• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
जब महेशले वर्षौंको निराशा ‘हल्कारा’मा बिसाए
64x64
समर्पण श्री शनिबार, फागुन २७, २०७९  १०:११
1140x725

‘ममी, मैले उत्कृष्ट अभिनेताको अवार्ड जितेँ!’

महेश त्रिपाठीले यति भनेर आमाको प्रतिक्रिया कुरे। जवाफ आएन। सुँक्सुकाउँदै गरेको आवाज कानमा ठोकियो। बुझे– ‘खुसीले आमाको आँखा भरिएको छ।’

आमाले फोन बालाई दिइन्। ‘के भन्यौ, ममी त रुन थालिन्,’ उताबाट बाले भने। महेशले उही कुरा दोहोर्‍याए, ‘बुवा, मैले अन्तर्राष्ट्रिय अवार्ड जितेँ।’

अवार्ड जित्ने विश्वास उनलाई कहाँ थियो र! सुटिङ सकिएको ४ वर्ष बितिसक्दा पनि ‘हल्कारा’ प्रदर्शन नहुँदा महेश निराश थिए। एकदिन त्यो निराशा पुर्ने गरी एउटा खबर आयो। खबरसँगै विश्वका प्रतिष्ठित एक्टरसँग उनको फोटो जोडिएको थियो।

सपनाझैं लागेर उनले सहकर्मीलाई देखाए, ‘यो भ्रम पो हो कि?’ सहकर्मीले हेरेपछि खुसी हुँदै भने, ‘साँचो हो, तपाईंलाई बधाई छ।’ 'वर्ल्ड फेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल'मा महेश उत्कृष्ट अभिनेताको मनोनयमा परेका थिए।

त्यसपछि मोबाइलमा फोन र मेसेजका घण्टी बज्न थाले। मूलधारका मिडियामा समाचार प्रकाशित भए। विश्वका ठूला ठूला अभिनेता र निर्देशकले अवार्ड जितेको फेस्टिभलमा नोमिनेट हुँदा नै खुसीको सीमा थिएन महेशमा। तर, जित्छु भन्ने आशा थिएन। 

अन्तिम परिणाममा उनले उत्कृष्ट अभिनेताकाे अवार्डनै जिते। निकै वर्षदेखि संघर्ष गरेको क्षेत्रप्रति पुनः सम्मान जाग्यो। महेशलाई विदेशी कलाकार तथा निर्देशकले फोन गरेर भन्न थाले, ‘तिम्रो फिल्म हेरेँ। कस्तो गज्जब!’ 

०००

Ncell 2
Ncell 2

‘नोभेम्बर रेन’मा काम गर्दा महेश रातभरि रोएका थिए। जीवनमा जोखिम मोलेर कलाकार बन्न हिँडेका युवा आफूले गरिरहेको अभिनयसँग सन्तुष्ट थिएनन्। ‘इन्जिनियरिङमा स्नातक सकेको थिएँ। घरको अवस्था कमजोर थियो। अब छोराले कमाउँछ भनेर बा आमाले आशा राख्ने बेला कलाकारिता रोजेँ,’ उनी सम्झन्छन्।

इन्जिनियरिङ पढ्दै गर्दा महेशले साइन्स एण्ड टेक्नोलोजी रिसर्च सेन्टर स्थापना गरेर रिसर्चका काम गर्थे। उनको ठूलो सपना थियो रिसर्चलाई लिएर। तर नेपालमा रिसर्च गर्ने वातावरण कहाँ थियो र! 

नेताहरू भेटे। एकदिन तत्कालीन राष्ट्रपति रामवरण यादवलाई भेटे। उनैले निराश भएर महेशलाई भने, ‘हाम्रोमा रिसर्च गर्ने वातावरण छैन।’ तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाललाई भेट्न पटक पटक खोजे। तर त्यो कहिल्यै सम्भव भएन।

त्यसपछि उनले रिसर्चको यात्रालाई त्यहीँ बिसाए। रहरको नयाँ क्षेत्र रोजे– कलाकारिता।

बाले छोराको रहर मार्न चाहेनन्। महेशको निर्णयमा साथ दिए। त्यसपछि उनी काठमाडौंको ओस्कार इन्टरनेशनल कलेजमा फिल्म पढ्न थाले। त्यही क्रममा महेशले ‘नोभेम्बर रेन’मा काम गरेका थिए।

