• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
‘राधा’ लाई अलग बाटोबाट डोहोर्‍याइरहेका सुवर्ण
64x64
समर्पण श्री शनिबार, वैशाख ९, २०८०  १६:३५
1140x725

काठमाडौं– ‘राधा प्राविधिक पाटोबाट हेर्दा बलियो सिनेमा हो,’ फिल्म निर्देशक नवीन सुब्बाले केही महिनाअघि भनेका थिए। नेपालमा बनिरहेका फिल्ममध्ये निर्देशक सुब्बालाई उत्कृष्ट लागेको फिल्म थियो ‘द सिक्रेट्स अफ राधा।’ 

तर, त्यही ‘राधा’ १० भदौमा रिलिजको समय थुप्रै बाधा व्यहोर्नुपर्‍योे। फिल्मका निर्देशक सुवर्ण थापालाई ‘राधा’प्रति पूर्ण आत्मविश्वास थियो। नारीप्रधान फिल्म भएका कारण उनले ठानेका थिए, ‘तीजको समयमा फिल्म चल्छ।’ 

किनकि फिल्मको प्रोमोसनल गीत ‘पाउमा पाउजू छैन बरी लै’ तीजभरि गुन्जियो। तर, हलमा फिल्मले कमजोर व्यापार गर्‍यो। सुवर्णलाई लाग्यो, ‘टाइमिङ गलत पर्‍यो।’ 

लगत्तै उनले पत्रकारसम्मेलनमार्फत् फिल्म स्थगन गरे। त्यसयता धेरै नेपाली दर्शकले ‘राधा’लाई महसुस गर्न पाएनन्।

०००

गत चैत्रमा सम्पन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा फिल्म ‘राधा’ले जुरी अवार्ड पायो। श्यामश्वेत भर्सनमा देखाइएको ‘राधा’ले जुरी र दर्शकहरूबाट मीठा प्रतिक्रिया बटुल्यो। उसो त यसअघि बनेका सुवर्ण निर्देशित फिल्म ‘सुनगाभा’ र ‘मलामी’ आजसम्म पनि चर्चामो विषयमा पर्छन्।

सुवर्णलाई लाग्छ, ‘ यी फिल्मजस्तै राधाको आयु पनि लामो छ।’

केही दिनअघि मात्र उनले श्यामश्वेत भर्सनको विशेष स्क्रिनिङ गरे। त्यसयता ‘राधा’ले पुनः फिल्म पारखीमाझ चर्चा पाइरहेको छ।

Ncell 2
Ncell 2

फिल्म एउटी महिलाको कठोर संघर्षको कथामाथि बनेको छ। विदेश जान भनेर हिँडेका राधाका श्रीमान्को महिनौँसम्म फोन आउँदैन। गर्भमा सन्तान हुर्किरहँदाको पीडाका बाबजुत राधा श्रीमान् खोज्न सहर निस्कन्छिन्। सहर पुग्दा एकपछि अर्का रहस्यका पत्रहरू खुल्दै जान्छन्। ‘के राधाका हराएका श्रीमान् भेटिन्छन्?’ सस्पेन्सले फिल्म हेर्न बाँकी दर्शकहरूका निम्ति हलसम्म डोहोर्‍याउन सक्छन्।

फिल्ममा ‘राधा’ बनेकी सृष्टि श्रेष्ठ र श्रीमान्को भूमिका निर्वाह गरेका सौगात मल्ल, सुन्दर परियारको चरित्र निर्वाह गरेका खगेन्द्र लामिछानेको अभिनय अब्बल छ। 

ध्वनि, पार्श्वध्वनि, सिनेमाटोग्राफी, कलर र पटकथा सबै कुराले अब्बल मानिएको ‘राधा’लाई फेरि हलमा लैजाने तयारी गर्दैछन् सुवर्ण।

‘राधा’को अलग बाटो

हलबाट ‘राधा’लाई निकालेपछि सुवर्णले सोचे, ‘यसलाई अलग बाटोबाट दर्शकमाझ पुर्‍याउँछु।’ त्यही क्रममा उनी फिल्मलाई लिएर अष्ट्रेलिया यात्रामा पनि निस्किए। ‘राधाको अष्ट्रेलिया यात्रा कस्तो भयो?’ सुवर्णलाई सोधेका थियौँ।

सुवर्णले आशावादी हुँदै भनेका थिए, ‘यात्राले धेरैको मन जित्यो। फिल्मको महत्व अझ बढी थाहा पाएँ।’

अष्ट्रेलियाका सात सहरमा फिल्मको शो प्रदर्शन भएको थियो।

सुवर्णले उता जानुअघि केही शुभचिन्तकहरूलाई खबर गरे। यताबाट जाँदा साथीहरूले भन्थे, ‘टिकटको भाडा पनि उठ्दैन। दुःख नगर।’ उनीहरूको चिन्ता थियो, ‘अब अर्को फिल्म बनाए पनि हुन्थ्यो नि।’ 

