• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
फिल्म समीक्षा अपनत्व महसुस गराउन नसकेको ‘म’
64x64
युवराज भट्टराई शनिबार, साउन २१, २०७९  ०७:४६
1140x725

काठमाडौं– निर्देशक सूवर्ण थापाको फिल्म करिअरमा उनले जोखिम नउठाएका होइनन्। कुनै बेला ‘सुनगाभा’ फिल्म बनाएर उनले उठाउनु पर्ने जोखिम उठाएका थिए भने ‘मलामी’जस्तो लघु चलचत्रि बनाएर प्रयोग र कला पनि आफूले काम गर्ने दायरा हो भन्ने दर्शकमाझमा पारेका थिए। तर, ‘मलामी’ र ‘सुनगाभा’ लामो समयसम्म सूवर्णको कुनै पनि फिल्म रिलिज भएको थिएन्। यो साता उनको निर्देशनमा बनेको ‘म’ रिलिज भएको छ।

सीमित मध्येका फिल्म अध्यापन हुने संस्थाहरु मध्येको एक ‘कान्तिपुर फिल्म एकेडेमी’को निर्माण रहेको फिल्मले थापालाई पुनः निर्देशकको रुपमा प्रस्तुत गरेको छ केही वर्षपछि। फिल्ममा अधिकांश ‘कास्ट एण्ड क्य्रु’  यहि कलेजबाट छन्।

तर, फिल्मको अध्यापन गराउने ‘कान्तिपुर फिल्म एकेडेमी’को निर्माण रहेको फिल्मले खास वजन भने बोकेको छैन्। सरसर्ती भन्दा फिल्मको कथा गम्भीर हो, तर नेपाली उखानजस्तो ‘माल पायो, चाल पाएन’ झैं देखिन्छ ‘म’। फिल्मले पाएको कथालाई गम्भीर रुपमा मनन गरिएको भए र सोहीअनुसार फिल्म बनेको भए, बहस सिर्जना हुनसक्ने विषय यसले बोकेको थियो। तर, फिल्मको मूल कथा वस्तुभन्दा बाहेक कुनै पनि विषयमा फिल्मले नौलोपन दिन सक्दैन। सिनेमामा न मनोरञ्जन छ, न गाम्भिर्यता। यता न उता भएजस्तै गरि बीचमा अड्किएको ‘म’ ‘ढिकिच्याउँ’ भएको छ।

फिल्मको कथाको सुरुवात आत्महत्याको प्रयास गरेका आयुष रसाईलीबाट हुन्छ, जसलाई सञ्जोग रसाईलीले निभाएका छन्। डेब्यु कलाकारका रुपमा उनले गरेको काम ठिक मान्नु पर्छ। कथा उनकै सेरोफेरोमा घुमिरहँदा जति महत्त्व उनले पाउनुपर्ने हो, त्यो निर्देशकबाट दिइएको छैन। पारिवारिक प्रेमको अभावदेखि अभिभावकत्वको कमीका कारण आत्महत्यासम्मको अवस्थामा पुगेको युवकको कथा बोकेको फिल्ममा उभित्रको मनोविज्ञान खोतल्नुको सट्टा प्रहरीको काम एक आइटी कम्पनीका प्रमुख कार्यकारी निर्देशक (सीईओ)ले गरेकोमा केन्द्रित छ।

आयुष अस्पताल भर्ना भएसँगै उनले आत्महत्या गर्न चाहनुको कारण के हो भन्ने विषयमा खोजी हुन्छ। अस्पतालमा डा. सिसम (निशा अधिकारी अभिनित) आयुषको केसलाई ह्याडल गर्ने जिम्मेवारी दिइन्छ।

निन्द्रा नलाग्दा खाइने ‘बेन्जोडाइजेपिन्स’ नामक औषधि खाएर आत्महत्याको प्रयास गरेको आयुषले यो किन गर्यो भनेर अनुसन्धान गर्न खटाइन्छ, समर ठकुरीलाई, जो आयुषका बुबा मधुकर नेपालको आइटी कम्पनी ‘कान्तिपुर इन्फोसिस’मा सीईओ हुन्छन्।

अनुसन्धानका क्रममा आयुषको आनीबानीदेखि लागु औषधको लतमा फसेको कुरासम्मका पक्षहरु थाहा पाइन्छ। तर, आत्महत्याको प्रयास किन गर्‍यो भन्ने थाहा हुँदैन। मुख्य थाहा पाउनुपर्ने कुरा त्यो भए पनि अनुसन्धानकर्मी बनेका समरले आयुषका भुपु प्रेमी, तत्कालीन प्रेमी, जिमसँगै गर्ने साथीदेखि बारमा सँगै बस्ने साथीसम्मलाई भेट्छन्। विषयवस्तु उसले आत्महत्या किन गर्यो भन्ने नै भए पनि विगततर्फ उनीहरुको झुकाव बढी हुन्छ।

