• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
ब्याजदर घटाउन बैंक तथा वित्तीय क्षेत्रलाई चौतर्फी दबाब, घटाउन नसकिने राष्ट्र बैंकको अडान
64x64
सुमित्रा कार्की शनिबार, कात्तिक १९, २०७९  १३:२४
1140x725

काठमाडौं– पछिल्लो केही समय यता विभिन्न व्यापारीनिकट संगठनले बैंकले बढाएको ब्याजदर घटाउनको लागि दबाब अभियान बढाउन थालेका छन्। काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका उद्योग व्यवसायीले बैंकको ब्याजदर बढाउने लगायत राष्ट्र बैंकले ल्याएका केही नीतिको विरोधमा प्रदर्शन गर्न थालेका हुन् बैंकको ब्याजदर बढाउनेलगायत चालु पुँजीका सन्दर्भमा राष्ट्र बैंकले ल्याएको कार्यविधिले व्यवसायी बाँच्न गाह्रो भएको उनीहरूको भनाइ छ। 

शुक्रबार काठमाडौंमा उद्योग वाणिज्य महासंघ तथा काँठ क्षेत्रका उद्योग नगर संघको आयोजनामा माइतीघरमा आयोजित मौन प्रर्दशनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष लगायतका व्यक्तिहरू उपस्थित भएर ब्याजदर वृद्धिको विरोध गरे। शुक्रबारको प्रदर्शनमा उद्योग वाणिज्य महासंघका ३ जना उपाध्यक्ष अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाइत अग्रपंतिमा थिए। केन्द्रीय बैंकले ल्याएको ब्याजदर प्रिमियम, चालु पुँजी निर्देशिका लगायतका नीतिहरूको विरोधमा उद्योग वाणिज्य महासंघकै अगुवाइमा प्रदर्शन भइरहेको हो। 

त्यस्तै, बैंकहरूको खर्च न्यून गरी स्प्रेड दर तीनभित्र रही जोखिमका आधारमा आधार दरमा बढीमा दुई प्रतिशत मात्रै थप प्रिमियम लिन पाइने व्यवस्था गर्नुपर्ने माग व्यवसायीहरूको रहेको छ। 

बैंकहरूले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी–नेगोसिएसन शुल्कमा दोब्बर वृद्धिलाई अन्य गरी गत वर्षको भन्दा बढी लिन नपाइने व्यवस्था गर्नुपर्ने, हाल भएका कर्जाहरूलाई यस आर्थिक वर्षसम्म पुनः तालिकीरण गरी, ब्याज बुझाउने म्याद ३५ दिनसम्मलाई नियमित मानेर लिलाम गर्ने प्रक्रियालाई हाल स्थगित गर्नुपर्ने माग उनीहरूको रहेको छ।

यसैगरी, हालको बाह्य र आन्तरिक कारणको असहज समय उपयुक्त नभएकोले चालु पुँजी कर्जा निर्देशिका स्थगित गर्नुपर्ने लगायतका मागहरू पनि व्यवसायीले राखेका छन्। धर्नामा , नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याच्यो, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धर, काभ्रे उद्योग वाणिज्य संघ अध्यक्ष राजेन्द्र पसछे, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत उपस्थित रहेको थियो। 

यसैगरी, धुलिखेल उद्योग वाणिज्य संघ, कीर्तिपुर नगर उद्योग वाणिज्य संघ, शंखरापुर नगर उद्योग वाणिज्य संघ, गोदावरी नगर उद्योग वाणिज्य संघ, चन्द्रागिरि वाणिज्य संघ, महालक्ष्मी नगर उद्योग वाणिज्य संघ, नमोबुद्ध उद्योग वाणिज्य संघ, पनौती उद्योग वाणिज्य संघका अध्यक्षहरू लगायतका व्यवसायी पनि शुक्रबारको प्रर्दशनमा उपस्थित भएका थिए। शुक्रबार बिहान प्रदर्शन पश्चात व्यवसायीहरूले अर्थमन्त्री र गर्भनरसामु आफ्ना माग राख्दै ध्यानाकर्षणपत्र बुझाएका थिए।

यसैगरी, सोमबार उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयूक्त प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलगायत उच्चपदस्थ कर्मचारीहरूसँग भेटघाट गरी वर्तमान वित्तीय संकट सम्बन्धमा प्रतिवेदनसहित सुझाव प्रस्तुत गरेको थियो।  

