• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
२६ वाणिज्य बैंकले ७४ अर्ब कमाए, कसको कति?
64x64
सुमित्रा कार्की मंगलबार, साउन २४, २०७९  ११:५५
1140x725

काठमाडौं– हाल सञ्चालनमा रहेका २६ वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। 

उक्त विवरणअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म २६ वटा वाणिज्य बैंकले ७४ अर्ब ४७ करोड रुपैयाँ बराबर खुद मुनाफा आर्जन गरेका छन्। 

बैंकहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्ष २०७७/०७८ भन्दा २३.२७ प्रतिशत अर्थात् १४ अर्ब ५ करोड रुपैयाँ धेरै रहेको छ।  आर्थिक वर्ष २०७७/०७८ आवको चौथो त्रैमासमा २६ वाणिज्य बैंकले ६० अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा कमाएका थिए।

गत आवमा सबैभन्दा धेरै मुनाफा वृद्धि गर्ने बैंक सिभिल बैंक रहेको छ।  बैंकको मुनाफा गत आवमा अघिल्लो आवको भन्दा १६२.६१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ५२ करोड ७२ लाख ८४ हजार रुपैयाँ रहेको बैंकको मुनाफा गत आर्थिक वर्षको अन्त्यमा १ अर्ब ३४ करोड ४६ लाख ८५ हजार रुपैयाँ पुगेको छ। 

यसैगरी, खुद मुनाफा सबैभन्दा धेरै वृद्धि गर्न सफल दोस्रो बैंकमा सेञ्चुरी बैंक छ। यस बैंकको मुनाफा गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको भन्दा ११५.७६ प्रतिशतले बढेको छ। 

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ६२ करोड ९३ लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा मुनाफा बढाएर एक अर्ब ३५ करोड ७२ लाख ३१ हजार रुपैयाँ बनाउन सफल भएको छ। 

अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा सबैभन्दा धेरै मुनाफा वृद्धि गर्ने तेस्रो बैंक नेपाल एसबिआई बैंक रहेको छ। बैंकले अघिल्लो आवको तुलनामा गत आवसम्म आउँदा आफ्नो मुनाफा ७०.०४ प्रतिशतले वृद्धि गरी १ अर्ब ६३ करोड ८२ लाख ८४ रुपैयाँ पुर्‍याउन सफल भएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा ९६ करोड ३४ लाख ७९ हजार रुपैयाँ थियो। 

यसैगरी, गत आर्थिक वर्षमा सबैभन्दा धेरै मुनाफा भएको पहिलो राष्ट्रिय वाणिज्य बैंक रहेको छ। सरकारी स्वामित्वमा रहेको यस बैंकको मुनाफा गत आर्थिक वर्षको अन्त्यसम्म पाँच अर्ब २१ करोड ४२ लाख ४७ हजार रुपैयाँ छ।  

Ncell 2
Ncell 2

बैंकले अघिल्लो आर्थिक वर्षकोभन्दा गत आर्थिक वर्षमा ३७.३८ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ। अघिल्लो आर्थिक वर्षमा यस बैंकको मुनाफा तीन अर्ब ३७ करोड ५४ लाख ७७ हजार रुपैयाँ थियो। 

सबैभन्दा धेरै मुनाफा भएको दोस्रो बैंक ग्लोबल आइएमई बैंक रहेको छ। यस बैंकको खुद मुनाफा गत आर्थिक वर्षको अन्त्यसम्म पाँच अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ रहेको छ। 

बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा २५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ थियो।

मुनाफा धेरै हुने तेस्रो बैंक नबिल बैंक रहेको छ। यस बैंकको मुनाफा गत आर्थिक वर्षमा चार अर्ब ९७ करोड २७ लाख ५६ हजार रुपैयाँ छ। बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको भन्दा ९.८३ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्ष बैंकको मुनाफा चार अर्ब ५२ करोड ७५ लाख ३३ हजार रुपैयाँ थियो।

नबिल बैंक र नेपाल बंगलादेश बैंक (एनबीबी) लाई गत आर्थिक वर्षमा मर्ज गरेको थियो। नबिलले एनबीबीको नाफालाई जगेडा कोषमा राखेर नबिलकोमात्र नाफा देखाउँदा यस बैंकको मुनाफामा सामान्य बृद्धिमात्र भएको देखिन्छ। 

यसैगरी, नाफा सबैभन्दा धेरै भएको चौथो बैंक एनआईसी एसिया बैंक रहेको छ। यस बैंकको नाफा गत आर्थिक वर्षमा चार अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ रहेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको यसै अविधिको भन्दा ३८.८६ प्रतिशतले बढेको हो। अघिल्लो आवमा बैंकको नाफा तीन अर्ब २५ करोड ८९ लाख ३४ हजार रुपैयाँ थियो। 

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्म आउँदा चार अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो बैंकको नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको भन्दा १४.८३ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले तीन अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको थियो। 

एनएमबी बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्म आउँदा तीन अर्ब ७० करोड १३ लाख १७ हजार रुपैयाँ बराबरको मुनाफा आर्जन गरेको छ। बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको भन्दा ३६.५३ प्रतिशत धेरै हो। अघिल्लो आर्थिक वर्षमा बैंकले दुई अर्ब ७१ करोड १० लाख ७४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

प्राइम कर्मसियल बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्म आउँदा तीन अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। बैंकको मुनाफा अघिल्लो आर्थिक  वर्षको यसै अवधिको भन्दा १२.६३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा तीन अर्ब २६ करोड ८४ लाख रुपैयाँ थियो। 

