• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रचण्डमाथि ‘कांग्रेस–भरोसा’
64x64
नवीन झा सोमबार, माघ २, २०७९  २०:४५
1140x725
पुस २५ मा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर।

काठमाडौं- माघ ५ को सभामुख निर्वाचन र चाँडै हुन लागेको राष्ट्रपति निर्वाचनतर्फ राजनीति केन्द्रित हुँदै गएको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिएर नेपाली कांग्रेसले एमाले र माओवादी केन्द्रका बीचमा शंकाको बिउ जगाएको चर्चाका माझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सर्वदलीय बैठक बोलाएका छन्।

त्यसअघि सोमबार बिहान मात्रै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोटमा भेटेर लामो कुराकानी गरे। सोमबारै साँझ ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि बसेको छ। बैठक मुख्यरुपमा मन्त्रिपरिषद् विस्तारमा केन्द्रित रहेको जनाइएको छ।

पुस १० मा प्रचण्ड एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सासंदहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसको १६ दिनपछि पुस २६ मा विश्वासको मत लिँदा उनको पक्षमा प्रतिनिधि सभाका लगभग सबै शक्तिले मत दिए। तथापि, प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दिएको विश्वासको मतको भने बढी चर्चा भयो।

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिनुभन्दा अघिल्लो साँझ प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका थिए। देउवानिवास धुम्बाराही पुगेर प्रचण्डले विश्वासको मत दिन आग्रह गरेका थिए। त्यसपछि देउवा पार्टीभित्र र बाहिरको आलोचना खेपेरै प्रचण्डलाई विश्वासको मत दिने पक्षमा उभिएका थिए। जसले सत्ता राजनीतिको अबको सम्भावनामाथि नै अन्योल उत्पन्न गराएको छ।

कांग्रेसका कतिपय नेताहरूले सार्वजनिक रुपमा सभामुख र राष्ट्रपति निर्वाचनलाई ध्यानमा राखेर पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको दाबी गरेका छन्। तर, पार्टी नेतृत्वले भने त्यसबारेमा अहिलेसम्म मुख खोलेको छैन। प्रधानमन्त्री प्रचण्डले भने गत शनिबार सम्पादकहरूसँगको छलफलमा सभामुख र राष्ट्रपति निर्वाचन बारेमा कांग्रेससँग पनि साझेदारी हुने संकेत गरेका छन्। यसले एमाले नेतृत्वलाई झस्काएको देखिन्छ। असन्तुष्ट एमालेका नेताहरूले आफ्ना प्रतिक्रियाहरूमा प्रचण्डलाई पुस १० को ‘सहमति’ प्रति इमानदार हुन सुझाउने गरेका छन्।

सोमबार प्रचण्ड बालकोट जानुअघि आइतबार साँझ ओली बालुवाटार नै पुगेर प्रचण्डसँग छलफल गरेका थिए। यसअघि पनि दुई नेताबीच बारम्बार छलफल भइरहेको छ। तर, मन्त्रिपरिषद् विस्तार लगायतका कुनै थप घटना विकास भएको भने देखिँदैन।

आइतबार साँझ प्रधानमन्त्री र एमाले अध्यक्ष बालुवाटारमा छलफल गरिरहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देउवासँग छलफल गर्न धुम्बाराही पुगेका थिए। आइतबार देउवासँग छलफल गरेका नेपालले शनिबार प्रधानमन्त्री प्रचण्डसँग भेटेका थिए। यसरी प्रधानमन्त्री प्रचण्ड एमाले र कांग्रेस मात्रै होइन, एकीकृत समाजवादीसँग पनि संवादमा देखिन्छन्।

बुधबार हुँदै गरेको सभामुखको उम्मेदवारी मनोनयन र बिहीबार हुने निर्वाचन तथा केही हप्तापछि नै हुने राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसलाई सघाउँछ कि एमालेलाई? त्यो पनि अन्योलपूर्ण नै छ।

Ncell 2
Ncell 2

कांग्रेस सभापति देउवानिकट एक नेताका अनुसार, पुस २५ गते साँझ ‍प्रधानमन्त्री प्रचण्ड धुम्बाराही पुगेर कांग्रेसलाई राष्ट्रपति वा सभामुखमध्ये एक पद दिने वचन दिएका छन्। उनी भन्छन्, ‘प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, सभामुख र उपसभामुखमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच भागबन्डा गर्ने आश्वासन दिएका छन्। त्यही भएर हामीले विश्वासको मत दिएका हौँ।'

विश्वासको मत दिएपछि देउवाले पुस २८ मा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक गर्दै सभामुख निर्वाचनका बारेमा सतारुढ दलहरूसँग छलफल गरेर निष्कर्षमा पुगिने बताएका थिए। त्यसयता देउवानिकट केही नेताहरूले प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गरिरहेको पनि देउवानिकट स्रोतको दाबी छ। तर, कांग्रेसको प्रयत्न कसरी परिणाममुखी हुन्छ भन्नेचाहिँ सोमबार साँझसम्म प्रष्ट देखिएको छैन।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले मंगलबार प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा उनले ल्याउने प्रस्ताव हेरेर मात्रै कांग्रेस कसरी अगाडि भन्ने तय हुने बताए।

‘प्रधानमन्त्रीजीले मंगलबार सर्वदलीय बैठक बोलाउनु भएको कुरालाई हामीले सकारात्मक रुपमै लिएका छौँ’, महतले नेपाल लाइभसँग भने, ‘हामीले विश्वासको मत दिने काम गरिसकेकाले अब बल प्रधानमन्त्रीको कोर्टमा छ।’

महतको भनाइले राष्ट्रपति र सभामुखमध्ये एक पद पाउनेमा कांग्रेस प्रधानमन्त्री प्रचण्डमाथि भरोसामा रहेको देखिन्छ।

तर, पुस १० मा प्रधानमन्त्री बन्दै गर्दा प्रचण्डले राष्ट्रपति र सभामुख दुवै पद एमालेलाई दिने समझदारी गरेको बताइएको छ। विश्वासको मतसँगै उब्जिएका विभिन्न आशंका र गत शनिबारको प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले राष्ट्रपति र सभामुखमा कांग्रेससँग साझेदारी हुन्छ कि हुँदैन? सम्भवतः मंगलबारको बैठकले संकेत गर्नेछ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  २०:४५
  • #नेपाली_कांग्रेस
  • #प्रचण्ड
  • #देउवा–प्रचण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांस... आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार काठमाडौंमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वि... आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीले गरे टियु मैदान निरीक्षण प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीले गरे टियु मैदान निरीक्षण आइतबार, जेठ २५, २०८२
लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्