• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
देउवाले कतिञ्जेल टिकाउलान् संसदीय दलमा बहुमत?
64x64
किशोर दहाल बुधबार, पुस ६, २०७९  १८:५५
1140x725

काठमाडौं– 'केही समयपछि फेरि (संसदीय दलको) निर्वाचन हुन्छ। फेरि प्रतिस्पर्धा हुन्छ। फेरि नयाँ परिणामको अपेक्षा हुन्छ। त्यो बेलासम्म परिवर्तन आवश्यक छ भन्ने कुरामा थप सांसद साथीहरुको पनि मन जित्न सक्छु भन्ने सोचेर, संकल्प गरेर निरन्तर रुपमा प्रयत्न गरिराख्छु।'

बुधबार भएको कांग्रेस संसदीय दलको निर्वाचनमा पराजित भएका गगन थापाले दिएको अभिव्यक्ति हो, यो। निर्वाचनमा शेरबहादुर देउवाले ६४ मत पाउँदा थापाले केवल २५ मत पाएका थिए। पत्रकारबाट घेरिएका थापाले देउवालाई बधाई मात्रै दिएनन्, फेरि छिट्टै संसदीय दलको नेताका लागि निर्वाचन हुने संकेत पनि गरे। उनको भनाइ छ, 'हाम्रो पाँच वर्षको संसदीय कार्यकाल भर्खर प्रारम्भ भएको छ। केही समयपछि फेरि निर्वाचन हुन्छ। फेरि प्रतिस्पर्धा हुन्छ।'

थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिँदा नै संसदीय दलको नेतृत्व भिन्न ढंगले गर्नुपर्छ भन्ने आफूलाई लागेको र अहिले पनि लागिरहेको बताए। उनले निर्वाचन परिणाम अपेक्षाकृत नआए पनि आफू नथाक्ने र निराश नहुने बरु अरु मेहनत गर्ने बताए।

'संसदीय दलको नेता बदलिनुपर्छ भन्ने मेरो अजेन्डा किन थियो, के कारणले थियो भन्नेचाहिँ थप साथीहरुको बीचमा निरन्तर लगिराख्छु', उनको भनाइ छ, 'मलाई विश्वास छ, कुनै एउटा बिन्दु आउँछ, समय आउँछ, त्यतिखेर पार्टीभित्रका बहुसंख्यक साथीहरुले महसुस गर्नुहुन्छ, मनन गर्नुहुन्छ। त्यो बेलामा सुखद परिणाम आउँछ भन्ने अपेक्षा गर्ने हो, प्रयत्न गर्ने हो।'

देउवाले बहुमत गुमाउलान्?

शेखर कोइराला र गगन थापा समूहका सांसद भनेर चिनिने ३० भन्दा बढी सांसद भएको र थापाको छवि र प्रयत्नका कारण केही थप सांसदले मत दिने अपेक्षा गरिएको थियो। त्यसैले, थापाले पाएको मत सोही समूहको आकलनभन्दा कम हो। थापाले आफूले पाएको मत अपेक्षाकृत नभएको बताइसकेका छन्।

जो देउवातिर लागे, उनीहरुलाई विभिन्न आश्वासन दिइएको विषय यसअघि नै छिटपुट रुपमा सार्वजनिक भइसकेका छन्। धेरैजसोलाई त मन्त्रीको प्रस्ताव नै गरिएको थियो। तर ती आश्वासन पूरा गर्न सक्ने अवस्थामा देउवा हुनेछैनन्। जसले गर्दा संसदीय दलमा उनलाई सहयोग गर्नेहरुले नै विकल्पको खोजी गर्न सक्छन्। कांग्रेस नेता तथा विश्लेषक शंकर तिवारी देउवाले सांसदहरुलाई दिएका विभिन्न आश्वासनका कारण उनी दबाबमा पर्दै जाने बताउँछन्।

देउवाले नसच्चिकन पुरानै शैलीमा काम गर्ने हो भने उनले अहिले पाएको बहुमत दुई वर्ष पनि टिक्छ जस्तो आफूलाई नलाग्ने तिवारीको विश्लेषण छ। 'देउवालाई पाँच वर्ष नै संसदीय दलको नेतामा टिक्न मुस्किल पर्छ', उनी भन्छन्, 'देउवाले कसरी टिमलाई मिलाएर जानुहुन्छ, त्यसले कसरी काम गर्छ, जनअपेक्षा अनुसार खरो उत्रिन सक्छ कि सक्दैन? उहाँले सांसदहरुलाई विभिन्न आश्वासनहरु दिनुभएको छ। उहाँहरुलाई कसरी थमाएर राख्न सक्नुहुन्छ? त्यसको परीक्षण सुरु भएको छ।'

