• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कसरी सुल्झिएला गृह मन्त्रालयको उल्झन?
64x64
नेपाल लाइभ बिहीबार, माघ १९, २०७९  १६:१०
1140x725

काठमाडौं– नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले रवि लामिछानेको सांसद र मन्त्री नै खारेज हुने फैसला गरेपछि विगत एक सातादेखि गृह मन्त्रालय मन्त्रीविहीन छ। नेतृत्वविहीन भएको एक साता बितिसक्दा समेत गृहको उल्झन सुल्टिन सकेको छैन।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको बटमलाइन अहिले नै गृह मन्त्रालय नछाड्ने छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिला पनि आफूले गृह लिएकाले अहिले पनि पाउनु पर्ने लबिइङ गरिरहेको छ। नेकपा एमालेले पनि रास्वपालाई नै पुनः गृह दिनुपर्ने जोड गरिरहेको छ।

यिनै उल्झन नसुल्टिँदा अन्य मन्त्रालयको क्षेत्राधिकारमा नपरेका कामहरु समेत गृहको क्षेत्राधिकारमा रहेने ‘पावरफुल’ र निकै संवेदनशील र मन्त्रालय अहिले प्रधानमन्त्रीकै पोल्टामा छ।

सत्ता निर्माणको हिसाबकिताब गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भागमा परेको शक्तिशाली मन्त्रालय सर्वोच्चको फैसलासँगै अहिले रास्वपाबाट खोसिएको छ। सुरुआती भागबण्डामा आफ्नो पार्टीले गृह पाएकाले अहिले पनि पाउनुपर्ने जबरजस्त दाबेदारी रास्वापाले कायमै राखेको छ।

गत शुक्रबार सर्वोच्च अदालतले नेपाली नागरिक नै नरहेको ठहर गरेपछि मन्त्री र सांसद दुवै पद गुमाएका लामिछानेले आइतबार पुन: प्रक्रिया पूरा गरेर नागरिकता लिएका थिए। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेर तत्कालै आफूलाई गृहमन्त्रीको शपथ खुवाउन भनेका थिए। गृहमन्त्री नपाए सरकारबाट बाहिरिनेसम्मको चेतावनी लामिछानेले दिएका थिए।

चेतावनी दिए पनि अहिलेसम्म रास्वपाले सरकार भने छोडेको छैन। रास्वपाले बिहीबार केन्द्रीय कमिटी बैठक डाकेको छ। गृह मन्त्रालयबारे उत्पन्न विवाद कसरी हल गर्ने तथा सरकारबाट फिर्ता हुने वा रहिरहने भन्ने विषयमा छलफल हुनसक्ने संकेत देखिएको छ।

रास्वपाका सभापति लामिछानेले बैठकबाट बोल्ड निर्णय हुनसक्ने संकेतसहित सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी  केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

यही विषयलाई लिएर अहिले रास्वपा दुई धारमा विभाजित छ। रास्वपाका एक केन्द्रीय सदस्यले नेपाल लाइभसँग भने, ‘हामी त सुरुदेखि नै सरकारमा जानु हुन्न भन्ने लाइनमा थियौं। त्यहाँमाथि पार्टी सभापतिमाथि प्रश्न उठ्नु र अदालतको फैसलापछि गैरसांसद समेत भइसकेकाले उहाँलाई नै पुनः मन्त्री बनाउँदा राम्रो सन्देश नजाने भएकाले सरकारमा सहभागी हुनुहुन्न भन्ने लाइन पार्टीमा अहिले पनि यथावत छ।’

Ncell 2
Ncell 2

पार्टी सभापति रवि गैरसांसद भइसक्नु र प्रधानमन्त्री समेत सकारात्मक नभएपछि रास्वपाले डीपी अर्याल वा विराजभक्त श्रेष्ठलाई गृह मन्त्रालयमा पठाउने गरी भित्री रुपमा लबिइङ समेत गरिरहेको रास्वपा स्रोतले बतायो। रास्वपाको उक्त लबिइङ समेत पार लाग्ने अवस्था अहिले देखिँदैन।

माओवादी केन्द्रले रविको मुद्दामा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय कसैलाई नदिने निर्णय गरेको छ। ‘प्रधानमन्त्री मात्रै हाम्रो हुने। गृह, अर्थ, परराष्ट्रजस्ता महत्त्वपूर्ण मन्त्रालयले अरुले लिने! त्यसमाथि सभामुख र राष्ट्रपति समेत अर्कै दलबाट हुँदा कमजोर प्रधानमन्त्री बन्ने भएकाले कुनै हालतमा पनि गृह नछाड्न’ भन्दै प्रचण्डमाथि दबाब भएको थियो। सोही अनरुप सर्वोच्चको पूर्णपाठ नआउन्जेलसम्म आफैंले गृह राख्ने निर्णय प्रचण्डले गरेका छन्। 

यता, सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेले पनि सार्वजनिक रुपमै रविलाई पुनः गृहमन्त्री बनाउनुपर्ने अभिव्यक्ति दिइरहेको छ। 

एमाले अध्यक्ष केपी शर्माले ओलीले बिहीबार समेत रविलाई गृहमन्त्री बनाउनुपर्ने खालको अभिव्यक्ति दिएका छन्। ‘कसलाई बनाउने भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा हो। हामीले गृह मन्त्रालयको जिम्मेवारी उसलाई दिएका हौँ। त्यो पार्टीले रवि लामिछानेलाई पहिले तोकेको हो। त्यसअनुसार बनाएका हौँ,’ बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले भने, ‘फेरि पनि रवि लामिछानेलाई नै दिनुपर्छ भन्छ भने त्यो उसको कुरा हो। हामीले गृह मन्त्रालय उसलाई दिएका हौँ।’

एमालेका एक नेताले पनि रास्वपाले नै गृहमन्त्री पाउनुपर्ने बताएका छन्। ‘छानबिनको क्रममा रहेको र गैरसांसद समेत भएकाले नैतिकताको कुरा आउँछ नै। त्यो कुरा रास्वपा तथा व्यक्तिमा भर पर्ने कुरा भयो। नत्र पहिला पाएको रास्वपाले नै हो । अहिले पनि यसैले पाउनुपर्छ’ एमालेका एक नेताले भने। 

सबैभन्दा ठूलो दल कांग्रेसको समेत समर्थन पाएकाले प्रचण्ड अहिले कम्फर्टेबल जोनमा छन्। रास्वपा र एमाले भने सफ्टकर्नर पोजिसनमा छन्। त्यसकै फाइदा उठाउँमा प्रचण्ड एमाले, रास्वपालाई पाखा लगाएर गृहमन्त्री आफ्नै पार्टीबाट बनाउन खोजेको भन्ने पनि विश्लेषण गरिन्छ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १६:१०
  • #रवि लामिछाने
  • #प्रचण्ड
  • #केपी शर्मा ओली
  • #गृह मन्त्रालय

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला
सम्बन्धित सामग्री
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति... आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरह... आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांस... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्