• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
नारायणगाेपाल स्मृति दिवस नारायणगोपाल सम्झिने पुस्ता : जो उनकै गीत सुनेर संगीत यात्रामा हिँडे
64x64
समर्पण श्री सोमबार, मंसिर १९, २०७९  १६:२९
1140x725

काठमाडौं– गायक प्रमोद खरेल करिअरको सुरुआती क्षणको एउटा घटना सधैं सम्झन्छन्। पहिलोपटक कसैलाई अटोग्राफ दिन पाउनु गायकको निम्ति सानो खुसी होइन। 

उनले कलेजमा आफ्ना प्रिय गायक नारायणगोपालको ‘गल्ती हजार हुन्छन्’ गीत गुन्गुनाए। त्यो गीत सुनेर पछाडि बेन्चमा बसेका एकजना साथी भिड छिचोल्दै आए र उनीसँग अटोग्राफ मागे। ‘मैले जीवनको पहिलो अटोग्राफ नारायणगोपालकै गीत गाएर दिएँ,’ प्रमोद सम्झन्छन्। 

‘स्वर सम्राट’ नारायणगोपालले विसं २०४७  मंसिरमा ५१ वर्षको उमेरमा धरती छाडे। बितेको ३२ वर्षपछि पनि कालजयी गीतले उनलाई जीवन्त बनाइरहेका छन्। र, सदियौं बाँच्नेछन् पनि। 

नारायणगोपालका गीत सदाबहार गुन्जिरहन्छन्। संगीत, सम्झना र किस्साहरूमा बाँचिरहेका नारायणगोपाललाई नयाँ पुस्ताका सर्जकहरूले उत्तिकै श्रद्धा गर्छन्।

प्रमोदले गीत सुन्न थालेको उमेरदेखि नै नारायणगोपालाई सुने। उनी अहिले पनि पटक–पटक नारायणगोपालका गीत गुन्गुनाइरहन्छन्। ‘भोइस अफ नेपालमा पनि मैले पटक पटक ‘गल्ती हजार हुन्छन्’ गीत गाएको छु,’ प्रमोद भन्छन्।

गायक रामकृष्ण ढकालले गायक बन्न संघर्ष गर्दाका सुरुआती क्षणमा नारायणगोपालकै गीत गाए। नारायाणगोपालका गीत आफ्ना आवाजमा गाउँदा रामकृष्ण धेरैमाझ परिचित भए। र, संगीतको खास बाटो त्यहीँबाट तय भयो।

संगीतकार बीबी अनुरागीको त स्कुल पढ्दा उपनाम नै ‘नारायणगोपाल’ थियो। ‘म उहाँका गीत अत्यधिक सुन्थेँ, अत्यधिक गाउँथे। र, साथीहरूले मेरो नाम नै नारायणगोपाल राखिदिनुभयो,’ उनी सम्झन्छन्। 

नारायणगोपाल सुन्न पाउँदैन थिए भने सायदै उनी संगीतमा लाग्थे। स्कुलमा ‘अल्झेछ क्यारे पछ्यौरी’ गीत गाउँदा साथीहरूले गरेको प्रेम उनी कहिल्यै भुल्दैनन्।

Ncell 2
Ncell 2

गायिका मेलिना राई गायकी सपना बुन्दा नारायणगोपालका गीत गुन्गुनाउँथिन्। नारायणगोपाल चोकमा नारायणगोपालकै स्मृति साँझ हुँदा उनी लगातार शोमा भाग लिन्थिन्। ‘उहाँको गीत अभ्यास गर्दा गाउन निकै कठिन थियो। गाउनुअघि नर्भस हुन्थेँ। गाएपछि पाएको प्रशंसाले नै अहिले मलाई यहाँ उभ्याएको छ,’ उनी भन्छिन्।

गायक राजु लामा नै आफूले संगीतको यात्रा तय गर्नुमा नारायणगोपालकै गीतको योगदान रहेको सम्झन्छन्। ‘उहाँका जादुमयी स्वरले यसरी तान्यो, गायक बन्ने सपना झन्‌झन् मजबुत बनायो,’ राजु भन्छन्। 

गायिका प्रविशा अधिकारी पनि संगीतको अनुशासन मात्र हैन, स्वरको अभ्यासलाई खारिन नारायणगोपालकै गीतका योगदान रहेको सम्झिन्छिन्।

‘फर्कन नसकिने त्यो समय’
नयाँ पुस्तामा स्थापित गायक संगीतकारहरूको स्वीकार्यता छ, ‘हामी संगीतमा नारायणगोपालको छेउछाउसम्म पनि पुग्न सक्दैनौँ।’ 

किन त ?

