• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
टीकापुर घटना:  ‘रेशम छुटे, मेरो छोरा कहिले छुट्छ?’ 
64x64
शेरबहादुर ऐर शनिबार, जेठ २०, २०८०  ०६:१०
1140x725

धनगढी- टीकापुर अस्पतालमा उपचारकै क्रममा रहेका बेला पक्राउ परेका थिए मुनुवा शिवशक्ति मुक्त कमैया शिविरका हरिनारायण चौधरी।

२०७२ साल भदौ ७ गते पहिचान र अधिकारका लागि भन्दै सुरु भएको आन्दोलन हिंसात्मक भएको र त्यसमा निर्ममतापूर्वक आठ प्रहरी र एक नाबालकले ज्यान गुमाएपछि उक्त घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो। 

८ वर्षदेखि उनी कैलाली कारागारमा छन्। उनीसँगै अभियोग लागेका मुख्य योजनाकार भनिएका रेशम चौधरी भने गणतन्त्र दिवसको अवसरमा छुटेका छन्। सरकारले नागरिक उन्मक्ती पार्टीको संरक्षक रहेका चौधरीलाई त आममाफी दियो तर सोही अभियोगमा सजाय काटिरहेका अन्य तीन अभियुक्तहरु भने जेलमै छन्। 

डिल्ली बजार कारागारमा रहेका चौधरी फूलमालासहित रिहाइ हुँदै गर्दा एउटै अभियोगमा पक्राउ परी थुनामा रहेकामध्ये एक हरिनारायणकी आमा सोनिया आफ्नो छोरो सम्झँदै बसेकी छन्। सोनिया रेशम त छुटे, मेरो छोरो कहिले छुट्छ भनेर सोधिखोजी गरिरहेकी भेटिइन्। 

कैलाली कारागारमा जेल जीवन बिताइरहेका हरिनारायणकी आमा सोनियाले छोरा घर आउने आसमा अझै पनि आफू रहेको बताइन्। ‘रेशमसँगै मेरो छोरा पनि छुट्छ भन्थे। अहिले कारागारमा सम्पर्क गर्दा फोन उठेन। छोरा आउने हो कि होइन। केही थाहा छैन,’ उनले भनिन्। 

सोनियाले १६औं गणतन्त्र दिवसको अवसरमा रेशमले छुट पाएको सुनेको तर आफ्नो छोरो आउने/नआउनेबारे कुनै जानकारी नपाएको बताइन्। उनले सूचना नपाए जस्तै हरिनारायण पनि रिहा भएनन्। माफी नपाउनेमा हरिनारायण मात्र हैन, प्रदीप चौधरी र वीरबहादुर चौधरी पनि छन्। उनीहरु अहिले पनि कैलाली कारागारमा जेल जीवन कटाइरहेका छन्।

एक हजार तिर्नुपर्ने डरले आन्दोलन हुँदै जेलमा
उमेरले ४२ वर्ष पुगेकी सोनियाले कमाउने छोरा जेलभित्र हुँदा जीविकोपार्जन गर्न पनि गाह्रो भइरहेको बताइन्। ‘छोरा नहुँदा श्रीमान् दैनिक ज्यालादारीमा काम गरिरहेका छन्। दिनको पाँच सय कमाउँछन्। घरखर्च, खानाको व्यवस्था गर्न पनि समस्या रहेको ,’ सोनियाका एक छोरासँगै दुई छोरी छन्। 

हरिनारायण एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने डरले आन्दोलनमा सहभागी भएका थिए। सोनिया डगौराले कमैया आन्दोलन जस्तै होला भनेर छोरो आन्दोलनमा गएको बताइन्। ग्यारेजमा काम गरेर परिवार पालिरहेका हरिनारायण साह्रै सोझो भएको भन्दै उनले आफ्नो छोरालाई फसाइएको बताइन्।

Ncell 2
Ncell 2

प्रत्येक घरबाट कम्तीमा एक जना आन्दोलनमा जानुपर्ने नत्र एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने उर्दी आएपछि आमा र बहिनी सीतालाई रोकेर उनी आन्दोलनमा गएका थिए। 

टीकापुर घटनामा पक्राउ परेपछि थरुहट नेताहरुले राजवन्दी परिवारलाई आर्थिक सहयोग पनि गर्दै आएको स्मरण गर्दै उनले भनिन्, ‘पहिला नेताहरु घरमा आउथे। आर्थिक सहयोग पनि गर्थे तर, अहिले कसैले पनि हेरेको छैन।’

