• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
झापा ५ : ओलीलाई छैन डर !
64x64
राजनीतिक ब्यूरो बुधबार, साउन २५, २०७९  १२:३४
1140x725

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा ५ बाट निर्वाचित भएका थिए। ५ वर्षपछि यही मंसिर ४ गते हुँदै गरेको प्रतिनिधि सभाको निर्वाचनमा पनि ओली सोही निर्वाचन क्षेत्रबाट उठ्ने तयारी गरिरहेका छन्। २०७४ को निर्वाचन हुँदै गर्दा र अहिलेको परिस्थितिमा केही बदलाव आएको छ। तर, ओली आफ्नो क्षेत्रमा बलियो नै देखिन्छन्।

२०७४ मा वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रका अतिरिक्त उनलाई राप्रपाको पनि समर्थन थियो। त्यतिबेला ओलीले ५७ हजार १३९ मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए। अन्य उम्मेदवारले पाएको जम्मा मत ५ हजार ९०९ मात्रै थियो।

 

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ओलीको निर्वाचन क्षेत्र झापा-५ मा पर्ने वडाहरुमा पार्टीका वडाध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मत गणना गर्दा एमालेका उम्मेदवारले पाएको मत सर्वाधिक छ। जसले अब पनि ओलीको जित सुनिश्चित रहेको आकलन गर्न सकिन्छ।

झापा ५ मा गौरीगंज गाउँपालिकाका वडा नम्बरहरु ३, ४, ५ र ६, गौरादह नगरपालिकाका वडा नम्बरहरु १, २, ३, ४, ५, ६, ७ र ८, दमक नगरपालिकाका सबै वडाहरु र कमल गाउँपालिकाका सबै वडा पर्दछन्। यी सबै गरी झापा- ५ मा २९ वटा वडा छन्।

२९ मध्ये एमालेले १८ वटा वडाध्यक्ष जितेको छ। त्यस्तै, कांग्रेसले ६ वटा, माओवादी केन्द्रले २ वटा, एकीकृत समाजवादीले एउटा, राप्रपाले एउटा र स्वतन्त्र उम्मेदवारले एउटा वडाध्यक्ष जितेका छन्।

Ncell 2
Ncell 2

स्थानीय तहको निर्वाचनमा एमालेले २९ वटै वडामा अध्यक्षमा उम्मेदवार उठाएको थियो। ती उम्मेदवारहरुले प्राप्त गरेको कुल मत ४१ हजार ६१९ थियो। त्यस्तै, कांग्रेसले वडाध्यक्षमा उम्मेदवारी दिएका १८ वटा वडाबाट २२ हजार ९३२ मत पाएको छ। अर्को दल माओवादी केन्द्रले वडाध्यक्षमा उम्मेदवारी दिएका ११ वटा वडाबाट ९ हजार ८७८ मत पाएको छ।

एकीकृत समाजवादीले वडाध्यक्षमा उम्मेदवारी दिएका ८ वटा वडाबाट १ हजार ९८८ मत पाएको छ। राप्रपाले २१ वटा वडाबाट ७ हजार ४६० मत थियो।

त्यस्तै, जनमत पार्टीले ८३०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १७५४, मंगोल नेशनल अर्गनाइजेसनले २८४, लोकतान्त्रिक समाजवादी पार्टीले १११, नेपाली जनता दलले २६, राष्ट्रिय जनमुक्ति पार्टीले ६८, उन्नत लोकतान्त्रिक पार्टीले ९, विवेकशील साझा पार्टीले ६८ मत पाएका थिए। 

फरक–फरक वडामा स्वतन्त्र उम्मेदवारहरुले पाएको मत ३ हजार ४८५ छ।

यसअनुसार, सबै दल आ-आफ्नै ढंगले प्रतिस्पर्धामा उभिए भने ओली स्वतः विजयी हुने देखिन्छन्। स्थानीय तहको निर्वाचनको आधारमा ओलीले कांग्रेस उम्मेदवारभन्दा  साढे १८ हजारभन्दा बढी मत पाउने देखिन्छ। सत्ता गठबन्धनमा रहेका प्रमुख दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा पनि त्यो मत ३४ हजार ७९८ मात्रै पुग्छ। त्यस अवस्थामा पनि ओली नै बलिया देखिन्छन्। त्यसो त यसअघि जस्तै ओलीलाई राप्रपाले सघाउन सक्छ। त्यो अवस्थामा ओलीको मत ४९ हजार ७९ मत पुग्छ।

 

प्रतिनिधि सभाको आगामी निर्वाचनमा थप २ पक्ष विचारणीय छन्। पहिलो, स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधि सभाको निर्वाचनमा मतदाताको संख्या केही बढेको हुनेछ। त्यसको धेरथोर फाइदा सबै पार्टीलाई पुग्नेछ। दोस्रो, पूर्वप्रधानमन्त्री र लोकप्रिय नेता व्यक्तिको फाइदा ओलीलाई पुग्न सक्छ। त्यसैले स्थानीय तहको निर्वाचनमा आ-आफ्नो पार्टीलाई उम्मेदवारलाई मत दिए पनि प्रतिनिधि सभाको निर्वाचनमा ओली जस्ता प्रभावशाली नेतालाई जिताउनुपर्ने मान्यता व्यक्त हुने गर्छ।

 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १२:३४
  • #निर्वाचन क्षेत्र विशेष
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
छानबिन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने विपक्षीको अडान कायमै सोमबार, जेठ २६, २०८२
ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र सोमबार, जेठ २६, २०८२
मेनपावर कम्पनी नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य (सुचनासहित) सोमबार, जेठ २६, २०८२
नयाँ कार्यक्रमका लागि कृषिमा छैन बजेट, किसानलाई निराश पार्ने बजेट सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्