यहि श्रृङ्खलामा फिल्म चलिरहन्छ। पहिलो हाफपछि दोस्रो हाफमा जब आयुषको होस आउँछ, तब मात्रै उसले आत्महत्याको बाटो रोज्नुको कारण के हो भन्ने खुल्छ। 

Ncell 2
Ncell 2

‘म’ ले उठाएको विषय गम्भीर छ। पारिवारिक प्रेमको अभावदेखि मानसिक अवस्थासम्मलाई फिल्मले वकालत गर्न खोज्छ। फिल्म त्यहि विषयकेन्द्रित घुम्न खोजे पनि बीचमा आएका अनावश्यक उपकथाहरुले फिल्मलाई खास रोमाञ्चक वा हेरिरहन पर्ने बनाउन सक्दैनन्।

युवापुस्ताले भोग्ने पारिवारिक प्रेमको अभावदेखि मानसिक स्वास्थ्यजस्तो विषय संवेदनशील विषय हो। अनुसन्धानात्मक शैलीमा फिल्मलाई ल्याएर सो विषयमा अन्त्य गरिँदा ‘म’ले विषयप्रति न्याय गर्दैन।फिल्मको प्रचारको क्रममा यसलाई ‘सस्पेन्स’ भनेर बताइरहँदा फिल्मको अन्तिममा हुने रहस्योघटनले पनि त्यसलाई खास समर्थन गर्दैन। जुन रुपमा फिल्मको अन्त्य भएको छ, त्यो असहज रुपमा सकिएको छ।

दर्शकलाई फिल्ममा फरक फरक शैलीमा यता उता घुमाउन खोजिए पनि निश्चित बिन्दुमा पुर्याउने काम फिल्मले गर्दैन। आयुषका बुबाले फोनमा किन उ मरिसकेको भने? उपचारका क्रममा विषेश महत्त्वका साथ राखिएको उ अस्पतालबाट भाग्दा किन कसैले थाहा पाएन्? अस्पतालबाटै भागेर उ समरकैमा किन गयो, जब आत्महत्याअघि उसले आफ्नो सबैभन्दा नजिक अरुलाई नै मानेर म्यासेज गरेको थियो? यस्ता थुप्रै प्रश्नहरु उठिरहन्छन् फिल्म सकिँदा।

आर्थिक विषयलाई फिल्ममा जोड्दा झन् यो कमजोर भएको छ। खेलसँग सम्बन्धित रहेर हुने बेटिङको प्रसंगहरु अनावश्यक लाग्छन्।  मूल कथासँग जोड्नै लागि जबर्जस्ती यी प्रसंगहरु उल्लेख गरिनुको खास महत्व फिल्मको गतिशिलतामा पाइदैन्।

अर्कातिर, फिल्मको कामजोर पाटो कन्टिन्युटीको छ। दृश्यहरुलाई सम्पादनको क्रममा अनावश्यक रुपमा ‘जम्प कट’ प्रयोग गरिनुले प्राविधिक पक्षबाट त्यो कन्टिन्युटीलाई राख्न नसक्ने पक्ष त छँदै छ फिल्ममा, सँगै सम्बन्धित दृश्यहरुमा पनि यो पक्षलाई खास वास्ता गरिएको छैन।

साथमा आयुषको फोन हुँदा हुँदै कल डिटेल्सको प्रिन्ट आउट उसको आत्महत्याको कारण खोजिरहेको समरले किन निकाल्यो? र प्रिन्ट आउट साथमा हुँदा हुँदै पनि उसले पटक पटक फोन नै किन बोक्यो? यस्ता प्रश्नहरु दर्शकको मनमा उब्जिन्छन्।

फिल्ममा आयुषको फोनमा उसले आत्महत्या प्रयास गरेको साँझ आफ्नी भुपु प्रेमिकासँग तस्बिर खिचेको हुन्छ। सुरुवातमा उक्त तस्बिर देखाइँदा ‘म्याड्रिक्स’ नामक कुनै रेस्टुरेन्टको सामुन्ने उनीहरुले तस्बिर खिचेको देखिन्छ। समर यहि तस्बिरमार्फत् आयुषकी भुपु प्रेमिका कृतिसम्म पनि पुग्छ, जसमार्फत् आगामी कदमहरुमा उसले रुवि, हिमालजस्ता आयुषका साथीहरुसँग पनि भेट्न पुग्छ। तर, उक्त कृतिले उक्त तस्बिर खिचेको दिन सम्झिँदा उनीहरु होटलको भित्र हुन्छन्। तस्बिर भित्र खिचिएको हुन्छ। यहाँ पनि निर्देशकले कन्टिन्युटीलाई राख्न सकेका देखिदैंनन्।

