• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
चाडबाडको नाममा जनावरको हत्या गर्ने? यो त भएन नि!
विकेश श्रेष्ठ सोमबार, असोज १७, २०७९  ०८:०८
1140x725

म भेगन हुँ। लामो समयदेखि दूध दही, महलगायत वस्तु प्रयोग गर्ने गरेको छैन। यसले मेरो शारीरिक र मानसिक स्वास्थ्य निकै राम्रो बनाएको छ। त्यसैले यसलाई अभियानको रूपमा अगाडि बढाउने उद्देश्यले केही समयदेखि ‘शाकाहारी बनौं अभियान’ सञ्चालन गर्दै आएको छु। 

हाम्रो अभियानको मुख्य उद्देश्य भनेको नै मानिसहरूलाई स्वस्थ राम्रो बनाउने, मानिसको आयु लामो बनाउने, पशुप्रति दया–मायाको भाव जगाउने हो। यस्तै, मानिसहरूमा सकारात्मक सोचको विकास समेत गराउने काम गर्दै आएको आएका छौं। अहिले धेरै मानिसहरू यो अभियानमा जोडिएका छन्।

अहिले चाडबाडको मौसम छ। तर, यस्ता चाडबाडको अवसर पारेर मासुजन्य खाना खांदा मानिसको शारीरिक मात्रै हैन मानसिक स्वास्थ्यमासमेत प्रतिकूल असर परिरहेको छ। खानपानकै कारण समाजमा विकृति बढेको हाम्रो बुझाइ रहेको छ। मानिसहरूमा समस्याहरू बढ्नुमा पनि हाम्रो खानपानमा ध्यान नदिनु मुख्य कारण हो भन्ने हाम्रो बुझाइ छ। 

खानपानको कारणले हाम्रो विचार गलत आउँछ। विचार गलत भएपछि हाम्रो क्रियाकलाप गलत हुन्छ र क्रियाकलाप गलत भएपछि समाजमा अराजकता फैलन्छ। त्यसैले समाज सुधार गर्नको लागि हामीले हरेक दिन खाने खानेकुरामा विशेष ध्यान दिनु आवश्यक छ। 

हामीले दैनिक खानामा दालभात, ढिँडो, रोटी, दूध, मासुलगायतका चिज धेरै खान्छौं। यसमा हामीले खान नहुने चिज पनि छन्। 

धेरै जसो मानिसले यस्ता चाडपर्वमा बली दिने नाममा धेरै जनावर मारेर खाने गरेका छौं। यसरी जनावरलाई क्रुर तरिकाले मार्दा उसको शरीरमा विकारयुक्त रसायनको उत्पादन भएको हुन्छ। त्यो रसायनयुक्त मासु मानिसले काँच्चै वा पकाएर खादा हाम्रो शरीरमा नकारात्मक असर पर्ने गरेको छ। जनावर मार्ने बेलामा उसको शरीरमा भएको रसायन विषमा परिणत भएको हुन्छ। त्यो विष मानिसले खाँदा हाम्रो शरीरमा सकारात्मक असर गर्ने त कुरै भएन नि! त्यस्तो खाना खाँदा मानिसको मनमा कू–विचार उत्पन्न हुन्छ। 

नेपाली उखान नै छ–‘जस्तो आहार, उस्तै विचार’ फलफूल, सागपातलगायतका खाना खाने मानिस र मासु खाने मानिसको विचार नै फरक हुन्छ। यसको कारण हो, त्यो खानपान हिंसाबाट आएको छ। त्यही कारणले नै मानिसको मनमा नकारात्मक विचारहरू आउने गर्छन्। 

अझ हामीले खाने खानाको कारणले नै शरीरमा विभिन्न प्रकारका रोगहरू देखा पर्ने गर्छन्। खाने आहार अनुसारको विचार हुने भएकाले नै शरीरमा फूर्ति आउँदैन। मनमा दिक्क मात्रै लाग्ने हुन्छ। यसरी केही काम गर्न दिक्क लाग्ने मानिस भएको समाजको विकास कसरी हुन्छ? देशको विकास कसरी हुन्छ?

Ncell 2
Ncell 2

राजसी खाना, तामसी खाना र सात्त्विक खाना गरी खानालाई मुख्य ३ भागमा बाँडिएको छ। राजसी खानामा अमिलो पिरो, गुलियो, रक्सी, जाँड, मासुलगायत पर्दछन्। तामसी खाना अन्तर्गत जनावर मारेर काँचो नै खानु हो। हाम्रै नेवारहरूले छ्वैला, कचिला खान्छन्। शरीरलाई आवश्यक नै नभएको जाँड रक्सी खाने गरेको पाइन्छ। यसलाई मैले दानवीय खाना भन्ने गरेको छु। र अर्को भनेको सात्त्विक खाना। यस अन्तर्गत हाम्रा ऋषि मुनीहरूले खाने खाना हो। हाम्रा ऋषि मुनीहरू जंगलमा बस्थे। कन्दमूल खान्थे। त्यसले गर्दा उनीहरूको विचार सफा थियो। त्यसैले उनीहरू ज्ञानी थिए, विद्वान थिए। 

