• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसका सम्भावित तीन पात्र
64x64
डिबी खड्का सोमबार, माघ ९, २०७९  १९:२३
1140x725

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ। सोमबार बिहान बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा राष्ट्रपतिमा पार्टीको तर्फबाट उम्मेदवारी दिने निष्कर्ष निकालिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। 

राष्ट्रपति निर्वाचनका लागि अन्य दलहरूसँग पनि छलफल गर्ने निष्कर्ष कांग्रेसले निकालेको महतले बताए। राष्ट्रपति निर्वाचन समयमै हुनुपर्ने पनि कांग्रेस बैठकले निष्कर्ष निकालेको छ। सभामुख र उपसभामुखमा उम्मेदवारी दिएर पनि परिणाम पक्षमा पार्न नसकेको कांग्रेसले राष्ट्रपतिमा भने रणनीतिक चालसहित उम्मेदवार अघि सार्ने तयारी केही दिनदेखि नै गरिरहेको छ। 

गत माघ ४ गते नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका थिए। संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा उनको भनाइ थियो, ‘राष्ट्रपति नेपाली कांग्रेसले प्रस्ताव गरे बमोजिमको व्यक्ति बन्नुहुनेछ।’

‘प्रचण्डले सकारात्मक जवाफ दिइसक्नुभएको हो?’ भन्दै उनलाई पत्रकाहरूले प्रतिप्रश्न गरेका थिए। महामन्त्री शर्माले थपे, ‘अहिलेलाई यति मात्र कुरा गरौं, यसमा धेरै टिप्पणी गर्नु उचित हुँदैन। अहिले हामी सभामुखको चरणमा छौं, सभामुखको चरण सकिएपछि राष्ट्रपतिको समय आउँछ।’

राष्ट्रपतिको निर्वाचनको चरण आइपुगेको छ तर समय भने अझै छ। त्यसैले पात्रको छलफलमा दलहरू घनीभूत रुपमा सक्रिय छैनन्। तर, आकांक्षीहरूले शक्ति केन्द्र धाउने तथा लाइन मिलाउने क्रम यसअघिदेखि नै जारी छ। 

‘राष्ट्रिय सहमति’ले जन्माएको आशंका
सत्ता साझेदार दलहरूले हालसम्म भागबन्डा अनुसारकै पदहरू लिइरहेका छन्। यही हिसाबले आगामी राष्ट्रपति नेकपा एमालेले प्राप्त गर्नेछ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति अनुसार एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउने बताएका छन्। माघ ५ गते संसद्‌बाट बाहिरिँदै गर्दा ओलीले भने,  ‘नेकपा एमालेले उम्मेदवार उठाउँछ हाम्रो सहमति त्यही हो। त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ।’

अध्यक्ष ओलीले राष्ट्रपतिमा एमालेकै उम्मेदवार बनाउने बताएपनि पछिल्ला दिनहरूमा सम्भावित नाममाथिको छलफलमा रोक लगाइएको छ। एमालेभित्रका दुई समूहले फरक व्यक्ति प्रस्ताव गर्न थालेपछि राष्ट्रपतिको नाम टुंगोमा पुर्‍याउने विषय स्थगित गरिएको हो। एमालेबाट राष्ट्रपतिका लागि सत्ता साझेदादर दल (विशेष गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड)को संकेतअनुसारकै उम्मेदवार बन्ने तेस्रो तहका एमाले नेताहरूको बुझाइ छ। राष्ट्रपतिका लागि संविधान सभा अध्यक्ष सुवास नेम्वाङका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र डोरमणि पौडेलको नाम यसअघि चर्चामा आएको थियो।

सभामुख र उपसभामुखको निर्वाचनसम्म सत्ता साझेदार दलको भागबन्डाको सहमतिलाई अक्षरस: पालना गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा भने राष्ट्रिय सहमति खोजिने संकेत गरिरहेका छन्। 

Ncell 2
Ncell 2

माघ ५ गते प्रतिनिधि सभाबाट निस्किदै गर्दा प्रचण्डको भनाइ थियो, ‘आज सभामुखको निर्वाचन भयो। सबै कुरा थाहा पाउनुभयो,  हामी सत्ता साझेदार दलहरू सबै एक ठाउँमा उभियौं। प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो। प्रतिष्पर्धा भयो। बहुमतले सभामुख निर्वाचित भएको घोषणा भयो। भोलि उपसभामुखको निर्वाचन हुन्छ। आजकै प्रक्रियामा हुन्छ। राष्ट्रपतिको कुरा बाँकी रहेको छ। हामी सत्ता साझेदार र मेरो पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोशिस छ। हामी त्यो कोशिस जारी राख्छौं।’

प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक राष्ट्रिय सहमतिको कोशिस जारी राख्ने प्रतिक्रिया दिएका हुन्। एउटै भनाइ दोहोरीरहँदा एमालेजनमा भने शंका उत्पन्न भएको छ। कांग्रेस महामन्त्री शर्माले ‘कांग्रेसले प्रस्ताव’ गरेको व्यक्ति राष्ट्रपति बन्ने भनाइको वस्तुनिष्ठता केलाउने प्रयासमा एमाले नेताहरू छन्। 