बीबी अनुरागी भन्छन्, ‘उहाँका गीतमा प्राण हुन्थ्यो, तर अहिलेकोमा खोई!’

उतिबेला रेकर्डिङ एकै टेकमा हुन्थ्यो। बाजा बजाउने, संगीत भर्ने, स्वर दिने लगायत सबै काम सँगै बसेर हुन्थ्यो। महिनौंदेखि अभ्यास गरेर तयार पारिन्थ्यो। ‘अहिले त डोइट गीत गाउनुपर्‍यो भने, केटा र केटीकै कहिल्यै भेट नभई रेकर्ड हुन्छ। संगीतकार र गायकको भेट नभई तयार हुन्छ,’ बीबी भन्छन्, ‘त्यसकारण अहिलेको गीतमा जीवन्तता भेट्दिनँ म।’

प्रमोदको पनि चिन्ता उही छ, ‘हामी १० वटा गीत हिट भयो भनेर खुसी हुन्छौं। तर, संगीतको गहिराइबारे अध्ययन गर्दैनौँ।’ 

त्यसकारण उनी नारायणगोपालका गीत आफ्ना लागि ठूलो अनुसन्धान ठान्छन्। त्यतिबेलाको संगीत साधना र गहिराइको प्रशंसा गर्छन्। ‘उहाँका गीत पूर्वीय गीत गाउनेले होस् वा वेस्टर्न। सबैले रुचाउँछन्। सुन्नका लागि मात्र हैन, ती गीत सिक्नका लागि पनि हुन्,’ उनी भन्छन्। 

प्रमोदका अनुसार त्यो बेलाको शैली, गहिराइ, शब्द चयन र संगीतबाट नयाँ पुस्ताले अथाह कुरा सिक्न सक्छ।

मेलिना राई अहिलेको संगीत खस्किएकोमा चिन्ता व्यक्त गर्छिन्। उनी गीतको गुणस्तर बढाउन नारायणगोपाल‘हरू’का गीत सुनेर मनन् गर्नुपर्ने बताउँछिन्।

‘मलाई मेरै पनि कति गीत मन पर्दैनन्। कतिपय बजारको रुचि अनुसार गाउनुपर्छ। आज गाएर भोलि हिट हुनुपर्छ भन्ने मनसाय छ। त्यसले गीतको गुणस्तर मार्छ। त्यसैले त्यो समयबाट हामीले धेरै सिक्नुछ,’ उनी भन्छिन्।

राजु लामा नारायणगोपाललाई संगीतको इतिहास मान्छन्। त्यो इतिहास बुझेर संगीतमा साधना गरे नयाँ पुस्ताको भविष्य बन्ने उनको बुझाइ छ। 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
काठमाडौंमा सुरु भयो ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ कला र वातावरणीय चेतनको संगमका रुपमा प्रस्तुत गरिएको यो प्रदर्शन सगरमाथा नेक्सटले गरेको हो । सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरिए... शनिबार, जेठ २४, २०८२
संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक (भिडिओ) भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले लिएका छन् । कथा, पटकथा र सह(निर्देशन सैल... शुक्रबार, जेठ २३, २०८२
चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त गिरीलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यको नियुक्ति पत्र दिएका हुन् । दुई दशकदेखि रंग पत्रकारितामा... बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी सोमबार, जेठ २६, २०८२
विश्व वातावरण दिवसका अवसरमा प्लाष्टिक फोहोर संकलन गर्दै हाइकिङ सोमबार, जेठ २६, २०८२
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची सोमबार, जेठ २६, २०८२
५३ लाखकाे लागतमा विद्यालयको पक्की भवन निर्माण सोमबार, जेठ २६, २०८२
ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न परिपत्र सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्