यो बाहेक फिल्म निकै नै सिकारु लाग्छ। खिचाइदेखि ध्वनीको पक्षबाट पनि फिल्म निकै कमजोर छ। ठाउँ ठाउँमा आवाजहरु फरक फरक सुनिन्छन्। एकै पात्रको आवाजमा पनि एकरुपता नभएका कैयौं दृश्यहरु छन्। बेलाबखत पाश्र्वध्वनी यति ‘लाउड’ बनाइएको छ कि त्यसले विषयको गाम्भीर्यतालाई महसुस नगराएर दर्शकलाई ‘झर्को’ लगाउँछ। 

फिल्ममा क्यामियो भूमिकामा श्रृष्टि श्रेष्ठ तथा सलोन बस्नेत देखिएका छन्। तर, उनीहरुको भूमिकाको खास तात्पर्य छैन्। फिल्मलाई लामो बनाउनुभन्दा बढी यी दुई पात्रले फिल्ममा खास महत्त्व बोक्दैनन्। तर, उनीहरुलाई फिल्मको कथासँग जोड्न विषयलाई तन्काउने काम निर्देशकबाट भएको छ।

अस्पतालमा भर्ना भएको व्यक्ति होसमा आउनुअघिको रिपोर्ट नियालेर उसको मनोवैज्ञानिक तथा मानसिक अवस्थालाई ‘अपराधिक’ करार गरिएको छ फिल्ममा। आत्महत्याको प्रयासलाई त्यसो नभएर सहानुभूतिका लागि चालिएको कदमका रुपमा स्थापित गर्न खोज्नु पनि फिल्मको कमजोर पाटो हो। यसले पनि मानसिक अवस्था तथा मनोवैज्ञानिक पक्षप्रति फिल्मले गरेको व्यवहार प्रस्तुत हुन्छ। 

कमजोर पक्षका रुपमा फिल्मको संवाद पनि छ। वयस्क पात्रले आफ्नी प्रेमिकासँग गर्ने संवादमा भएको क्लिसेपनले दर्शकलाई प्रेम महसुस नगराएर हसाउँछ। निर्देशक सूवर्ण थापाका दृश्यांकनका पक्षहरु ‘मलामी’मा निकै उत्कृष्ट थिए। दर्शकले उनको पुरानो काम सम्झिएर फिल्ममा त्यो कुराको खोजी गरेमा त्यो पाउन गाह्रो छ।

प्रेम, परिवार, बिछोडजस्ता विषयमाथि सैयौं फिल्म बनिसकेको र बनिरहेको बेला ‘म’मा देखाउन खोजिएको विषय आफैंमा फरक हो। तर, विषयमा केन्द्रित रहेर त्यसैको सेरोफेरोमा विषयको गाम्भीर्यतालाई उठाउने किसिमले फिल्मको कथा भन्न नसक्नु ‘म’को कमजोर पाटो हो। प्राविधिक कमजोरीहरुलाई वेवास्ता गर्ने हो भने पनि कथाको गाम्भीर्यतालाई फिल्मले गरेको अन्यायलाई वेवास्ता गर्न सकिदैँन्।

सिनेमाको अध्यापन गर्ने संस्थाले बनाएको फिल्म भएकाले यसमाथि दर्शकले आश गर्नु स्वभाविक हुन्छ। तर, फिल्मबारे पढाउने संस्थाले निर्माण गरेको भए पनि फिल्ममा सिनेचेत विकास गर्ने पक्ष र नवीन पाटो खोज्ने दर्शकहरु भने यसबाट दुःखी भएर फर्किनुपर्छ।

फिल्ममा खास ती कुराहरु छैनन्। मनोवैज्ञानिक विषयकेन्द्रित भएर बन्नुपर्ने सिनेमालाई ‘सस्पेन्स’ विधामा लैजानलाई थोपरिएका अनावश्यक उपकथा तथा विकासक्रमजस्ता पक्षहरुले फिल्मलाई फरक बनाउन चुकेको छ।

नयाँ कथा भए पनि नयाँ र रोचक दृश्य सिर्जना गर्न नसक्नुले फिल्मलाई खास महत्त्वपूर्ण बनाउँदैन्। 

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  ०७:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीले गरे टियु मैदान निरीक्षण आइतबार, जेठ २५, २०८२
लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्