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको यसै अवधिसम्म आउँदा तीन अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। बैंकको मुनाफा गत आर्थिक वर्षको यसै अवधिको भन्दा १२.८७ प्रतिशत धेरै हो। अघिल्लो आर्थिक वर्षमा बैंकले दुई अर्ब ८५ करोड ४८ लाख २८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। 

गत आार्थिक वर्षको चौथो त्रेमासम्म आउँदा कुमारी बैंकको मुनाफा दुई अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ बराबर रहेको छ। यो बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको भन्दा ४३.८७ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिसम्म बैंकले एक अर्ब ९७ करोड ७ लाख ३० हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

प्रभु बैंकले गत आवमा दुई अर्ब ६० करोड ३ लाख ९७ हजारर रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकको खुद मुनाफा ५१.११ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा एक अर्ब ७२ करोड आठ लाख ७५ हजार रुपैयाँ थियो। 

एभरेष्ट बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म आउँदा दुई अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा ४३.७७ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ७७ करोड नौ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आव दुई अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको भन्दा ६२.२७प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ३९ करोड ८८ लाख ३५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

सिटिजन्स बैंकले गत आर्थि वर्षको चौथो त्रैमाससम्म आउँदा दुई अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिकोभन्दा २४.७६ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब ८० करोड ४३ लाख ४१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको असारम सान्तसम्म आउँदा दुई अर्ब १६ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षकोभन्दा ३४.४३ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ६० करोड ७४  लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। 

सनराईज बैंकले गत आर्थिक वर्षको असारमसान्तसम्म आउँदा दुई अर्ब १५ करोड ९ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको यसै अवधीको भन्दा ४८.७० प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब ४४ करोड ६५ लाख ५० हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक (एनसीसी) ले गत आर्थिक वर्षमा दुई अर्ब दुई करोड २२ लाख २२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.९८ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

लक्ष्मी बैंकले चालु आवको अन्त्यसम्म आउँदा एक अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको यसै अवधीको भन्दा १.७६ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ५७ करोड ५७ लाख ६१हजार रुपैयाँ  खुद मुनाफा आर्जन गरेको थियो। 

गत आर्थिक वर्षको असार मसान्तसम्म मेगा बैंकले दुई अर्ब ८३ करोड १८ लाख ६४ हजार रुपैयाँ मुनाफा कमाएको छ। बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षकोभन्दा २१.७८ प्रतिशत धेरै हो।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले दुई अर्ब ३२ करोड ५४ लाख ९२ हजार रुपैयाँ मुनाफा आर्पन गरेको थियो। 

गत आवको असारमसान्तसम्म नेपाल बैंक लिमिटेडले तीन अर्ब २६ करोड ६० लाख ८५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको यसै अवधीकोभन्दा १०.२९ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले दुई अर्ब ९६ करोड १२ लाख ३० हजार रुपैयाँ खुदमुनाफा आर्जन गरेको थियो । 

गत आवको असारमसान्तसम्म बैंक अफ काठमाडौंले एक अर्ब ८१ करोड दुई लाख ७६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको यसै अवधीको तुलनामा ४.८६ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म आउँदा बैंकले एक अर्ब ७२ करोड ६४ लाख नौ हजार रुपैयाँ मुनाफा कमाएको थियो। 

खुद मुनाफा घटेका बैंकहरु 
सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुमध्ये अघिल्लो आवको तुलनामा गत आवमाा ३ बैंकको खुद मुनाफा घटेको छ। जसमा सानिमा बैंक, हिमालयन बैंक र कृषि विकास बैंक छन्। कृषि विकास बैंकको खुद नाफा अघिल्लो आवको भन्दा २३.७४प्रतिशतले घटेर गत आवमाा २ अर्ब ६९ करोड ५७ हजार रुपैयाँमा सीमित भएको छ।

अघिल्लो आर्थिक वर्षमा यस बैंकको खुद मुनाफा तीन अर्ब ५२ करोड ७५ लाख ३६ हजार रुपैयाँ थियो। हिमालयन बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा १७.२२ प्रतिशतले घटेर गत आवमा २ अर्ब ४८ करोड २१ लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा यस बैंकको खुद मुनाफा दुई अर्ब ९९ करोड ८६ लाख २३ हजार रुपैयाँ थियो। 

सानिमा बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा दुई अर्ब ३१ करोड ७८ लाख २१ करोड रुपैयाँ थियो। 

 

२६ वाणिज्य बैंकको स्प्रेड दर (प्रतिशतमा)

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ११:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
साताको अन्तिम दिन पनि घट्यो सेयर बजार बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको छ... बिहीबार, जेठ २२, २०८२
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बिहीबारदेखि लागु हुनेगरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम... बिहीबार, जेठ २२, २०८२
रोकिएन सेयर बजारको गिरावट, ५ अर्बको कारोबार सोमबार १ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ३५ अंकले गिरावट भएको थियो। बुधबार, जेठ २१, २०८२
ताजा समाचारसबै
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु आइतबार, जेठ २५, २०८२
गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु, दर्जनौँ घाईते आइतबार, जेठ २५, २०८२
लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्ड संग खेल्दै आइतबार, जेठ २५, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आइतबार, जेठ २५, २०८२
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
रुसले युक्रेनमाथि गर्यो जवाफी ड्रोन आक्रमण, ५ जनाको मृत्यु, दर्जनौँ घाईते शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्