• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संसदीय दलको नेता भएपछि देउवाको अबको ‘रोडम्याप’ के?
64x64
नवीन झा बुधबार, पुस ६, २०७९  २०:५२
1140x725

काठमाडौं– बुधबार भएको निर्वाचनबाट कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। महामन्त्री गगन थापालाई फराकिलो मतान्तरले पराजित गरेसँगै देउवाले पार्टीसँगै संसदीय फाँटको कमाण्ड पनि आफ्नो पोल्टामा पारेका छन्। संसदीय दलको नेतामा निर्वाचित भएसँगै देउवाको छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुलेको धेरैले दाबी गरेका छन्। किनकि, मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। ठूलो दलको नेताको रूपमा देउवाको बाटो पुनः खुलेको हो।

पार्टीका दुई महामन्त्री गगन र विश्वप्रकाश शर्मासहित केही युवा नेताहरूले योपटक संसदीय दलमा देउवालाई रोक्ने प्रयास गरेका थिए, तर सफल हुन सकेनन्। योसँगै अबको आगामी राजनीतिका बारेका आकलन गर्न थालिएको छ। यस्तोमा स्वभाविकै रूपमा नयाँ संसदीय गणितीय संख्यामा सबैभन्दा ठूलो दलको नेता देउवामाथि सबैको ध्यान केन्द्रित भएको देखिन्छ। 

निर्वाचन आयोगले ४ मंसिरको प्रतिनिधि सभाको निर्वाचन परिणाम राष्ट्रपतिकहाँ यसअघि नै बुझाएको थियो। गत आइतबार राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि आव्ह्वान पनि गरिसकेकी छिन्। कुनै एउटा दलले बहुमत नल्याएका कारण राष्ट्रपतिले दिएको समयसीमा आउँदो आइतबारसम्म दुई वा सोभन्दा बढी दलले बहुमत पुर्याएर नयाँ प्रधानमन्त्री राष्ट्रपतिकहाँ सिफारिस गर्नुपर्ने छ। राष्ट्रपतिको आव्ह्वानपछि नयाँ संसद्मा प्रतिनिधित्व गर्ने दलमध्ये लगभग सबैले संसदीय दलको नेता चयन गरिसकेका छन्। माओवादी केन्द्रले बिहीबार संसद् सपथलगत्तै दलको नेता चयन गर्ने जनाएको छ। 

संसद्को सपथ नहुँदै र राष्ट्रपतिले आव्ह्वान नगर्दै नयाँ सत्ता सहयात्राका लागि दलहरू गृहकार्यमा जुटिसकेको देखिन्छन्। सता गठबन्धन र एमालेसँगै साना दलहरूको दौडधौप पनि सुरु भइसकेको छ। सत्ता गठबन्धनका नेताहरू गठबन्धनकै निरन्तरता रहने र यहीभित्रबाट नयाँ सरकार बन्ने दाबी गरेका छन्। उता एमाले गठबन्धनवाट माओवादी र एकीकृत समाजवादीलाई अलग गरेर नयाँ सत्ता समीकरण बनाउन सकिन्छ कि भन्ने ध्येयमा देखिन्छ। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो बीचमा पटक–पटक गठबन्धन निरन्तरताको दाबी गरेका छन्। यस्तो अवस्थामा बुधबार मात्रै संसदीय दलको नेतामा निर्वाचित भएका कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा के गर्छन् भन्ने चासो देखिनु स्वाभाविकै हो।

अबको ‘रोडम्याप’  

कांग्रेस सभापति तथा संसदीय दलका नेता देउवाको निकट रहेर काम गरिरहेका प्रवक्ता डा प्रकाशशरण महतले संसदीय दलको निर्वाचनपछि अब आफूहरू राष्ट्रपतिले दिएको समयसीमाभित्र नयाँ प्रधानमन्त्री चयन गर्नतर्फ केन्द्रित भएको बताए। नेपाल लाइभसँग कुरा गर्दै महतले नयाँ निर्वाचनको परिणाम आइसकेको अवस्था र राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएकाले अब पहिला सरकार गठनको काम प्राथमिकतामा रहेको स्पष्ट पारे। उनले भनेअनुसार नै देउवाको अबको पहिलो प्राथमिकता छैटौंपटक प्रधानमन्त्री बन्ने देखिएको विश्लेषण गरिएको छ। 

बुधबार संसदीय दलको नेतामा चयान हुनेबित्तिकै देउवा माओवादी अध्यक्ष प्रचण्डसहित अस्पतालमा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्न अस्पताल नै पुगेका थिए। यसअघि गत शनिवार र आइतबार देउवा र प्रचण्डबीचमा कुराकानी भएको थियो। प्रधानमन्त्री देउवाले शनिबार साँझ नेता नेपालसँग पनि छलफल  गरेका थिए। सत्ता समीकरणमा शक्क्तिको बाँडफाडको विषय उठाउँदै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एमालेले पनि नयाँ सत्ता समीकरणका लागि प्रस्ताव गरिरहँदा देउवाले कसरी  र कस्तो सन्तुलनमा गठबन्धनलाई अगाडि बढाउलान् भन्ने चासो चौतर्फी देखिएको छ। 

