काठमाडौं। आयोजक कतारले विश्व कप फुटबलअन्तर्गत आइतबार राति इक्वेडरसँग ०–२ गोलले पराजय भोग्ने क्रममा नयाँ इतिहास बनाएको छ।
विश्व कपको ९२ वर्ष लामो इतिहासमा आयोजनाको पहिलो खेलमै पराजित हुने कतार पहिलो टोली बन्न पुगको छ। यसअघि कुनै पनि आयोजक राष्ट्रले आफ्नो पहिलो खेल गुमाउनु परेको थिएन। उसले पहिलो खेलमै पराजय भोगेको छ।
कतारविरूद्ध दुवै गोल पहिलो हाफमा इक्वेडरका कप्तान एनर भेलेन्सियाले गरेका थिए। कतारले गोल फर्काउन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।