खाना सात्त्विक भएको कारणले नै उनीहरूको आयू लामो थियो। उनीहरूलाई रोगले पनि हत्तपत्त भेट्टाउन्नथ्यो। तर, समय परिवर्तन भएसँगै हाम्रो खानपानमा धेरै परिवर्तन आएको छ। हामी नक्कली खाना खान बाध्य छौं। 

हामीले खाने जनावरहरुलाई पालन गर्दा नै नक्कली खाना खुवाउँछन्। जस्तै अहिले बजारमा बोइलर कुखुराको मासुको प्रयोग बढेको छ। तर, ती कुखुराहरूलाई अखाद्य वस्तु खुवाइने गरिन्छ। विभिन्न औषधि प्रयोग गरेर ३ महिनामा ठूलो हुने कुखुरालाई एक महिनामा नै ठूलो बनाइन्छ। त्यसैले हामीले मासु खाएका छैनौं, हामीले केमिकल खाइरहेका छौं। 
गाई भैंसीलाई दूध धेरै आउने बनाउनको लागि विभिन्न प्रकारको औषधिहरू खुवाइने गरिन्छ। हामीले दूधमा पनि विषपान गरिरहेका छौं।

संसारमा मासु खानेहरूको संख्या ठूलो छ। त्यो मासु खानेहरूको कारणले समाजमा  यो विचलन आएको मेरो बुझाइ छ। अब पनि हामी नसच्चिने हो भने मासु खाने मानिस मात्रै हैन, समाज नै रोगी हुँदै जाने देखिन्छ। 

पर्वमा मासु नै खानुपर्ने भन्ने होइन
अहिले दशैं सबै मानिसहरूको घरमा हर्षोल्लासका साथ मनाइँदै छ। तर, चाडबाडको नाममा अवोध जनावरहरुको हत्या हुने गरेको छ। यस्ता पर्वहरू प्रेम, सद्भाव, माया बाँड्ने हुनुपर्नेमा त्यस्तो भएको पाइँदैन। 

दशैं भन्ने बित्तिक्कै मासु खाने पर्व जस्तो भएको छ। मासुबिना पनि के दशैं? भन्ने भएको छ। मानिसहरू दशैंमा च्याङ्ग्रा, कुखुरा, खसी खानको लागि नै आएको जस्तो मान्ने गरेका छन्। त्यो हाम्रो राम्रो सोच हैन। 

हामीले शाकाहारी खाना खाएर नै दशैं मनाउन सक्छौं। हामीले दैनिक खाने, दाल, भात, तरकारी, गेडागुडी, फलफूल खाएर नै यस्ता पर्वहरू मनाउन सकिन्छ। यसलाई नै हामीले विभिन्न परिकार बनाएर खायौं भने स्वास्थ्यका साथै राम्रो विचार बनाउन पनि सहयोग पुग्छ। 

अर्को कुरा हामीले पर्वहरूमा अपच हुने गरी खाने गरेका छौं। यसले पनि शरीरमा नकारात्मक असर पर्ने गरेको छ। र मासु त झन् छिटो पच्ने कुरा हैन। हामीले फलफूल खाँदा चाँडै पच्छ, शरीरलाई आनन्द आउँछ। तर, मासु खाँदा पच्नको लागि समय लाग्ने भएकाले विभिन्न समस्या पर्ने गरेको छ। 

मानिसले मासु छोडेर शाकाहारी जीवनयापन गर्न आवश्यक छ। शाकाहारी खाना नै स्वादअनुसारको हुने भएकाले अब किन अन्य जनावरको हत्या गरेर भोक मेटाउनुपर्‍यो?

अझ शाकाहारी खाना सस्तो भएकाले धेरै प्रकारका खानेकुराहरू हामीले खान सक्छौं। दशैंको नाममा मासु खाने, मादक पदार्थ खाने, जुवा तास खेल्ने गरेको देखिन्छ। सबै जना खुसी हुने, भाइचारा बढाउने पर्वमा हामीले कतै गलत परम्परा त बसाउन लागेका छैनौं? के हाम्रो खुसीको लागि जनावरहरुले ज्यान नै गुमाउनु पर्ने हो त? के हामीले हाम्रो पर्वहरूलाई काटमारको पर्व भनेर स्थापित गर्न लागेका त छैनौं? 

दशैंको उद्देश्य त यस्तो होइन। असत्यमाथि सत्यको जित भएको अवसरमा हामीले मनाउने यो पर्व हामीले गलत तरिकाले मनाउँदै आएका छौं। यसलाई सच्याउन बेलैमा सोच्न जरुरी छ। पर्वमा काटमार होइन, आपसी सद्भाव र प्रेम फैलाऔं।

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  ०८:०८
  • #दशैं_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्