• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२ Mon, May 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
विद्युतीय दुर्घटनाको क्षतिपूर्ति बढाउन विनियम परिवर्तन गर्दैछौं: कुलमान घिसिङ [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ शुक्रबार, पुस २२, २०७९  २०:४९
1140x725

पछिल्लो समय विद्युत् सेवा व्यापक रूपमा विस्तार भएको छ। लगभग देशका सबै पालिकामा विद्युत् पुगेसँगै विद्युतीय दुर्घटनामा परेर जनधनको क्षति हुनेदेखि मृत्युसम्म हुने गरेको छ। तर विद्युत् जस्तो जोखिमयुक्त क्षेत्र कुनै पनि प्रकारको बीमामा समावेश भएको छैन।

प्रस्तुत छ, विद्युत विस्तारसँगै बढेको विद्युतीय दुर्घटना, क्षतिपूर्ति तथा बिमा लगायतका विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग नेपाल लाइभका सुरेन्द्र बजगाईंले गरेको कुराकानी:

पछिल्लो समय विद्युतजन्य दुर्घटनाहरु बढेको देखिन्छ। यस्तो किन भयो? 
सर्वसाधारणले हाम्रो वितरण लाइनको तारमा छोएर पनि दुर्घटना भएको अवस्था छ। त्यस्तो दुर्घटना कम गर्नका लागि हामी नाङ्गो तार हटाउँदै आएका छौं। यस्तै अहिले धेरै ठाउँमा इन्सुलेटर केबल बिछ्याउँदै आएका छौं।

कहिलेकाहीँ कर्मचारी नै दुर्घटनामा पर्ने गरेको पाइन्छ। कतै आगलागी हुँदा ती स्थानमा तत्काल काम गर्दा कर्मचारी दुर्घटनामा परेको देखिन्छ। यस्तै सब-स्टेसनमा आगलागी भएर पनि कर्मचारीहरू दुर्घटनामा पर्ने गरेका छन्। त्यस्ता दुर्घटनाहरू कम गर्नका लागि काम गर्दै आएका छौं। यस्ता दुर्घटना निर्मूल नै गर्न नसकिए पनि केही हदसम्म कम भने भएको छ।

1598753579_kulman final11673002174.jpg

सर्वसाधारणको हकमा भने जनचेतनाको कमी भएकाले पनि दुर्घटना भएको पाइएको छ। जनचेतना नहुँदा मानिसहरू घरभित्र नै करेन्ट लागेर अङ्गभङ्ग हुनेदेखि ज्यान नै गुमाउनु परेको कुरा सबैलाई थाहा नै छ। 

यता, तराईका केही स्थानमा विद्युतीय दुर्घटनाको संख्या केही बढी देखिन्छ। त्यसो हुनुको कारण खोज्दै जाँदा ती स्थानमा ‘हुकिङ’ गरेर विद्युत चोरी हुने गरेको पाइयो। हाई भोल्टेजको तारमा विद्युत् चोरी गर्न ‘हुक’ प्रयोग गर्दा करेन्ट लागेर मृत्युसम्म हुने गरेको छ। 

अर्को कुरा, प्राय: ठाउँमा हाम्रो मापदण्ड अनुसार वितरण लाइन भएको स्थानदेखि साढे दुई मिटर नजिक घर-टहरा बनाउन पाइँदैन। तर अहिले विद्युतको लाइन नजिकै घर बनाइदिने वा लाइनमुनि नै बनाउने गरेको पाइन्छ।

Ncell 2
Ncell 2

विद्युतको लाइनमुनि भएका घरको तला थप्दा पनि रडले छोएर दुर्घटना भएका केस धेरै आउने गरेका छन्। हामीले घरमाथि नै लाइन तान्ने गरेका छैनौं तर लाइनमुनि घर-टहरा बनाउने गरेकाले धेरै दुर्घटना हुने गरेको छ। विद्युत् प्राधिकरणको मापदण्डलाई पालना नगर्दा पनि धेरै दुर्घटना हुने गरेका छन्। 

विद्युतीय दुर्घटनाको तथ्याङ्क हेर्दा प्राधिकरणका कर्मचारीहरु धेरै दुर्घटनामा परेको पाइयो। किन प्राधिकरणका ‘वेल ट्रेन्ड’ कर्मचारीहरूको नै मृत्यु र अङ्गभङ्ग भएको हो?
विद्युतको काम गर्ने कर्मचारीले विद्युत् बहिरहेको अवस्थामा पनि काम गर्नुपर्ने अवस्था छ। त्यस्तो अवस्थामा कारणवश तारमा छोइयो भने दुर्घटनामा पर्ने सम्भावना हुन्छ।

मेन्टिनेन्सको काम गर्दा विद्युत् सर्ट पनि हुन्छ। तर टेक्निकल मान्छेले डाइरेक्ट लाइनमा नछोए पनि विभिन्न कारणले दुर्घटनामा पर्ने गरेका छन्। त्यस्तो दुर्घटना कम होस् भनेर हामीले विभिन्न प्रकारका ट्रेनिङहरू दिइनै रहेका हुन्छौं। कहिलेकाहीँ मेन्टिनेन्समा जाँदा लाइभ लाइनमा छुने अवस्था रहेको छ। 

कहिलेकाहीँ हाम्रो पोल प्रयोग गरेर बिछ्याइएको केबल मर्मत गर्ने क्रममा प्राधिकरणको नाङ्गो तारमा छोएर पनि दुर्घटनामा पर्ने गरेका छन्। 

shivam cement

shivam cement

अहिले पोलमा ठूला-ठूला तारका अव्यवस्थित गुजुल्टाहरू देखिन्छन्। त्यही कारणले पनि आगो लाग्ने गरेको छ। त्यसैले हाम्रोभन्दा पनि सर्भिस प्रोभाइडरको कारणले दुर्घटना भएको देखिन्छ। 

kul1673002173.jpg

हाम्रा कर्मचारीहरूले विद्युत् वितरणमा समस्या हुँदा ‘सट डाउन’ अर्थात् विद्युत् प्रवाह बन्द गरेर काम गर्ने गरेका छन्। तर कहिलेकाहीँ झुक्किएर एउटामा भनेकोमा अर्कोको सट डाउन भएर पनि दुर्घटना भएको हो। तारहरू नजिक नजिक रहेका हुन्छन्। कर्मचारीहरू काम गर्ने सिलसिलामा एउटा तार भनेर अर्को तार छुँदा दुर्घटनामा पर्ने गरेका हुन्। जानी-जानी त कसले तार छुन्छ र?

