• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२ Mon, May 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
संघर्षलाई सफलतामा बदलेका नासुको कथा: जो लोक सेवाको १८औं परीक्षा दिएपछि पोस्टिङ भए
64x64
क्षितिज समर्पण शनिबार, चैत २५, २०७९  १३:४९
1140x725

काठमाडौं- गत फागुन २० गते जाजरकोटको भेरी नगरपालिका-७ का २६ वर्षीय नेप्लाइज विश्वकर्माका मनमा छटपटी थियो। उनले यस्ता कयौं छटपटी, धैर्य र सास्ती खेपिसकेका थिए। लोक सेवा आयोगको तयारी थालेको ८ वर्ष यता उनले कयौंपटक ‘मुखैमा’ आएको जागिर गुमाउनुपर्‍यो।  

तर, जसरी पनि लोक सेवामा नाम निकाल्ने अठोटका साथ अविचलित पढिरहेका नेप्लाइजको जीवनमा फागुन २० गते खुशीको घाम उदायो। सपनाको एउटा गुराँस फक्रियो। लोक सेवा आयोगको बुटवल कार्यालयको सिफारिस सूचीमा उनको नाम दोस्रो नम्बरमै देखियो। नेप्लाइजले सन्तोषको स्वास फेरे।

‘लामो प्रतीक्षापछि प्राप्त सफलतामा खुशी नहुने कुरै भएन’, उनी भन्छन्। 

नतिजा आउने दिन भएको हुनाले त्यो दिन नेप्लाइज छटपटिएका थिए। तर, उनलाई यसपटक जसरी पनि सिफारिस हुन्छु भन्ने लागेको बताउँछन्। यद्यपि, सामान्य प्रशासन वा न्याय सेवामध्ये कुनमा सिफारिस होइएला भन्ने चाहिँ लागिरेहको थियो। किनकी दुवै सेवातर्फ लिखितमा उनले खुलातर्फ नाम निकालेका थिए। उनी न्याय समूहतर्फ पोस्टिङ भए। हाल प्युठान जिल्ला अदालतमा कार्यरत उनी लोक सेवा पढ्नेहरूका लागि धैर्य र प्रेरणाको उदाहरण बनेका छन्।

१८ वटा परीक्षापछि मिलेको सफलता
नेप्लाइज २०७२ साउन १३ गते लोक सेवा आयोगको तयारीका लागि जाजरकोटबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत झरे। जिल्लामा लोक सेवाको तयारी गराउने शैक्षिक केन्द्र नभएपछि उनी सुर्खेत झर्नुपरेको थियो। 

नेप्लाइजका अनुसार उनले हालसम्म लोक सेवाका विभिन्न परीक्षाका लागि २१ पटक परीक्षा फारम भरेका थिए। तर, १८ वटा परीक्षामा मात्र सहभागी हुन पाए। त्यसमध्ये एउटा परीक्षामा प्रिटेस्ट पास भएनन्। १७ वटा परीक्षामा प्रिटेस्ट पास गरेका उनी ८ वटामा लिखित पास भए।

२०७४/०७५ को खरिदार परीक्षामा लिखित पास गरेपनि उनी सिफारिस भएनन्। उनको नाम सिपारिस सूचीको वैकल्पिकतमा पर्‍यो। त्यसअघि ९ वटा परीक्षामा लिखितमा ‘फेल’ भएका उनले बल्ल बल्ल लिखित चरण पार गर्दा पनि सिफारिस हुन नपाएको दु:ख लाग्नु त स्वाभाविक नै भइहाल्यो। तर, उनले हरेश खाएनन्। निरन्तर पढाईमा लागिररहे।

उनी २०७५/०७६ मा नायब सुब्बामा पनि वैकल्पिकमा परे। २०७६ मा सुर्खेतबाट स्थानीय तह पाँचौं तहको अस्थायी सूचीमा परे। 

