काठमाडौं- भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस उम्मेदवार दुर्लभ थापाले अग्रता कायमै राखेका छन्। उनले सुरुवातदेखि नै नेकपा एमालेका महेश बस्नेतलाई पछि पारेका छन्।
भक्तपुर २ मा हालसम्म १५ हजार मत गणना हुँदा कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार थापाले ६ हजार १८४ मत प्राप्त गरेका छन् भनेन एमालेका बस्नेत ५ हजार ५०९ मत ल्याउँदै दोस्रो स्थानमा छन्। बस्नेत थापाभन्दा ६७५ मतले पछाडि परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।