताए। योसँगै म्यानुअल्ली र प्राविधिक कोणबाट पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

योसँगै बैंकका कर्मचारीमाथि पनि निगरानी राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। लुटपाट घटनामा प्रहरीको मिलेमतो पनि हुन सक्ने सम्भावनालाई आधार मान्दै बैंककै कर्मचारीमाथि पनि निगरानी बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

लुटपाटका बेलामा बैंकका कर्मचारीबाट कुनै प्रतिकार नहुनु तथा प्रहरीलाई जानकारी नगराउनु, सेवाग्राही नभएको मौकामा लुटपाट हुनु जस्ता कुराहरुले बैंकका कर्मचारीमाथि पनि निरागनी गर्नुपर्ने ठाउँहरु देखिएको प्रहरी स्रोतले जनाएको छ। 

बैंकमा त्यति नै बेला रकम जम्मा भएको छ भन्ने जानकारी कसरी लुटेराहरु पाए भन्ने कोणबाट पनि अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। लुटेराहरुले योजनाबद्ध ढंगले बैंक लुटेको विश्लेषण गरिएको छ। 

Ncell 2
Ncell 2

लुट्नुभन्दा अघि पटक पटक बैंकमा रेकी गर्नु, भाग्न सक्ने अवस्थाको बारेमा जानकारी लिएर योजनाबद्ध तरिकाले लुटपाट गरिएको आशंका प्रहरीको छ। लुटपाट गर्ने बेलामा बैंकमा पुग्दा समेत उनीहरु दुई वटा मोटरसाइकलमा पुगेको देखिएको छ। लुटपाटपछि पनि उनीहरु सोही मोटरसाइकल चढेर भागेको बताइएको छ। तर यति हुँदा समेत लुटेराहरु भने अहिलेसम्म पहिचान हुन सकेका छैनन्। 

बैंक लुटपाट घटनाको अनुसन्धान जारी रहेको र प्रगतिउन्मुख रहेको मधेस प्रदेशका डीआईजी जनकराज भट्टराईले बताएका छन्। ‘हामी धेरै नजिक पुगिसकेका छौं। केही दिनमै नतिजा आउन सक्छ,’ डीआईजी भट्टराईले नेपाल लाइभसँग भने।

लुटेरा भारत पुगेको आशंका
बैंक भएको ठाउँबाट लक्षिण सीमा अर्थात् भारत जम्माजम्मी १० किलोमिटरको हाराहारीमा छ। जस कारण लुटेराहरु बैंक लुट्नासाथ भारत पुगेको हुन सक्ने आशंका गरिएको छ। अहिलेसम्म उनीहरु पक्राउ पर्न नसक्नुले पनि लुटेराहरु भारत पुगेको आशंका प्रहरीले गरेको छ। 

‘हामीले महोत्तरी र आसापासका क्षेत्रमा लुटेराहरुको पहिचान तथा निगरानी गरिरहेका छौं। तर अहिलेसम्म कुनै क्लु भेट्न सकिएको छैन। त्यस कारण लुटेराहरु भारत पुगेको आशंका गरिएको छ। हाम्रो टोलीले पनि भारतीय पक्षसँग समन्वय गरेर काम गरिरहेको छ,’ महोत्तरी प्रहरी स्रोतले भन्यो। 

बैंकले सुरुमा ३८ लाख रुपैयाँ लुटपाट भएको दाबी गरेको थियो। तर पछि अनुसन्धानको क्रममा भने १५ लाख १ हजार ४ सय ९३ रुपैयाँ लुटपाट भएको खुलेको थियो।

४ जनाको समूहमा आएका व्यक्तिहरुले प्रहरीलाई खबर गरे गोली ठोक्ने धम्की दिँदै लुटपाट गरेका थिए। 

लुटपाट गर्ने आएकाहरु सबैले हातमा पेस्तोल बोकेका थिए। उनीहरुले मुखमा पट्टी बाँधेका थिए भने बैंकबाट पोको बोकेर बाहिर निस्केको फुटेजसमेत देखिन्छ। लुटपाट हुँदा बैंकमा सर्वसाधारण रहेको फुटेजमा देखिन्छ। तर उनीहरुले भने लुटपाटको दृश्य हेरिमात्र रहेका हुन्छन्। 

सीसीटीभी फुटेजमा यतिसम्मको दृश्यहरु देखिँदा समेत अहिलेसम्म लुटेराहरुको पहिचान समेत हुन सकेको छैन।

यो पनि पढ्नुहोस

पेस्तोल देखाएर दिनदहाडै महोत्तरीको एनएमबी बैंक लुटियो [भिडियो सहित]

 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ११:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
७० वर्षे उमेरहदको विषय फेल भइसक्यो : ओली आइतबार, जेठ २५, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो आइतबार, जेठ २५, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ: सभापति देउवा आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्