‘नोभेम्बर रेन’को सुटिङ सकिएको पर्सिपल्ट उनले काठमाडौंको डेरा छाडे। आफूसँग भएको ११ हजार भाडा बुझाएर सडकमा निस्किए। साथमा ज्याकेट, झोला र फाटेको जुत्ता मात्र थियो। महेशको बास कहिले कलेजभित्र बित्यो त कहिले पशुपतिमा।

भोको पेट र अनिँदो आँखा लिएर कयौँ पटक काठमाडौंका सडक वारपार गरे। ८ महिना बाहिर कटाएपछि एकदिन गुरु विनोद पौडेलले महेशको अवस्था थाहा पाएछन्। त्यतिबेला महेश कलेजमा ग्र्याजुएट भइसकेका थिए। गुरुले स्नेहका साथ प्रस्ताव गरे, ‘भोलिदेखि कलेज पढाउन आऊ।’

कलेजको कामले महेशको गुजारा त चल्न थाल्यो। तर आफूले चाहेजस्तो फिल्म?

अफर नआएका हैनन्। ‘नोभेम्बर रेन’ हिट भएपछि प्रस्तावका लहर लागे। ‘चलेका एक्टरसँग भन्दा बढी स्क्रिप्ट मकहाँ आउँथे। तर तीनले मोटिभेसन दिँदैन थिए,’ महेश सुनाउँछन्। 

पाँच सय भन्दा बढी सर्ट फिल्ममा काम गरिसकेका थिए महेशले। तर चाहेजस्तो फिचर्ड फिल्म गर्ने सपना कहिले पूरा हुन्थ्यो, थाहा थिएन। मानसिक रुपमा विक्षिप्त थिए। उनको अवस्था देखेर बा आमा चिन्तित थिए।

महेशसँगै हुर्किएका साथीहरू सेटल भइसकेका थिए। ठूला घर र महङ्गा गाडी चढेर हिँड्थे। महेश भने उही फाटेको चप्पल, झुस्स दाह्री र लामो कपाल लिएर निकै वर्ष भौंतारिइरहे। त्यो देखेर आफन्तहरू खिन्न मान्थे। अनि सहानुभूति दिन्थे। ‘म तपस्यामा थिएँ।  त्यसकारण आफन्तकहाँ कहिल्यै जान चाहिनँ,’ उनी सुनाउँछन्।

सन् २०१८ तिर, एकदिन फिल्म निर्माता रामकृष्ण पोखरेलसँग अनौपचारिक भेट भयो। भेटमा रामकृष्णले भने, ‘एउटा स्क्रिप्ट पठाएको छु। पढ है महेश।’

महेशले रामकृष्णले पठाएको स्क्रिप्ट पढ्न थाले। पढ्दै जाँदा उनी लोभिँदै गए। ‘मैले गर्न खोजेको काम यस्तो पो हो,’ मनले भन्यो। तत्काल उनले रामकृष्णलाई फोन गरेर भने, ‘दाइ यसमा म अडिसन दिन्छु।’

त्यसपछि महेशले अडिसन दिए। ‘छानिन्छु छानिन्न’, निश्चित थिएन। छुट्ने बेला निर्देशक विक्रम सापकोटाले भनेको कुराले उनी पुलकित बने। भनेका थिए, ‘महेश, तयारी गर। हामी सँगै काम गर्दैछौं!’

‘हल्कारा’मा आफू छानिएको निश्चित भएपछि उनले आमालाई फोन गरे, ‘ममी म फिल्म खेल्दैछु।’ खबर सुन्नेबित्तिकै आमाले खुसीको आँसु खसालिन्। 

‘हल्कारा’का लागि विक्रमले सुरुमा सिनियर एक्टरहरूलाई प्रस्ताव गरेका रहेछन्। अडिसनपछि लागेछ, ‘मलाई यस्तो काम चाहिएकै हैन।’ त्यसै क्रममा एकदिन महेशको एउटा प्रोजेक्ट पनि हेर्न भ्याएछन्। हेरेकै क्षण उनले निर्णय गरेछन्, ‘म यही एक्टरसँग काम गर्छु।’