नयाँ राष्ट्रपतिदेखि प्रधानमन्त्री, सभामुखसहित सातवटै प्रदेशका मुख्यमन्त्री लगायतमा गठबन्धनभित्र हुने बाँडफाँडलाई राजनीतिमा चासोपूर्वक हेरिएको छ। कांग्रेस प्रवक्ता महतले अब पहिला गठबन्धनको तर्फबाट सभापति तथा दलका नेता देउवा प्रधानमन्त्री बन्ने र बाँकी बाँडफाँड विस्तारै गर्दै जाने पक्षमा आफूहरू रहेको बताए। ‘नयाँं राष्ट्रपति फागुनमा चयन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यही भएर अहिले त्यतातर्फभन्दा राष्ट्रपतिले आव्ह्वान गरेअनुसार पहिला प्रधानमन्त्री र मन्त्रिपरिषद् गठन गर्नतर्फ अब हामी अगाडि बढ्छौं।’

Ncell 2
Ncell 2

महतको भनाइ हेर्दा कांग्रेस र त्यसका सभापति देउवा ठूलो दलको हैसियतले गठबन्धनको आडमा प्रधानमन्त्री बन्ने र त्यसपछि विस्तारै शक्ति बाँडफाँडको विषयमा अगाडि बढ्न चाहेको देखिन्छ। तर, पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीले शक्ति बाँडफाँडमा जोड दिँदै आएका छन्। हुनत अहिलेको सत्ता गठबन्धनसँग मात्रै पनि नयाँ संसद्मा पूर्ण बहुमत पुगेको देखिँदैन। तर, त्यसका लागि जनमत पार्टी र लोसपासँग प्रधानमन्त्री देउवाले कुरा गरेको देखिन्छ। उनीहरूले पनि गठबन्धनको सरकारलाई सघाउने वाचा गरेको बताइएको छ। तर, कांग्रेस, माओवादी र एकीकृत समाजवादीका बीचमा शक्ति बाँडफाँड नभएको खण्डमा के हुने भन्ने प्रष्ट छैन। यद्यपि, कांग्रेसदेखि माओवादी नेताहरूसम्मले गठबन्धन नभत्किने दाबी गर्दैै आइरहेका छन्।  

राष्ट्रपतिले दिएको समयसीमा अनुसार आउँदो आइतबारसम्म गठबन्धनका सबै दलसहित जनमत पार्टी र लोसपाले समर्थन पत्रसहित दावी पेश गरेमा मात्रै देउवा प्रधानमन्त्री बन्ने अवस्था छ। यी पार्टीहरूले समर्थन पत्र नदिएको खण्डमा धारणा ७६ को ३ मा सरकार गठनको विषयले प्रवेश पाउने छ। धारा ७६ को २ अनुसार नभएको खण्डमा ३ मा जाँदा पनि पुनः आफ्नै पार्टीकै पालो आउने भएकाले कांग्रेस नेताहरू देउवा प्रधानमन्त्री हुनेमा बढी विश्वस्त देखिएका छन्। प्रधानमन्त्री नियुक्त भएको एक महिनामा बहुमत सिद्ध गर्नुपर्ने भएकाले त्यसपछि माओवादी केन्द्रसहित गठबन्धनलाई दबाबमा राख्न सकिन्छ भन्ने दाउमा देउवा भएको देख्न सकिन्छ। 

यसरी हेर्दा दलको नेतामा निवार्चित भएका देउवा जसरी पनि छैटौंपटक प्रधानमन्त्री बन्ने रणनीतिमा अघि बढिरहेका देखिन्छन्। यद्यपि, गठबन्धनसहित केही साना दलहरूको पहिले नै समर्थन पाएर आगामी आइतबार नै देउवा नयाँ प्रधानमन्त्री बन्न सक्छन्। त्यो नभए या त धारा ७६ को उपधारा ३ बमोजिम आइतबारपछि हुनसक्ने प्रक्रियाबाट उनी नै प्रधानमन्त्री बन्छन् त्यसको चित्र बुधबार साँझसम्म प्रष्ट भइसकेको छैन। तर, देउवा पुनः  प्रधानमन्त्री बन्नेमा उनीनिकट नेताहरू विश्वस्त देखिन्छन्। 

यो पनि पढ्नुहोस

 

देउवाले कतिञ्जेल टिकाउलान् संसदीय दलमा बहुमत?

 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  २०:५२
  • #शेरबहादुर देउवा
  • #नेपाली_कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांस... आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार काठमाडौंमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वि... आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीले गरे टियु मैदान निरीक्षण प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीले गरे टियु मैदान निरीक्षण आइतबार, जेठ २५, २०८२
लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ आइतबार, जेठ २५, २०८२
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्