• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
जनकपुरको प्रत्यक्ष राजनीतिबाट किन टाढिए निधि र महतो?
64x64
नवीन झा बिहीबार, असोज २७, २०७९  १३:१०
1140x725

काठमाडौं- २०७४ को आम निर्वाचनमा देशभरका चर्चितमध्येको एक क्षेत्र थियो, धनुषा- ३। मधेस प्रदेशको सम्भावित राजधानी रहेको जनकपुरसहित धनुषाको दक्षिणी भागमा पर्ने यो क्षेत्रमा उम्मेदवार बनेका थिए- कांग्रेस नेता विमलेन्द्र निधि र राजपामा अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतो। कांग्रेस उपल्लो तहका नेता निधि र मधेस आन्दोलनका केन्द्रीय नेता महतोबीचको प्रतिस्पर्धाले चुनावी रौनक पनि बढाएको थियो।

धनुषा- ३ निधिको गृहक्षेत्र थियो। तर, मधेस आन्दोलनबाट आफ्नो उचाइ बढाएका सर्लाहीका महतोले पनि सोही क्षेत्रमा लडे। चुनावी प्रतिस्पर्धामा महतोले निधिलाई हराए। जसका कारण महतोको राजनीतिक सामर्थ्यको चौतर्फी चर्चा भयो।

मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा जनकपुरको प्रत्यक्ष राजनितिमा अब यी दुवै पात्र छैनन्। निधि समानुपातिक प्रणालीतिर गएका छन्। महतो पुनः सर्लाही फर्किएका छन्। उनले सर्लाही- २ बाट उम्मेदवारी दिएका छन्। पाँच वर्ष अगाडिको निर्वाचनमा कडा प्रतिस्पर्धा गरेका यी दुई नेता आखिर किन जनकपुरको प्रत्यक्ष राजनीतिबाट टाढिए?

निधि : ‘कर्पोरेट राजनीति’तिर
जानकारहरु जनकपुरको प्रत्यक्षको राजनीतिबाट निधि टाढिनुमा तीन कारण देख्छन्। पहिलो, उनी आफ्नो क्षेत्रमा कमजोर देखिएपछि ‘कर्पोरेट राजनीति’ गर्न खोजेको देखिन्छ। दोस्रो, आफ्नो प्रत्यक्ष राजनीतिबिना जिल्ला र प्रदेशमा कांग्रेसले राम्रो गर्न सक्दैन भन्ने सन्देश दिन चाहन्छन्। तेस्रो, स्थानीय जातीय समीकरणमा फिट नभएपछि सुरक्षित बाटो समातेका हुन्।

निधिको राजनीतिलाई लामो समयदेखि नियाल्दै आएका लोसपाका युवा नेता राजु चौधरीले निधिले जनतासँग प्रत्यक्ष जोडिने राजनीतिक छाडेर ‘कर्पोरेट’ बाटो समातेको टिप्पणी गर्छन्। ‘अघिल्लो पटकको निर्वाचनमा हार बेहोरेको र पछि पार्टीमै पनि एक्लै भएपछि उनले ‍आफ्नो परम्परागत राजनीतिबाट ‘यू टर्न’ लिएका हुन्’, विगतमा कांग्रेसकै राजनीति समेत गरेका चौधरी भन्छन्, ‘उहाँ अब अरु बाटोबाट शक्ति आर्जन गर्न सकिन्छ कि भन्ने ध्येयमा देखिनुहुन्छ।’

२०७४ को निर्वाचनमा पराजित भए पनि कांग्रेसमा निधिको प्रभाव भने तत्कालै घटेको थिएन। बरु निर्वाचनमा पराजित भएको केही समयमै उपसभापतिको भूमिका पाएका थिए। र, पार्टीभित्र थप प्रभावशाली देखिएका थिए। तर, १४औं महाधिवेशनको सेरोफेरोमा पार्टी सभापति शेरबहादुर देउवासँग सम्बन्ध बिग्रिएपछि निधि अहिले पार्टीमा एक्लिएको स्थिति छ।

१४औं महाधिवेशनमा सभापति देउवा पुनः सभापतिकै उम्मेदवार भए। निधिले पनि सभापतिमै उम्मेदवारी दिए। त्यसपछि भने देउवा पक्षले निधिलाई केन्द्रदेखि स्थानीय तहसम्मै तारो बनाएको देखिन्छ। वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेससहितको पाँच दलीय गठबन्धनले जनकपुर उपमहानगरमा जसपाका लालकिशोर साहलाई मेयरका उम्मेदवार बनाएको थियो। तर, निधिले कांग्रेसका मेयरका आकांक्षी उम्मेदवार मनोज साहलाई बागी उम्मेदवार उठाइदिए। निधिकै ‘ब्याक–अप‘मा साह निर्वाचित पनि भए। 