एमालेजनहरू केही नामलाई लिएर सशंकित छन्। महामन्त्री शर्माले कांग्रेसको नेता नभनेर ‘कांग्रेसले प्रस्ताव गरेको’ वाक्य प्रयोग गरेकाले कांग्रेसले प्रचण्डलाई दबाब सिर्जना गर्ने पात्र अघि सार्ने तयारी गरेको एमालेका नेताहरूको बुझाइ छ। 

कांग्रेसले अघि सार्न सक्ने तीन पात्र
एमालेको बुझाइअनुसार नै कांग्रेसमा तीन पात्रहरूलाई लिएर छलफल भइरहेको एक कांग्रेस नेता बताउँछन्। तर, चुनावअघिदेखि नै राष्ट्रपतिमा रुचि देखाएका रामचन्द्र पौडेल भने दौडबाट बाहिरिएका छन्। कांग्रेसले त्यस्ता पात्रको खोजी गर्दैछ, जसले प्रचण्डलाई सत्ता साझेदार दलबाट बाहिर निस्किन सघाउनेछ। प्रचण्डले पहिल्यै राष्ट्रपतिमा सघाउने सुनिश्चितता गर्दा सभापति शेरबहादुर देउवालाई नै अघि सार्नेगरी कांग्रेसको एक समूहले छलफल चलाएको छ। देउवानिकट एक नेताका अनुसार यसमा प्रशस्त छलफल भइसकेको छैन तर, एउटा विकल्पका रुपमा सामान्य कुराकानी अघि बढाइएको हो। 

केही दिनअघि सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले आफूलाई देउवाको अति माया लाग्ने बताएका थिए। पुस ३० गते बालुवाटारमा गरिएको भेटघाटमा प्रचण्डको भनाइ थियो,  ‘मलाई शेरबहादुर देउवाको औधि माया लाग्छ। विश्वासको मत दिएपछि उहाँप्रति  झन् विश्वासको जागेको छ।’

देउवा नै राष्ट्रपतिका लागि तयार हुने अवस्थामा प्रचण्ड आफैंले राष्ट्रपतिमा सर्वदलीय सहमति खोज्न सक्ने कांग्रेसको विश्वास छ। देउवाइतर पक्षले सक्रिय राजनीतिबाट देउवा बहिर्गमन हुने हुँदा सकारात्मक रुपमा लिएको छ भने देउवा पक्षले थप शक्ति आर्जनका रुपमा यसलाई लिइरहेको छ। 

दोस्रो विकल्पका रुपमा कृष्णप्रसाद सिटौला अघि सारिने एक कांग्रेस नेता बताउँछन्। शान्तिप्रक्रिया सफल पार्न सुरुदेखि नै सक्रिय सिटौला संविधान मस्यौदा समितिका सभापति थिए। उनले संविधान निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै दलहरूबीचको पुलका रुपमा समेत काम गरेका थिए। जसका कारण संविधान निर्माण हुन सकेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बुझाइ छ। उनले बेलामौकामा सिटौलाको प्रशंसा समेत गर्ने गरेका छन्।

प्रचण्डले २०७५ साल मंसिर २५ गते सिक्लेसमा सिटौलालाई समेत लिएर गएका थिए। त्यो बेला प्रचण्डले सिटौलाको सहयोग सम्झिदै भनेका थिए, ‘उहाँ गृहमन्त्रीको पदमात्रै दाउमा राखेर होइन, उस्तै परेको भए ज्यानै जान सक्थ्यो। जनमुक्ति सेनाको विशाल पंक्ति थियो, हतियार थियो हामीसँग। जोखिम उठाएर बिनापुलिस, एउटा शेखर कोइरालालाई लिएर आउनुभएको थियो। उहाँलाई गिरिजाबाबुको आडभरोसा थियो। उहाँको आफ्नै बुझाइ पनि शान्ति र लोकतन्त्रको लागि हामी अगाडि जानुपर्छ भन्ने थियो। संविधान बनाउने बेलामा पनि धेरै घेराबन्दी र अप्ठ्यारा थिए। मस्यौदा समितिको संयोजकको हैसियतले उहाँको सक्रिय भूमिका त्यहाँ पनि रहृयो।’ 

यी दुई नामले पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सत्ता साझेदार दलसँगको सम्बन्ध दाउमा राख्ने अवस्थामा पुर्‍याएन भने तेस्रो नाम अर्थात् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईमा अघि बढ्न सक्छ। त्यसबाट कांग्रेसले राष्ट्रपति गुमाएपनि सत्ता साझेदार दलहरूबीच चिसो पैदा हुने अवस्था सिर्जना हुने आकलन गरेको छ। 

सत्तारुढ दल नेकपा एमाले पनि डा भट्टराईको नाममा सशंकित छ। कांग्रेस महामन्त्री शर्माको ‘कांग्रेसले प्रस्ताव गरेको’ व्यक्ति राष्ट्रपति हुने भनाइको नजिक डा भट्टराईको नाम रहेको एमाले नेताहरूको बुझाइ छ। गएको निर्वाचनबाटै संसदीय राजनीति त्यागेका भट्टराईलाई कांग्रेसले नै अघि सार्दा प्रचण्ड आफ्नो उम्मेदवारलाई मत दिन बाध्य हुने बुझाइ कांग्रेसको छ।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १९:२३
  • #राष्ट्रपति निर्वाचन
  • #शेरबहादुर देउवा
  • #बाबुराम भट्टराई
  • #कृष्ण सिटौला
  • #प्रचण्ड
  • #केपी शर्मा ओली

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति... आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरह... आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांस... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्