०००

फिल्मको मुख्य पात्रको नाम थियो– ‘राम’। जो ‘अल्कोहलिक’ हुन्थ्यो। त्यो भूमिका निर्वाह गर्दै थिए महेश। ‘राम’मा रुपान्तरित हुन ठूलो चुनौती थियो। निर्देशकले बनाएको घेराभित्र उनले पात्रको तयारी गर्नुपर्थ्यो। ‘ऊ अल्कोहलिक छ। तर गाउँमा परिआएको जे काम गर्न पनि अभ्यस्त। त्यो पात्र को हुनसक्ला,’ निकै समय मन्थन गरे।

पात्रको बाहिरी आवरण हैन, मनस्थिति ल्याउनु थियो। उनले आफ्नै गाउँका मानिसहरू सम्झे। नजिकका आफन्तहरू सम्झे। त्यसपछि निर्देशकसँग अनुमति मागे, ‘म डेढ महिना गाउँ बसेर पात्रको तयारी गर्छु।’

पोखरास्थित आफ्नो घर पुगे महेश। संयोगवश धेरै वर्षदेखि हराएका उनका नजिकका नातेदार घरमा टुप्लुक्क आइपुगेछन्। ती उनै नातेदार थिए, जो महेशले पात्रको तयारी गर्दा सम्झेका थिए। ‘उहाँले नजानेको काम केही थिएन। एउटा घटनापछि पिउन थाल्नुभयो। त्यसपछि घरबाट हराउनुभयो। खोजी गर्दा पनि भेटिनुभएन,’ महेश सम्झन्छन्। 

अचानक भेटिएका ती नातेदार अब भने सुध्रने प्रक्रियामा थिए। पिउने रक्सीको मात्रा घटाउँदै लगेका थिए। ‘उहाँ खैनी खानुहुन्थ्यो। रक्सीको तलतल मेटाउन लत बसेको थियो। मेरो क्यारेक्टरको लागि पनि त्यो आवश्यक थियो। मैले उहाँसँग बसेर खैनी खान सिकेँ,’ महेश सुनाउँछन्।

उनी अब पात्रको जोनमा बसिसकेका थिए। कहिले कसैको खेत जोत्न हलो बोकेर हिँड्थे, कहिले घर छाउन। कहिले दाउरा बोक्न। लामो कपाल, झुस्स दाह्री र थोत्रो चप्पल पड्काउँदै हातमा खैनी च्यापेर हिँड्थे। 

गाउँलेहरू कानेखुसी गर्थे, ‘फिल्म खेल्न गएको केटो बिग्रिएर फर्केछ।’

मेलापाखामा उनी गफको विषय हुन्थे। ‘हिरो बन्छु भन्नेहरूले घरबारी सबै सिध्याउँछन् अरे,’ महेशकी आमा छोराको कुरा काटेको सुन्थिन्। बिझेको मनलाई दह्रो पारेर जवाफ फर्काउँथिन्, ‘तर मेरो छोराले सिध्याएको त छैन नि।’

हुन पनि फिल्म खेल्छु भनेर फोन गरेको छोरा अचानक घर फर्किएको छ। न राम्रोसँग कुरा गर्छ। विरक्तिएर मात्र हिँडेको छ। बा आमाले मनभित्र पीडा लुकाएरै बसे। तर महेशलाई कहिल्यै प्रश्न गरेर दुखाउन चाहेनन्। ‘म क्यारेक्टरको जोनमा थिएँ। त्यसकारण जुन मान्छे थिएँ, त्यो देखिएकै थिइनँ,’ उनी सुनाउँछन्। 

यो कुरा भाइ विवेक त्रिपाठी बाहेक कसैलाई थाहा थिएन।

०००

डेढ महिनापछि उनी क्यारेक्टर बाकेर काठमाडौं फर्किए।

‘राम’को मनस्थिति उनीसँग सुरक्षित बाँचेको थियो। लुक्समा बदलाब आएको थियो, बोलीमा गाउँले लवज मिसिएको थियो। महेशलाई देखेपछि ‘हल्कारा’ टिम उत्साहित भइहाल्यो। त्यही उत्साहका साथ उनीहरू शूटमा निस्किए।

