• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
भुटानी शरणार्थी प्रकरण : प्रहरीमाथि तीव्र दबाब, भीआईपीमाथिको अनुसन्धान ‘पानीको फोका’ हुने संकेत! आईजी आफैं टेकु पुगेर लिए जानकारी
64x64
नारायण अधिकारी आइतबार, जेठ ७, २०८०  १९:४९
1140x725

काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणको अनुसन्धान फाइल बुझाउने अन्तिम तयारीमा प्रहरी जुटेको छ। दुई महिना लामो संगठित ठगी कसुरको अनुसन्धान सकेर प्रहरीले आइतबार नै फाइल पठाउने तयारी गरेको थियो। 

तर, समय अभाव भन्दै प्रहरीले भोलि सोमबार मात्रै फाइल पठाउन लागेको छ। अनुसन्धान सकिएर फाइल पठाउन लाग्दा भीआईपीहरुसमेत जोडिएको यो प्रकरणमा प्रहरीमाथि भने अहिले तीव्र दबाब आएको पाइएको छ।

अनुसन्धानको जिम्मा पाएका कार्यालयका प्रहरी अधिकारीहरुमाथि अहिले दबाब आएको पाइएको छ। सुरुवाती क्रममा सरकारबाट पूर्ण समर्थन पाएको प्रहरीले भने पछिल्लो क्रममा भने खुट्टा कमाउन थालेको प्रहरी अधिकारीहरु नै बताउँछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस नेतृत्वलेसमेत भुटानी शरणार्थी प्रकरणको विषयलाई चासो राख्दै प्रहरीसँग घटनाबारे जानकारी लिएका छन्। उनीहरुले प्रहरी नेतृत्वसँग यो विषय कहाँसम्म पुग्छ? अहिले पक्राउ परेकाहरु हकमा के कस्तो प्रमाण भेटिएको तथा कानुन आकर्षित हुनसक्छ भन्नेदेखि मुद्दा मिल्नेसम्म मिलाउनुपर्ने खालको दबाब दिएको स्रोतको भनाइ छ।

घटनाबारे माथिल्लो तहबाट निरन्तर दबाब आएपछि आइतबार बिहानै प्रहरी महानिरीक्षक आईजी बसन्तबहादुर कुँवर, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी श्यामलाल ज्ञवाली, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी डा मनोज केसी जिल्ला प्रहरी परिसर टेकु पुगेका थिए। 

उनीहरुले घटनाबारे ब्रिफिङ लिएका थिए। आइतबार बिहान ४ घण्टाभन्दा बढी उनीहरुले ब्रिफिङ लिएको परिसर स्रोतले जनाएको छ। घटनाबारे अश्वाभाविक चासो र दबाब आएपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा पठाउने भनिएको अनुसन्धान फाइलसमेत प्रहरीले पठाउन सकेन।

यही घटनाबारे महान्यायाधिवक्ता दिनमणि पोखरेलले जिल्ला प्रहरी परिसर टेकुका एसएसपी दानबहादुर कार्कीसहितका प्रहरी अधिकारीहरुसँग समेत जानकारी लिएको पाइएको छ।

महान्यायाधिवक्ता कार्यालयले पनि भेटघाट भएको विषयलाई स्वीकार गर्‍यो। ‘ठूलो र भीआईपी मुद्दा भएकाले चासो हुनु स्वाभाविक पनि हो। यसलाई अन्यथा लिनु हुन्न,’ महान्यायाधिवक्ता दिनमणि पोखरेलले नेपाल लाइभसँग भने। 

Ncell 2
Ncell 2

भेटघाटमा के भयो भन्ने विषय कसैले खुलाउन नचाहे पनि सकेसम्म भीआईहरुमाथिको मुद्दा कमजोर बनाउनुपर्ने आसय रहेको स्रोतले जानकारी दियो। ‘हामी नदीमा हेलिसकेका छौं। अब ब्याक हुने अवस्था छैन। पार लगाउनुको विकल्प नरहेको भनेर प्रहरीले प्रष्ट जवाफ दिएको’ स्रोतको दाबी छ। 

यो घटनामा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्रीसमेत भइसकेका सांसद टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव तथा पूर्वगृहसचिव टेकनारायण पाण्डेसहितका हाईप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन्।

त्यसैगरी भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मिया, एमाले सचिव रायमाझीका छोरा सन्दीपलगायत १६ जना व्यक्ति पक्राउ परेका छन्।

पक्राउ परेका १६ जनासँगै पक्राउ पुर्जी जारी भएर फरार १६ जनालाई प्रतिवादी बनाउँदै रायसहितको अनुसन्धान फाइल बुझाउने तयारी गरिएको परिसरका एसएसपी दानबहादुर कार्कीले बताए। ‘अहिलेसम्म ३२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गर्ने तयारी गरेका छौं। भोलिसम्ममा यो संख्यामा केही बढ्न पनि सक्छ’ एसएसपी कार्कीले भने।

बयानमा नाम लिइएका तर अहिलेसम्म प्रमाण नजुटेका हाईप्रोफाइलको हकमा भने दोस्रो चरणमा अनुसन्धान हुने प्रहरीले दाबी गरेको छ। पक्राउ परेका आरोपीहरुले बयानमा एमाले नेता रामबहादुर थापा बादल, कांग्रेसकी सांसद तथा बालकृष्ण खाणकी श्रीमती मञ्जु खाण, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपाने, एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, एमालेकै नेता तथा पूर्व प्रदेश सांसद डा अजयक्रान्ति शाक्य, बादलकी श्रीमती नैनकला थापाकोसमेत नाम लिएका छन्।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री बादलको पालामा २०७६ जेठ ३० मा एउटा कार्यदल गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए।
 
विचौलियाहरुकै सेटिङमा कार्यदलमा मान्छेहरु राखेर बादलकै पालामा ठगी प्रकरण सुरु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पछि खाणको पालामा पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै ठगी भएको प्रहरीको निष्कर्ष छ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १९:४९
  • #नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीले गरे टियु मैदान निरीक्षण आइतबार, जेठ २५, २०८२
लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्