Ncell 2
Ncell 2

२०७६/०७७ उनी फेरि खरिदारमा वैकल्पिकमा परे। २०७७/०७८ मा नायब सुब्बा वैकल्पिक, २०७९ मा कर्णाली प्रदेश चौंथो तह वैकल्पिकमा परे। २०७७/०७८ को कार्यक्रम अन्तर्गत नायब सुब्बाको सामान्य प्रशासन र नायब सुब्बाको लिखित परीक्षा उत्तीर्ण गरेका उनी अन्तत: फागुन २० गते लोक सेवा आयोगको बुटवल कार्यालयको सिफारिस सूचीमा न्याय सेवातर्फ खुला दुई नम्बरमै सिफारिस भए। मिहिनेतले सफलता पाउँदा खुशीको बेग्लै क्षण हुने उनी बताउँछन्। 

ज्योतिषीले भनेका थिए- पास हुँदैनस्
पटक–पटक वैकल्पिक सूचीमा परिरहन थालेपछि उनी एकदिन ज्योतिषीकहाँ पनि पुगे। तर, ज्योतिषीको कुरा उनलाई ऊर्जा थप्ने खालको थिएन। ज्योतिषीले ‘सरकारी सेवामा भाग्य छैन, पास हुँदैनस्’ भन्दिए।

तर, नेप्लाइजले मिहिनेत गर्न छाडेनन्। एकदिन जरुर सरकारी जागिर गर्छु भन्ने उठोटले उनमा आउन खोज्ने हतास र निराशालाई ‘प्रिटेस्ट पास’ हुनै दिएनन्। अहिले उनी ज्योतिषीलाई ‘भ्रम’ ठान्छन्।  

पटक–पटक वैकल्पिकमा पर्दा आफूमा के कमजोरी छ, कहाँनेर चुकेँ भनेर केलाउँथे, उनी।

shivam cement

shivam cement

‘कमजोर पक्षहरूलाई खोज्थेँ। कमजोर पक्षलाई सुधार गर्न कोसिस गर्थेँ’, नेपाल लाइभसँग उनले भने, ‘मैले असफल हुँदा बिचमै छाडेको भए, आज यो स्थानमा आउने थिइनँ होला। धैर्य नै ठूलो कुरा रहेछ भन्ने लाग्छ।’

उनी जीवनमा संघर्ष र धैर्यता दुवै महत्त्वपूर्ण मान्छन्। सफल हुनका लागि संघर्ष सँगसँगै धैर्यता पनि उत्तिकै अपरिहार्य रहेको उनको अनुभव छ।

बहिनी र श्रीमती पनि लोक सेवा पढ्दै
नेप्लाइज उनको बाआमाको एक्लो छोरा हुन्। उनका एक दिदी र तीन बहिनी छन्। बाआमा सामान्य खेतिकिसानी र ज्याला मजदुरी गर्छन्। यसरी नै उनीहरूले आफ्ना सन्तानलाई लेखपढ गराए। नेप्लाइजलाई लोक सेवा पढाए। 

अहिले नेप्लाइजका बहिनी र श्रीमतीले पनि लोक सेवा पढिरहेका छन्। पढाइका लागि उनैले प्रेरित गरिरहेका छन्। नेप्लाइजका एक छोरी र एक छोरा छन्। साना सन्तान हुर्काउँदै उनकी श्रीमतीले पढाइमा समय दिइरहेकी छन्। नेप्लाइज आफैंलाई पनि अब छिट्टै प्रशासन सेवाको अधिकृत हुन मन छ। त्यसपछि जति सकिन्छ निमाजती सेवाको उपल्लो तहमा पुग्ने सपना संगालेका छन्।  

‘सिफारिस भएपछि अलि खुला महसुस भएको छ। यसअघि पढाइ बाहेक अन्यत्र ध्यान दिइन्ँ। बन्द कोठामा पढिरहँदा बाहिरी वातावरणसँग खासै ध्यान थिएन’, उनी भन्छन्, ‘अहिले साँच्चै खुला र स्वतन्त्र महसुस भएको छ। अब यसपछिको अध्ययनलाई पनि सहज हुन्छ होला। टेक्ने एउटा आधार बनेको छ।’

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १३:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
क्षितिज समर्पण
लेखकबाट थप
कविता : सिमान्त मान्छे
सबै उस्तै छ, जिन्दगी बाहेक
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ आइतबार, जेठ ४, २०८२
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति आइतबार, जेठ ४, २०८२
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ आइतबार, जेठ ४, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्