पहिचान र थरुहट राज्यको माग गर्दै थरुहट/थारुवान संयूक्त संघर्ष समिति अहिले पनि आन्दोलित छ। टीकापुर घटनालाई राजनीतिक घटना बनाउनुपर्ने, राजवन्दीलाई निस्वार्थ रिहाइ गर्नुपर्ने, पहिचान र अधिकार सहितको थरुहट प्रदेश बनाउनुपर्ने अहिले पनि थरुहट नेताहरुको माग रहेको छ।

थरुहट/थारुवानका नेता माधव थारु रेशमको टीकापुर घटनामा कुनै संलग्नता नरहेको बताउँछन्। उनले भने,‘यो सरकारको निर्णय हो। यसमा म केही भन्दिनँ। उनको पार्टी सरकारमा रहेकाले रिहाइ पाएका हुन्।’

उनले सरकारले टीकापुर घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए। उनले भने, ‘लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्दा पनि सुनुवाइ भएको छैन। थारुहरुलाई नै दोषी देखाउने गरी जिल्ला, उच्च र सर्वोच्च अदालतको फैसला भएको छ। प्रतिवेदनप्रति न्यायिक निकायले ध्यान नदिई निर्णय गरेका छन्।’

नागरिक उन्मुक्ति पार्टीले रेशमलाई माफी दिएर न्याय गरेको प्रतिक्रिया दिएका छन्। ‘बिग्रह, बिखण्डनको लडाईं होइन। न त बदलाभाव रिसरागको हो। यो त सदभाव, अपनत्व, न्यायका लागि समृद्ध नेपाल र नेपाली बन्ने बनाउने अभियान हो। सहयोग गर्नुहुने सबै सबैलाई धन्यबाद छ’ उन्मुक्तिका नेता लक्ष्मण थारुले भने।

उन्मुक्तिका नेताहरुले न्याय भन्दा शासकको दया ठूलो नभएको प्रतिक्रिया दिन्छन्। ‘गणतन्त्र दिवसमा रेशम चौधरी लगायत चार सय ८२ जना लाई आम माफी दिएका छन्,’ उन्मुक्तिका नेता श्रवण चौधरी भन्छन्, ‘निर्दोष रेशम चौधरीलाई दोषी प्रमाणित गरी आम माफी दिनु सम्पूर्ण थारु समुदाय र पहिचानवादीहरुप्रतिको अन्याय हो। माफी भन्दा न्याय धेरै गुणा ठिक हुन्थ्यो यो माफीले रेशमलाई सदाको लागि अपराधीको टीका लगाएको छ।’

राज्य पुन: संरचना गर्दा सीमांकनको विषयमा असन्तुष्ट थारु समुदायले थरुहट/थारुवान प्रदेशको माग गर्दै पश्चिम नेपालका कैलाली-कञ्चनपुरसहितका जिल्लामा आन्दोलन गर्दै आएका थिए। त्यसविरुद्ध अखण्ड सुदूरपश्चिमको नारासहित पहाडी समुदायले पनि आन्दोलन गर्दै आएका थिए।

अखण्ड सुदूरपश्चिमको तुलनामा थरुहट/थारुवान संघर्ष समितिको आन्दोलनले चर्को रुप लियो। कैलालीको टीकापुरमा ७ भदौ २०७२ मा थारु समुदायले चोक र सार्वजनिक स्थानमा थरुहट प्रदेश लेखिएको बोर्ड राख्ने कार्यक्रम थियो। उनीहरुले सडक बन्द गरेर प्रदर्शन जारी राखेका थिए।

आन्दोलनकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको तत्कालिन मुनुवा गाविस वडा नम्बर ६ मा प्रहरीसँग झडप भयो। झडपपछि घरेलु हतियारसहित आएका आन्दोलनकारीले पशुहाट नजिकै एसएसपी लक्ष्मण न्यौपानेमाथि नै आक्रमण गरे।

सो घटनामा न्यौपानेसहित नेपाल प्रहरीका प्रहरी निरीक्षक बलराम विष्ट, केशव बोहोरा, प्रहरी हबल्दार लक्षमण खड्का तथा प्रहरी जवान लोकेन्द्र चन्द मारिए। यसैगरी सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरी र आफ्नै घरमा बसेका एक नाबालक टेकबहादुर साउदको पनि हत्या भएको थियो।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्