केन्द्रीय महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा निधिले देउवालाई नै समर्थन गरे। तर, देउवा र निधिबीचको सम्बन्ध पुरानो लयमा फर्किन सकेन। देउवा समूहले निधिलाई प्रदेश र जिल्लामा पनि लागातार चुनौती दिँदै आएको छ। पार्टीभित्रैको वातावरणको आकलन गरेर निधिले आगामी निर्वाचनमा प्रतिस्पर्धी बन्ने आँट गर्न सकेनन्।

Ncell 2
Ncell 2

अर्कोतिर, धनुषा- ३  अन्तर्गतमा क्षेत्रमा साह र झा मतदाताको बाहुल्य छ। ती दुवै क्लस्टरका स्थानीय अगुवासँग निधिको सम्बन्ध राम्रो नरहेको स्थानीय जानकारहरु बताउँछन्। त्यसले पनि उनलाई जोखिम नउठाउन सचेत गराएको बुझिन्छ।

निधि राजनीतिक विरासत भएको परिवारबाट अगाडि बढेका नेता हुन्। कांग्रेसका संस्थापक महेन्द्रनारायण निधिका छोरा विमलेन्द्रले प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धा छाडेपछि पनि उनको चर्चा भएकै छ।

महतो किन सर्लाही फर्किए?
२०७४ मै विजयी भएको क्षेत्र धनुषा- ३ बाट लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पाँच वर्षपछि आफ्नै गृहजिल्ला फर्केका छन्। सर्लाहीबाट उनले विगतमा पनि निर्वाचन लड्ने गरेका थिए। तर, २०७४ मा फेरेको निर्वाचन क्षेत्र उनका लागि फाइदाजनक भएको थियो। निधिलाई पराजित गरेपछि उनले आफू जनकपुरको नेता भएको र अब यो क्षेत्रबाटै राजनीति गर्ने दोहोर्‍याउने गरेका थिए। तर, उनी आफ्नै प्रतिबद्धताविपरीत सर्लाही फर्किएका हुन्।

महतो जनकपुरबाट सर्लाही फर्किनुमा जानकारहरुले विभिन्न कारण आकलन गरेका छन्। अघिल्लो निर्वाचनमा महतोलाई नजिकबाट सहयोग गरेका जनकपुरका अधिवक्ता विमल मिश्र उनको जनकपुरबाट भएको बहिर्गमनलाई तीन बुँदामा प्रस्तुत गर्छन्। पहिलो, एमाले नेतृ जुली महतोको उम्मेदवारी। दोस्रो, यहाँको निर्वाचन महंगो हुने बुझाइ। तेस्रो, जनकपुरमा आफ्नै भनिएकाहरुमाथि अविश्वासको स्थिति।

२०७४ को निर्वाचनमा महतोलाई एमालेले अप्रत्यक्ष सहयोग गरेको थियो। निधिलाई हराउने एमालेको प्रयत्नस्वरुपमा महतोलाई सहयोग पुर्‍याएको थियो। तर, यसपटक एमालेले जुली महतोलाई अघि सारेको छ। यस्तो स्थितिमा अघिल्लो निर्वाचनमा जस्तो एमालेले महतोलाई सहयोग गर्न सक्दैनथ्यो। त्यो बुझेका महतोले जुलीलाई उम्मेदवार नबनाउन प्रयास गरे तर सफल भएनन्। परिणामतः आफैं पछि हटे।

अधिवक्ता मिश्र जनकपुर क्षेत्रमा उमेदवार बनेपछि आर्थिक खर्च बढी हुने देखेरै महतो सर्लाही फर्केको हुन सक्ने आकलन गर्छन्। धनुषा-३ मा महतो कमजोर छैनन् तर कम आर्थिक खर्च र कम जोखिम रहेको क्षेत्रबाट निर्वाचन लड्न चाहेको हुनसक्ने उनको बुझाइ छ। त्यसका लागि महतोले सर्लाही-२ लाई उपयुक्त ठानेको हुनसक्ने मिश्रको ठम्याइ छ।

यद्यपि सर्लाही- २ मा महतोको प्रतिस्पर्धा महिन्द्र राय यादवसँग हुनेछ। दोस्रो संविधानसभामा पनि महतो यादवसँगै पराजित भएका थिए। यसपटक यादवले सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दैछन्।

लोसपासँग अन्यत्र तालमेल भएको भए पनि त्यस क्षेत्रमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ। तर, महतो र यादव दुवैका लागि कांग्रेसको सहयोग जितका लागि महत्त्वपूर्ण आधार हुनेछ।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १३:१०
  • #चुनाव_२०७९
  • #राजेन्द्र_महतो
  • #विमलेन्द्र_निधि

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
नयाँ कार्यक्रमका लागि कृषिमा छैन बजेट, किसानलाई निराश पार्ने बजेट सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
लुम्बिनी केबलकार चढ्न पुगे दुई वर्षमा साढे तीन लाख पर्यटक सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्