यसरी दुर्घटनामा परेकाहरुको उपचार, क्षतिपूर्ति र भरण पोषणको लागि प्राधिकरणले वार्षिक कति रकम खर्च गर्ने गरेको छ?
प्राधिकरणको विनियमले घाइतेको उपचार गर्ने र मृत्यु भएका मानिसको परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने उल्लेख गरेको छ। हामीले त्यो विनियम अनुसार नै काम गर्दै आएका छौं। 

कर्मचारीको हकमा चाहिँ मृत्यु हुनेको परिवारलाई ५ लाख अथवा परिवारको एक सदस्यलाई रोजगारी दिने कुरा उल्लेख गरिएको छ। हामीले त्यस अनुसार नै काम गर्दै आएका छौं। 

कर्मचारी मृत्यु भएको हकमा क्षतिपूर्ति कम भएन र?
हामीले विनियम अनुसार काम गर्ने हो। त्यो विनियम २०६९ सालमा नै बनेको हो। त्यसलाई समयसापेक्ष बनाउन जरुरी देखिएको छ। त्यसलाई परिवर्तन गर्न काम काम गर्दैछौं। 

दुर्घटनामा पर्नेहरूको तेस्रो पक्ष बीमा किन नगर्नु भएको? बिमा नगर्दा त क्षतिपूर्ति कम पाउने भए नि!
अहिले स्थायी कर्मचारी ९ हजार हाराहारी छन्। यस्तै ज्यालादारी र कन्ट्र्याक्ट राखिएका गरी १४ हजारभन्दा धेरै कर्मचारी देशभर रहेका छन्। 

त्यस्तो दुर्घटनामा थर्ड पार्टी इन्स्युरेन्स गर्नेभन्दा पनि हामी आफैंले व्यहोर्ने गरेका छौं। किनभने, कर्मचारीको संख्याअनुसार बीमा रकम एकदमै धेरै हुन्छ। त्यो बीमामा तिर्नुभन्दा हामीले नै व्यहोर्छौ भनेका हौं। विनियम अनुसार क्षतिपूर्ति कम भएको पक्कै हो। त्यो संशोधन गर्दैछौं। 

हामीले एक जनाको १० लाखको मात्रै बीमा गर्ने हो भने पनि धेरै जना कर्मचारीको बीमा बापत रकम धेरै बुझाउनु पर्छ। त्यो भन्दा हामीलाई डाइरेक्ट पैसा तिर्न सस्तो पर्छ। त्यही भएर हामीले इन्फ्रास्टक्चरको बीमा गर्दा पनि धेरै नै खर्च हुन्छ। त्यो भन्दा आफैंले क्षतिपूर्ति तिर्दा सहज हुन्छ। 

यस्ता दुर्घटना कम गर्नको लागि प्राधिकरणले कार्यक्रम अगाडि सारेको छ? 
पहिलो कुरा, हामीले आफ्नै कर्मचारीहरूलाई सेफ्टी र सेक्युरिटीको बारेमा तालिम दिँदै आएका छौं। विद्युतीय लाइनमा काम गर्दा आवश्यक पर्ने सामग्रीहरू पनि दिँदै आएका छौं। 

यस्तै, सर्वसाधारणको हकमा विभिन्न माध्यमबाट सूचना दिँदै आएका छौं। हामीले जिङ्गल बनाउनेदेखि डकुमेन्ट्रीमार्फत विद्युतीय सुरक्षाको बारेमा जानकारी दिँदै आएका छौं। मह जोडीसँग मिलेर काम पनि गर्दै आएका छौं।

यस श्रृंखलाभित्र

 

  • विद्युतीय दुर्घटनाका कारण जनधनको क्षति बढ्दो: सुरक्षा र क्षतिपूर्तिमा सुधारको खाँचो

  • विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु : परिवारले न क्षतिपूर्ति पाए न जागिर

  • करेन्ट लागेर ज्यान जान्छ: क्षतिपूर्तिको कुरा नै हुँदैन, ज्यालादारी जागिरमा थामथुम!

  • विद्युतीय दुर्घटनाको डरलाग्दो अवस्था: खाँचो द्रुत उद्धारको

  • विद्युतीय दुर्घटनाको क्षतिपूर्ति बढाउन विनियम परिवर्तन गर्दैछौं: कुलमान घिसिङ [अन्तर्वार्ता]

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  २०:४९
  • #विद्युतीय दुर्घटना
  • #विद्युत् प्राधिकरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ
सम्बन्धित सामग्री
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन केही दिनअघि यही परियोजना अन्तर्गत भएको साझेदारहरूको बैठक र सरोकारवालासँगको  छलफलमा उनीसँग रोमीका न्यौपानेले गरेको कुराकानी:  आइतबार, फागुन ११, २०८१
ताजा समाचारसबै
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ आइतबार, जेठ ४, २०८२
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति आइतबार, जेठ ४, २०८२
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ आइतबार, जेठ ४, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्