• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
कृषकका समस्या पहिचान गर्न बगैँचामै पुग्यो कृषि ज्ञान केन्द्र  
64x64
अजय खड्का शनिबार, माघ २१, २०७९  ०८:१३
1140x725

गुल्मी– कृषि ज्ञान केन्द्र गुल्मी सुन्तलाजात बगैँचा सुदृढीकरण तथा कृषकका समस्या पहिचान कार्यक्रम लिएर कृषकसम्म पुगेको छ। 

शुक्रबार गुल्मी दरबार गाउँपालिका–३ राजामा ‘कृषकसँग विज्ञ’ कार्यक्रम अन्तर्गत सुन्तलाजात बगैँचा सुदृढीकरण तथा कृषककै बगैँचामा उनीहरूको समस्या पहिचान कार्यक्रम गरिएको हो। यसरी कृषकहरूका बगैँचामा आएर प्रत्यक्ष भेटघाट गर्दा वास्तविक समस्या पहिचान हुने र समाधानको बाटो देखाउन सकिने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए। 

ज्ञान केन्द्रका कर्मचारीहरूले बगैँचा सुदृढीकरण गर्ने तरिका सिकाउँदै सुन्तलामा मल लगाउने तरिका, बोडो पेस्ट तथा बोडो मिक्चर कसरी मिश्रण गर्ने र बोटमा लगाउने भन्ने विषयमा प्रयोगत्मक प्रशिक्षण दिए।

कृषकहरूले सुन्तला बर्खाको बेलामा ढुसी लागेर झर्ने र साना बोटहरू नै पहेंलो हुने, सुन्तला अमिलो हुने र सुन्तलामा दाग देखा पर्ने लगायतका समस्या भएको बताएका थिए। 

यस्तै, सुन्तला बाक्लो फलेपनि सानो सानो दाना फल्ने भएकाले बिक्री वितरण गर्न गाह्रो भएको कृषक जानकी टण्डनले बताइन्। 

Ncell 2
Ncell 2

Krishi-gyankendra-team-gulmi (1)1675477675.jpg

कृषकहरूको सुन्तला खेतीको समस्याको सम्बोधन गर्दै कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख भण्डारीले सुन्तलालाई राम्रो बनाउनका लागि माघ महिनामा अनिवार्य मल लगाउनु पर्ने बताउँदै धेरै गहिरोमा मल हल्दा बिरुवाको जराले उक्त मल लिन नसक्ने बताए। उनले १५ सेन्टिमिटरभन्दा माथि गहिराइमा मल हाल्नु पर्ने सिकाए। जसले गर्दा सुन्तलाको बोट पनि हुर्कने र फल पनि राम्रो हुने उनको भनाइ छ। 

कार्यक्रममा ८० जना कृषकहरूको सहभागिता रहेको थियो। यस कार्यक्रमबाट सुन्तला उत्पादन वृद्धि गर्नका लागि मल हाल्ने तरिका, काटछाँट गर्ने तरिका, सिंचाइ गर्ने तरिका लगायतको जानकारी पाएको कृषकहरूले बताए। 

यसरी कृषकहरूको बगैँचामा आएर उनीहरूलाई प्रशिक्षण दिएकोमा गाउँपालिकाले कृषि ज्ञान केन्द्रलाई धन्यवाद दिएको छ। गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले आफ्नो पालिकाको समृद्धि कृषि क्षेत्रबाट मात्रै हुने भएकाले यसतर्फ विभिन्न कार्यक्रम ज्ञान केन्द्रसँग सहकार्य गरेर गर्ने बताए।

कृषकहरूलाई निलो तुथो, चुना, जैविक मल, सूक्ष्म तत्व लगायतका मल तथा औषधि समेत वितरण गरिएको थियो। गुल्मीमा यो वर्ष २९ करोडको सुन्तला उत्पादन भएको र १३ करोडको सुन्तला अन्य जिल्लाहरूमा निर्यात भएको ज्ञान केन्द्र गुल्मीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ०८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अजय खड्का
लेखकबाट थप
अरिङ्गालको टोकाइबाट गुल्मीमा १ जनाको मृत्यु
चट्याङ लागेर गुल्मीमा १५ वर्षीया किशोरीको मृत्यु
रास्वपाका उपसभापति भन्छन्– खोलाबाट पानी ल्याउँदा पनि उत्सव मनाउने अवस्थामा छौँ
सम्बन्धित सामग्री
‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ : रामनाथ अधिकारी मन्त्री अधिकारीले आयात, परनिर्भरता र आर्थिक स्रोतको अभाव पूर्ति गर्न गाँजालगायत जडिबुटीजन्य नेपाली उत्पादनमा जोड दिनुपर्ने बेला आएको... शनिबार, जेठ २४, २०८२
रामेछापका मकैबारीमा फौजी कीराको प्रकोप सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि की... शुक्रबार, जेठ २३, २०८२
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन्। बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
करेन्ट लागेर २ जनाको मृत्यु सोमबार, जेठ २६, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची सोमबार, जेठ २६, २०८२
आजको मौसमः पहाडका केहि भागमा बदली, मुख्यतया मौसम सफा रहने सोमबार, जेठ २६, २०८२
पन्ध्र शय्याको अस्पतालबाट ५४ शय्याको सेवा सोमबार, जेठ २६, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्