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नंं १ का अध्यक्ष भीम घिमिरेलगायत पदाधिकारी र कार्यसमिति सदस्यहरू सम्मिलित प्रतिनिधि मण्डलले गर्भनर अधिकारीलाई भेटेको हो। भेटमा अहिलेको समस्याले उद्योगहरूमा गम्भीर संकट आएकाले तत्काल समाधान खोज्न आग्रह गरिएको छ। 

Ncell 2
Ncell 2

तीनै संस्थाका तर्फबाट संयुक्तरुपमा प्रतिवेदन तयार पारिएको हो। गर्भनरसमक्ष प्रस्तुत गरिएको वित्तीय तरलता अभाव तथा ब्याज बृद्धिका कारण औद्योगिक क्षेत्रमा परेको असर र समाधान गर्नुपर्ने उपायहरू सहितको प्रतिवेदन पेश गरिएको विज्ञप्तिमा उल्लेख छ।  

यी घटनाहरू उदारणमात्र हुन्, राष्ट्र बैंकको नीति र बैंकहरूले बढाएको ब्याजदरविरुद्ध अहिले अन्य जिल्लाका व्यवसायी पनि लागिपरेका छन्। बैंकहरूले मनमरी तरिकाले बढाएको प्रिमियमलाई राष्ट्र बैंकले कन्ट्रोल गर्नुपर्ने लगायतका विषयमा उनीहरूले अर्थ मन्त्रालय तथा राष्ट्र बैंकलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन्। 

माइतीघरमा जुलुस गरेर समस्याको समाधान हुँदैनः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले व्यवसायीको ज्ञापनपत्र तथा ध्यानाकर्षणपत्र बुझ्दै केही व्यवसायीलाई अहिले अर्थतन्त्रमा देखिएका समस्याप्रति नेपाल नेपाल राष्ट्र बैंक गम्भीर रहेको आश्वासन दिएका छन्। उनले सम्पूर्ण वित्तीय व्यवस्थामा सन्तुलन कायम गर्दै वर्तमान समस्या क्रमशः समाधान गर्दै जाने बताए। सोमबार मोरङका उद्योेगी व्यवसायीलाई पनि गर्गनर अधिकारीले यही आश्वासन दिलाए। यता राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशन डा प्रकाशकुमार श्रेष्ठले भने बिहीबार एक सार्वजनिक कार्यक्रममा अहिलेको अवस्थामा उद्योेगी–व्यापारी सडकमा आएर ब्याजदर घटाउने वा बढाउने भन्ने विषयमा निर्णय लिन नसकिने बताएका छन्। 

श्रेष्ठले आन्दोलन गर्दैमा ब्याजदर नघट्ने प्रस्ट पारेका छन्। ‘बजारको अर्थतन्त्र आर्थिक रुपमा स्वभाविक तरिकाले आन्तिरक रुपमा चलेको हुन्छ।  आर्थिक बजार ‘ट्रेड’ साइकलमा व्यापार चक्रको रुप धारणा गर्छ, त्यो व्यापार चक्रलाई ‘ह्याण्डल’ गर्नसक्ने उद्योग व्यवसायको क्षेत्र हुनुपर्छ। तर, अहिले पनि माइतीघरमा उद्योगी व्यवसायीहरूको जुलुस छ। जुलुस निकालेर समस्याको समाधान हुँदैन। हाम्रो उत्पादन संरचना परिवर्तन गर्नका लागि आयातमा आधारित भएर बेचरमात्रै आर्जन गर्ने किसिमको व्यवस्था रहँदासम्म नेपालमा यस्ता किसिमका उतार चढाब आइरहन्छ,’ उनले भने।

श्रेष्ठले यसअधि ०७५ असारमा औषत कर्जाको ब्याजदर नै १२.४७ प्रतिशत पुगेको र अहिलेको ब्याजदर इतिहासकै उच्च नभएको जानकारी दिए। 

‘नेपालको अहिलेको आर्थिक अवस्थामा कोभिडपछिको रिकोभरी सुरु भएको छ। यसले बजारमा तरलता अभावको स्थिति सिर्जना हुँदा ब्याजदरमा चाप परेको छ। कोभिडपछि ०७८ असोजदेखि नै बजारमा तरलता अभाव सुरु भएको हो। निक्षेप कम र कर्जा प्रवाह बढी हुने, कर्जा आयातका लागि बढी जाने, सोहीअनुसार डिपोजिट बढेन, रेमिट्यान्स, देशको विदेशी विनिमय बाहिर पनि गयो। राष्ट्र बैंकले विदेशी विनिमय सञ्चितीको घट्दो दर रोक्नका लागि केही नीतिगत परिवर्तन गरेपछि घट्नेक्रम केही रोकिएको छ।’

