• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
दाङ- २ : ‘डिफेन्डिङ च्याम्पियन’ महरा र प्रभावशाली पोखरेल
64x64
राजनीतिक ब्यूरो मंगलबार, साउन ३१, २०७९  ०७:४२
1140x725

काठमाडौं- २०७४ सालमा वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रलाई बाँडफाँटमा सकस भएकोमध्ये एक क्षेत्र हो- दाङ-२। त्यहाँ एमालेबाट शंकर पोखरेल र माओवादी केन्द्रबाट कृष्णबहादुर महरा आकांक्षी थिए। पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट र महरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निकट भएका कारण त्यो आकांक्षा प्रतिष्ठाको लडाइँमा परिवर्तन भएको थियो।

अन्तिममा महराले प्रतिनिधि सभातर्फ टिकट पाए। जिते र सभामुख बने। पोखरेल प्रदेश सभा अन्तर्गत दाङ- २ (१) बाट  विजयी भए। लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने। दुवैले आफ्नो पूर्ण कार्यकाल बिताउन भने पाएनन्।

यसबीचमा एमाले र माओवादी केन्द्रबीच एकता भएर पनि विभाजन भइसकेको छ। र, दुवैको आँखा फेरि दाङ-२ मै परेको छ। यतिबेला पार्टीगत रुपमा प्रतिस्पर्धा गर्न कठिन छैन। तर, राजनीतिक समीकरणदेखि दुई पार्टीको प्रभावमा समेत उल्लेखनीय परिवर्तन आएको सन्दर्भमा यी दुई नेताबीचको प्रतिस्पर्धा भने रोचक नै हुनेछ।

महराले २०४८ मा रोल्पा- २, २०६४ मा दाङ-३, २०७० मा रोल्पा-१ र २०७४ मा दाङ-२ बाट प्रतिस्पर्धा गरेका थिए। सबै निर्वाचनमा उनी विजयी भएका थिए। पोखरेलले भने २०५१ मा दाङ- ३, २०५६ मा दाङ-३, २०७० मा दाङ-४ र २०७४ मा दाङ- २ (१) (प्रदेश सभा, लुम्बिनी प्रदेश) बाट प्रतिस्पर्धा गरेका थिए। २०५६ र २०७० मा पराजित भएका थिए। २०६४ मा भने उनी समानुपातिक तर्फबाट निर्वाचित भएका थिए। उनले प्रतिस्पर्धा गर्दै आएको दाङ- ३ र दाङ-४ मिलाएर २०७४ देखि दाङ-२ बनेको थियो।

अहिले दाङ-२ अन्तर्गत बंगलाचुली गाउँपालिकाका सबै वडाहरु, घोराही उपमहानगरपालिकाको वडाहरु ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८ र १९ तथा तुलसीपुर उपमहानगरपालिकाका वडाहरु १६, १७, १८ र १९ पर्छन्। सबै गरी यो निर्वाचन क्षेत्रमा तीन पालिकाका २७ वटा वडाहरु पर्छन्।

Ncell 2
Ncell 2

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा दाङ-२ अन्तर्गत पर्ने २७ वटा वडाहरुमध्ये एमालेले ११, कांग्रेसले १० वटा, माओवादी केन्द्रले ५ वटा र स्वतन्त्रले एउटा वडाको अध्यक्ष जितेका छन्। ती सबै वडामा एमालेका अध्यक्षहरुले प्राप्त गरेको एकीकृत मत बढी छ। त्यहाँ एमालेले ३३ हजार ५९३, कांग्रेसले २३ हजार ३०१, माओवादी केन्द्रले १० हजार ४७८, राप्रपाले ३ हजार २६४ र एकीकृत समाजवादीले २ हजार ९४२ मत पाएका छन्। अन्य विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरुको मत भने ४ हजार ३९२ मत पाएका छन्।

सबै पार्टीले एकल प्रतिस्पर्धा गरेमा र स्थानीय तहको निर्वाचनकै मतदान 'ट्रेन्ड' रहेमा एमालेका उम्मेदवारका रुपमा पोखरेलले सहजै जित निकाल्न सक्ने देखिन्छ। तर, सत्ता गठबन्धन आबद्ध दलहरुले तालमेल गरेमा भने पोखरेललाई कठिन हुनसक्छ। किनकि, त्यस क्षेत्रमा कांग्रेस, एमाले र माओवादी केन्द्रले पाएको एकीकृत मत ३६ हजार ७२१ छ। तर, एमालेले राप्रपासँग गठबन्धन गर्ने सम्भावना उच्च छ। राप्रपामा मत खसाल्ने मतदाताले पोखरेललाई मत दिएमा उनको पक्षमा ३६ हजार ८५७ मत देखिन्छ। जुन मत सत्ता गठबन्धनको भन्दा बढी हो।

स्थानीय तहको निर्वाचनको परिणामले एउटा संकेत दिने भएपनि त्यसकै आधारमा जित हार आकलन गर्न सकिँदैन। खासगरी दुई प्रभावशाली व्यक्तिबीच प्रतिस्पर्धा भइरहँदा उनीहरुको व्यक्तित्वदेखि पार्टीभित्रका गुट र विगतका तीतोपीरोले पनि भूमिका खेल्छन्। 

दाङमा महराको प्रभाव राम्रै छ। त्यसैले पनि उनी बीचमा रोल्पाबाट उम्मेदवार भएका भएपनि पुनः दाङ नै फर्किएका थिए। त्यहाँ उनले जित्दै पनि आएका छन्। तर, यसबीचमा उनको सार्वजनिक प्रभाव भने घटेको छ। सभामुखबाट राजीनामा दिनुपर्ने गरी लागेको आरोपले नै उनको छवि धेरै हदसम्म बिग्रिएको छ।

पार्टीभित्र पनि उनी जुझारु नेताको रुपमा देखिन छाडेका छन्। उनको घट्दो प्रभावको आकलन गरेरै हुनुपर्छ, गत चैतमा उनकै स्वकीय सचिव तथा दाङका नेता प्रमोद शर्मा एमाले प्रवेश गरेका थिए। त्यस्तै वैशाखमा माओवादी केन्द्रका दाङ इन्चार्ज जीवन गौतम पनि पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए।

यही बीचमा पोखरेल भने पार्टीभित्र प्रभावशाली भएका छन्। गत महाधिवेशनमा उनी निर्विरोध महासचिव निर्वाचित भएका थिए। उनलाई भावी पार्टी अध्यक्षको रुपमा पनि हेर्न थालिएको छ। गत निर्वाचनपछि मुख्यमन्त्री हुँदा उनी कतिपय विषयमा आलोचित भएपनि प्रदेश राजधानी दाङमा ल्याउन सफल भए। त्यसलाई उनले निर्वाचनमा 'क्यास' गर्न सक्छन्।

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ०७:४२
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
मेनपावर कम्पनी नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य (सुचनासहित) सोमबार, जेठ २६, २०८२
नयाँ कार्यक्रमका लागि कृषिमा छैन बजेट, किसानलाई निराश पार्ने बजेट सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
लुम्बिनी केबलकार चढ्न पुगे दुई वर्षमा साढे तीन लाख पर्यटक सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्