Ncell 2
Ncell 2

पार्टीभित्रै पनि देउवाविरुद्ध कसिलो मोर्चा बन्ने देखिएको छ। महामन्त्रीद्वय थापा र शर्माले सरकारमा नजाने र पार्टीभित्रै भूमिका खेल्ने घोषणा गरिसकेका छन्। थापाको भनाइ थियो- 'म संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेपछि म फेरि त्यसकै लागि कोसिस गरिराख्छु। मेरो प्रयास त्यसकै लागि रहन्छ। सरकारमा अरु साथीहरु जानुहुन्छ, काम गर्नुहुन्छ।' यिनै पृष्ठभूमि  र सन्दर्भसहित थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहितको बलियो प्रतिपक्षी मोर्चा तयार भएको विश्लेषण भइरहेको छ। त्यसलाई चिर्न देउवालाई हम्मे पर्ने आकलन गर्न सकिन्छ।

देउवालाई सकस हुने अभिव्यक्ति थापाले आजै दिइसकेका छन्। गठबन्धनका दलहरुबीच हुनसक्ने गोप्य सहमतितिर लक्षित गर्दै उनले त्यस्ता निर्णय कांग्रेसले नबोक्ने चेतावनी दिए। 'अँध्यारो कोठाभित्र बसेर नेताहरुले सहमति गर्नुहुन्छ भने त्यसलाई कांग्रेसले बोक्दैन। र भोलि नेपाली कांग्रेसले धोका दियो भनेर कसैले भन्न पाउनुहुन्न', उनको भनाइ थियो। थापाको अभिव्यक्तिले उनको समूहले अब खेल्ने भूमिकाको छनक पाउन सकिन्छ।

बीचमै नेता फेरिएका उदाहरण छन् कांग्रेसभित्रै

२०४८ यताका संसद्/संविधानसभाका निर्वाचनबाट गठन भएका कांग्रेस संसदीय दलमा बीचमा पटकपटक नेतृत्व फेरिएका उदाहरण छन्। २०४८ पछिको तीन वर्षे संसद्, २०६४ पछिको चार वर्षे संविधानसभा र २०७४ पछिको पाँच वर्षे संसद्‌मा मात्रै एउटै नेता कायम भएका थिए। बाँकी सबैमा संसदीय दलको नेता हेरफेर भएको देखिन्छ।

२०५१ को निर्वाचनपछि सुरुमा शेरबहादुर देउवा नै संसदीय दलको नेता थिए। संसद्को सोही कार्यकालमा पछि गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता भए। २०५६ को निर्वाचनपछि गठन भएको संसदीय दलमा त तीन जना नेता भए। सुरुमा कृष्णप्रसाद भट्टराई, बीचमा गिरिजाप्रसाद कोइराला र उनीपछि शेरबहादुर देउवा। यही अवधिदेखि (कोइरालाको पालामा) संसदीय दलको नेताका लागि प्रतिस्पर्धा हुन थालेको हो।

२०६४ को संविधानसभा निर्वाचनपछि रामचन्द्र पौडेल दलको नेता भए। संविधान सभाको सो कार्यकालभर उनी नै दलको नेता भए। २०७० मा सुशील कोइराला संसदीय दलको नेता भए। उनको २०७२ मा निधन भएपछि रिक्त पदको लागि भएको निर्वाचनमा देउवा विजयी भएका थिए। २०७४ को निर्वाचनपछि फेरि देउवा नै संसदीय दलको नेता भएका थिए।

स्वभाविक परिवर्तन मात्रै होइन, कांग्रेसभित्र संसदीय दलको नेता फेर्नका लागि अविश्वासको प्रस्ताव ल्याइएका उदाहरण पनि छन्। गिरिजाप्रसाद कोइरालाको योजामा दुई पटक अविश्वासको प्रस्ताव आएपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले संसद्‌बाट भावुक सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजीनामा नै दिएका थिए।

विगतका संसद्‌का कार्यकालमा भएका संसदीय दलको नेता परिवर्तनको उदाहरण दिँदै तिवारी भन्छन्- 'अहिलेको संसद्‌मा पनि त्यस्तै हुने सम्भावना देख्दैछु।'

देउवा निकट नेता तथा कांग्रेस प्रवक्ता प्रकाशशरण महत भने संसदको यो कार्यकालभर अर्कोपटक संसदीय दलको निर्वाचन नहुने दाबी गर्छन्। 'यो संसद्को कार्यकालमा संसदीय दलको अर्को निर्वाचन हुँदैन। आजको निर्वाचनको म्यान्डेट त्यही हो', नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'गगन थापाज्यूको उम्मेदवारीलाई अस्वभाविक रुपमा लिएका छैनौँ। लोकतन्त्रको सहज प्रक्रियाको रुपमा लिएका छौँ। पार्टीभित्र सबै मिलेर अगाडि बढ्छौँ। गठबन्धन पनि पाँचै वर्ष चल्छ।'

यो पनि पढ्नुहोस

संसदीय दलमा किन गगनले अपेक्षा गरेको भन्दा थोरै मत पाए?


 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १८:५५
  • #शेरबहादुर देउवा
  • #नेपाली-कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति... आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरह... आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांस... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्