पोखराको घाचोक लगायत विभिन्न ठाउँमा फिल्मको सुटिङ भयो। 

सुटिङका क्रममा सँगालेका मीठा अनुभूति छन् महेशसँग। सिनमा पात्रको खैनी खाने बानी हुन्थ्यो। हातमा रक्सीको बोतल। टिममा काम गर्नेहरूले चकित पर्दै सोध्थे, ‘रक्सी खाँदै पो हो?’ उनी हाँसेरै जवाफ दिन्थे, ‘अलि अलि। नखाइ त मेरो हातै काँप्छ।’

सुटिङका क्षण उनी सम्झिरहन्छन्। को–एक्टरले ‘राम’लाई थप्पड हान्ने एउटा सिन हुन्छ। ३० टेक खाँदा पनि ‘ओके’ हुँदैन। त्यतिबेला उनको गाला नमज्जासँग सुन्निएको थियो। 

‘हल्कारा’ प्रोजेक्टले उनलाई हरेक रात मीठो सन्तुष्टि दियो। डेढ महिना पात्रको जोनमा बसेका हरेक अनुभूतिरूले टेकलाई जबर्जस्त बनाए। निर्देशकसँगको सहकार्य कहिल्यै बिझाएन। ठाने, ‘मेहेनतको नाममा मैले पहरोमा टाउको हैन, घनै ठोकेको रहेछु।’

पात्रको तयारी गर्दा उनले ३ महिना लगातार खैनी खाएका थिए। त्यो ‘राम’ले खाने खैनी थियो। रामको जोनबाट उत्रनेबित्तिकै लत चटक्कै छाडे। तर, त्यसको प्रभाव महेशको नियमित जीवनमा पर्‍यो। घाँटीमा समस्या भएपछि ४ वर्षसम्म त भातको सट्टा जाउलो खानुपर्यो।

उपचारका लागि धेरै चिकित्सक कहाँ धाए। ‘घाँटी सुक्खा भएर खाना खाँदा नै अडिक्न्थ्यो। क्यान्सर हो कि भन्ने डर लाग्यो। तीन वर्ष रेगुलर चेकअप गरेँ,’ उनी सुनाउँछन्। 

अहिले त धेरै कम भएको छ। तैपनि कहीँकतै असर बाँकी छ। उनी प्रायः बाहिर खाना एक्लै बसेर खान्छन्। अड्कियो भने कसैले नदेखुन् भनेर।

०००

सुटिङस्थलबाट फर्कँदै गर्दा पासिङ सिनहरू राखिएका थिए। महेशको चाहना थ्यो, ‘त्योचाहिँ आफ्नै गाउँमा गरिदिए नि हुने!’

नभन्दै उनको चाहना बमोजिम नै भयो। सिन खिचेर महेश एक दिनका लागि आफ्नो घर गए। उनी घर पुग्दा ‘राम’कै कपडामा थिए। पुरानो बुट थियो खुट्टामा। ‘जुत्ता त फाटेको रैछ नि,’ घरमा प्रसंग निस्कियो।

त्यो बुट सात हजारमा किनिएको थियो। क्यारेक्टरका लागि नयाँ बुटलाई फटाउनुपर्‍यो। ‘४ वर्षसम्म फाटेको एउटै चप्पल लगाएर घर गएको थिएँ। ७ हजारको जुत्ता किनेर जानाजान फटाउनुपरेको समय पनि आयो। घरमा यसले सबैलाई भावुक बनायो,’ उनी सम्झिन्छन्।

सुटिङ सकिएर घर गएको दिन मात्र बा आमाले थाहा पाए, ‘डेढ महिना उनी आफ्नो साधनामा पो बसेका रहेछन्।’ पछि आमाले सुनाइन्, ‘त्यतिबेला तँ बिरामी भइस् भनेर हस्पिटल लानेसम्म सोचेका थियौँ।’

०००

‘हल्कारा’को प्रतीक्षा व्यग्र थियो महेशमा। तर निकै समय बित्दा पनि रिलिजको तरखर थिएन। त्यही क्रममा उनले ‘चपली हाइट ३’मा काम गरे। पछिल्लो फिल्मचाहिँ ‘हल्कारा’भन्दा अगाडि रिलिज भयो। दर्शक र समीक्षकबाट तारिफ बटुले। थप प्रोजेक्टका लागि सकारात्मक ऊर्जा पाए। 