‘तर एउटा फिल्म नसकी अर्को कसरी बनाउनू!’ सुवर्णको जिकिर थियो।

सुरुमा अष्ट्रेलियाको मुख्य सहरमा शो गर्ने योजना बनाए उनले। निर्देशक आफैं शो देखाउन खटिइरहेको देख्दा शुभचिन्तकहरूले भने, ‘तपाईं त आफैं आइरहनुभएको छ है। अरु  त यसरी आउँछन्, रेड कार्पेट गर्छन्। झिलिमिली गर्छन्, जान्छन्।’

हुन पनि सुवर्ण आफैं हल बुक गर्थे, आफैं खटिन्थे।  

पहिलो शो १७ डिसेम्बरमा सिड्नीमा भयो। त्यहाँ २० जना विदेशीहरू पनि दर्शक थिए। फिल्म हेरेपछि उनीहरूको प्रतिक्रिया थियो, ‘यतिको नेपाली फिल्म बन्छ भनेर सोचेकै थिएनौँ। खुसी लाग्यो।’

‘राधा’लाई विदेशका अब्बल फिल्मसँग तुलना गरेर प्रशंसा गरेको सुन्दा सुवर्ण पुलकित बने।

मध्य डिसेम्बरमा त्यो सहरमा विदा पर्ने रहेछ। क्रिसमस पनि त्यही बेला। त्यतिबेला हल अत्यन्तै महंगो हुनेरहेछ। ‘पहिला १० डरलमा पाउने सिटको २१ डलर तिर्नुपर्ने भयो। त्यतिबेलै अवतार पनि आउँदै थियो। तीन हप्ता त यसैमा गयो,’ फिल्म शो गराउँदाका अफ्ठ्याराहरू उनी सुनाउँछन्।

त्यहाँ बसेर नहुने देखिएपछि सुवर्ण मेलबर्न गए।  मेलबर्नमा शो अपेक्षित भयो।  त्यहाँ एउटा शो बाट १ हजार डलर कमाइ भयो। त्यसपवछि बाँकी सहररमा १२ वटा शो भयो।

सुवर्ण प्रत्येक फिल्म दर्शकसँगै बसेर हेर्थे। उनीहरूको प्रतिक्रिया प्रत्यक्ष सुन्न र देख्न पाउँथे। फिल्म हेरेपछि प्रायः दर्शकले सोध्थे, ‘यति राम्रो फिल्म कि चलेन?’

सुवर्ण भन्थे, ‘यसरी दर्शकसम्म पुर्‍याउन सकिएन।’

१२ मार्चमा अन्तिम शो सकाएर सुवर्ण १८ तारिकमा नेपाल फर्किए। ‘म अनिश्चित यात्रामा गएको थिएँ। कस्तो हुन्थ्यो, थाहा थिएन,’ यात्राबारे उनी सुनाउँछन्, ‘फर्केपछि लाग्यो मैले २५ प्रतिशत मात्र गर्न सकेछु। अझै धेरै गर्न सकिने रहेछ।’

सुवर्णले फिल्मलाई दुई भर्सनमा देखाएका छन्। एउटा रंगिन, अर्को श्यामश्वेत। ‘श्यामश्वेतचाहिँ फेस्टिचभलका लागि तयार पारेको हुँ, रंगिनचाँहि हलमा रिलिज गर्न,’ सुवर्ण भन्छन्।

फेस्टिभलमा अवार्ड जितिरहने ‘राधा’लाई नेपालका हलहरूमा दर्शकले पनि न्याय गर्छन् भन्ने आशामा छन् उनी। ‘त्यो उपयुक्त समय पर्खिरहेको छु,’ उनी निश्चिन्त भावमा भन्छन्। 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १६:३५
  • #राधा
  • #सुवर्ण थापा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
सविनको कश्यप लुक्स रिभिलः हिरो कि भिलेन ? एक्सन हिरोको छवि बनाएका सविनलाई लिएर निर्माण हुने फिल्मको टाईटल र थिम पोष्टरमा योन्ग्री योङ म्यानको रुपमा देखिएका छन्। शुक्रबार, जेठ २३, २०८२
क्यूएफएक्सले ‘ऊनको स्वीटर’लाई गर्‍यो ‘सुपरहिट’ घोषणा कुनै फिल्मले यो चेनमा तीन दिनमा १ करोड ५० लाख कमाए ‘ब्लकबस्टर’ र पहिलो साता सोही बराबर कमाए ‘सुपरहिट’को ट्याग पाउँछ। पछिल्लोपटक क्यू... मंगलबार, जेठ १३, २०८२
‘कार्साङ’ निर्देशकको नयाँ फिल्म ‘मिरमिरे’ मा दयाहाङ राई अनुबन्ध निर्देशक यम शेर्पाको नयाँ फिल्म‘मिरमिरे’मा दयाहाङ अनुबन्ध भएका हुन्। सोमबार, जेठ १२, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्