अहिलेको अवस्थामा कसैलाई दोषी भन्ने ठाउँ छैनः पुर्वगर्भनर क्षेत्री 

अहिले नेपालको मात्र नभएर विश्वकै आर्थिक अवस्था एकैखालको भएको छ राष्ट्र बैंका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन्। यसकारण अहिले एउटाले अर्कोलाई दोष लगाउने अवस्था नरहेको उनी स्पष्ट पार्छन्। 

‘अहिले तरलताको समस्या गरिरो छ। यो बेला बैंकहरूले ब्याजदर बढाउनु स्वभाविकै हो। अर्कोतिर कोभिडलगायत आर्थिक समस्याका कारण व्यापार–व्यवसायमा पनि ठूलो धक्का लागेको छ। यसकारण उद्योगी–व्यवसायी पनि समस्यामा छन्। उनीहरूको माग तथा आन्दोलन पनि जायज नै देखिन्छ,’ उनी भन्छन्।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार राष्ट्र बैंक ब्याजदर बढाउनुपर्ने दबाबमा रहेको र यसलाई सरकारले पनि चलाउन केही गर्न नसकको क्षेत्रीको भनाइ छ।

‘निजी क्षेत्रका उद्योगधन्दा अहिले राम्ररी चलेका छैनन्। बैंकले ब्याजदर बढाएको छ। हामीले तिर्नसक्ने अवस्था छैन। यसकारण उनीहरूले हामी बैंकलाई उद्योग–व्यवसायको तालाचाबी बुझाएर बस्छौं भनेका छन्। यता राष्ट्र बैंक अहिलेको अवस्था बैंकको व्याज बढ्छ–बढ्छ भनेर आफ्नो निर्णयमा अडिग छ। यता, सरकारले ब्याजदर घटाउँछु भनेर व्यवसायीलाई आसवासन दिने केही गृहकार्य गरेको थियो। अध्ययन समिति बनायो। समितिले अहिलेको अवस्थामा ब्याजदर घटाउन सकिने अवस्था छैन भन्यो, यसर्थ, सरकार अहिले यो कुरामा मौन छ,’ उनी प्रश्न गर्छन्, ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार राष्ट्र बैंक ब्याजदर बढाउनु पर्ने दबाबमा देखिन्छ। यसलाई सरकारले पनि केही गर्न सकेन। अब यसमा कसलाई दोष दिने?’

यस्तो बेलामा नीतिगत निकायले बजारलाई कसरी हुन्छ स्वतन्त्र रुपमा अघिबढ्न दिनुपर्ने अवस्था रहेको क्षेत्रीको बुझाइ छ। तर, यसरी बजारलाई स्वतन्त्र छाड्दा बजारमा अन्य आर्थिक समस्या देखापर्ने उनले बताए। ‘यसकारण यस्तो बेला सरकार, उद्योगी–व्यवसायी, राष्ट्र बैंक तथा अन्य बैंक सबै आ–आफ्नो ठाउँबाट मिलेर अगाडि बढ्नुपर्ने अवस्था रहेको छ,’ उनी थप्छन्। 

यो पनि पढ्नुहोस

ब्याजदर वृद्धिविरुद्ध व्यवसायी सडकमा

 

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १३:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
साताको अन्तिम दिन पनि घट्यो सेयर बजार बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको छ... बिहीबार, जेठ २२, २०८२
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बिहीबारदेखि लागु हुनेगरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम... बिहीबार, जेठ २२, २०८२
रोकिएन सेयर बजारको गिरावट, ५ अर्बको कारोबार सोमबार १ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ३५ अंकले गिरावट भएको थियो। बुधबार, जेठ २१, २०८२
ताजा समाचारसबै
गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु, दर्जनौँ घाईते आइतबार, जेठ २५, २०८२
लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्ड संग खेल्दै आइतबार, जेठ २५, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आइतबार, जेठ २५, २०८२
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई आइतबार, जेठ २५, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
रुसले युक्रेनमाथि गर्यो जवाफी ड्रोन आक्रमण, ५ जनाको मृत्यु, दर्जनौँ घाईते शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्