‘हल्कारा’अघिको महेश थिए भने त ‘चपली हाइट–३’मा पनि काम नगर्न सक्थे। तर सुटिङबाट फर्किएपछि सोचे, ‘अब कामचाहिँ गर्छु। मैले सोचेजस्तो सिरियस यहाँको उद्योग(एकाध फिल्मबाहेक) छैन।’ 

तर फिल्म वृत्तमा अर्कै इम्प्रेसन परिसकेछ, ‘महेश जुन पनि फिल्म गर्दैनन्।’ त्यसकारण उनलाई प्रस्तावै आउन छाडिसकेछन्। आफ्नो ‘प्यासन’लाई व्यवसाय पनि त बनाउनु पर्‍यो! विनोद पौडेलकै आदेश मानेर उनले ‘चपली हाइट ३’मा काम गरे।

०००

केही समयअघि मात्र महेश ‘प्रसाद–२’को सुटिङबाट फर्किएका थिए। पटकथाको चाङबाट उनले दुई फिल्म छानेका रहेछन्। भन्दै थिए, ‘यीचाहिँ गर्नैपर्ने छन्।’

त्योभन्दाअघि उनको व्यस्तता ‘हल्कारा’मै रहने भयो। केही हप्ताअघिमात्र फिल्मको प्रदर्शन मिति तय भएको छ। आगामी वर्षको २९ वैशाखमा फिल्म रिलिज हुनेछ। महेश आशावादी छन्, ‘फिल्मले भरपूर दर्शक पाउनेछ।’ 

‘हल्कारा’ गाउँको कथा हो। हुलाकी समयको उतारर्द्धतिरको कथा। पटकथा, मेकिङ र कलाकारको जबर्जस्त अभिनयका कारण फिल्मले विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा अवार्ड जितिसकेको छ। त्यसमाथि ख्यातिप्राप्त एक्टरहरूलाई उछिनेर महेश स्वयम्‌ले अवार्ड जितिसकेका छन्। दर्शकलाई हलसम्म डोहोर्‍याउने बलियो दृष्टान्त पनि हो यो।

झण्डै २ दशकअघि कक्षा ८ पढ्दै गर्दा उनले ‘रोबोर्ट’ बनाएका थिए। राष्ट्रियदेखि अन्तर्राष्ट्रिय मिडियामा छाएका थिए महेश। इनोभेसनको बाटोमा हिँडिरहेका उनी स्नातकपछि अचानक मोडिनुपरेको थियो। 

मोडिएको बाटो गलत थिएन भनेर प्रमाणित त गरिसकेका छन्। अब त्यसमै सिँगो यात्रा तय गर्न चाहन्छन्। एक्टरको साधनामा लागेपछि उनलाई लागेको छ, ‘सबैभन्दा गहिरो रिसर्च त यहाँ पो गर्नुपर्ने रैछ।’ 

सायद ‘हल्कारा’ त्याग, तपस्या र साधनाको महत्वपूर्ण प्राप्ति हुनसक्छ महेशका लागि। उनी चाहन्छन्, ‘त्यो प्राप्ति मेरो मात्र हैन। सिंगो फिल्म उद्योगकै भइदिओस्।’

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १०:११
  • #महेश त्रिपाठी
  • #हल्कारा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
सविनको कश्यप लुक्स रिभिलः हिरो कि भिलेन ? एक्सन हिरोको छवि बनाएका सविनलाई लिएर निर्माण हुने फिल्मको टाईटल र थिम पोष्टरमा योन्ग्री योङ म्यानको रुपमा देखिएका छन्। शुक्रबार, जेठ २३, २०८२
क्यूएफएक्सले ‘ऊनको स्वीटर’लाई गर्‍यो ‘सुपरहिट’ घोषणा कुनै फिल्मले यो चेनमा तीन दिनमा १ करोड ५० लाख कमाए ‘ब्लकबस्टर’ र पहिलो साता सोही बराबर कमाए ‘सुपरहिट’को ट्याग पाउँछ। पछिल्लोपटक क्यू... मंगलबार, जेठ १३, २०८२
‘कार्साङ’ निर्देशकको नयाँ फिल्म ‘मिरमिरे’ मा दयाहाङ राई अनुबन्ध निर्देशक यम शेर्पाको नयाँ फिल्म‘मिरमिरे’मा दयाहाङ अनुबन्ध भएका हुन्। सोमबार, जेठ १२, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्