• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
प्रतिशोधको बदलामा निर्दोष फसाउन षड्यन्त्र, प्रहरीलाई सूचना भेरिफाई गर्नुपर्ने चुनौती! अख्तियारमा असफल स्टिङ अपरेशन, प्रहरीलाई भने भरपर्दो हतियार?
64x64
नारायण अधिकारी बुधबार, साउन ४, २०७९  ०९:२४
1140x725

काठमाडौं– एक सर्वधारणले दिएको सूचनालाई बिना भेरिफाई प्रहरीले विश्वास गर्दा निर्दोष व्यक्ति १३ दिनदेखि प्रहरी हिरासतमा छन्। कस्तुरीको बिना बोकेर हिँडेको आरोपमा एआईजी प्रमुख रहने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको टोलीले शिव लिम्बूलाई चावहिलबाट पक्राउ गरेको थियो।

पाँचथर तुमविया गाउँपालिका–५ घर भएका ४२ वर्षीय लिम्बूको बा ८२ प ५७९ नम्बरको मोटरसाइकलको सिट मुनि लुकाएर बिना बोकेको आरोपमा उनी गत असार २३ गते पक्राउ परेका थिए। 

लिम्बू पक्राउ परेको विषय प्रहरीले नै सार्वजनिक गरेपछि आफन्तले उनी त्यस्तो मान्छे नभएको भन्दै त्यस ठाउँको सीसीटीभी फुटेज हेरेपछि घटनाले नयाँ रुप लिएको थियो। फुटेजमा लिम्बूले रोकेर राखेको मोटरसाइकलमा अर्कै व्यक्तिले बिनाजस्तो वस्तु राखेको फुटेजमा देखिएको थियो। उक्त फुटेज बाहिरिएपछि प्रहरीको भूमिका नै संकास्पद देखिएको थियो। 

त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी दिलीप घिमिरे, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी कृष्ण चन्द र प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले लिम्बूलाई फसाउन उनकै साथीले प्रहरीको प्रयोग गरेको निष्कर्ष निकालेको थियो। 

लिम्बूलाई फसाउन उनकै साथी पाँचथरको चिलिडदिङ–४ का आदम भनिने सुभाष राई भएको खुलेको थियो। राईले गुल्मीको मदाने–३ का नारायण कार्की भनिने कृष्ण श्रेष्ठको मिलेमतोमा लिम्बूलाई फसाउन खोजेका थिए। लिम्बू र राई मिलेर जग्गाको कारोबार गर्दै आएको र सोही विषयमा विवाद भएपछि राईले श्रेष्ठको सहयोगमा बिनाजस्तो वस्तु राखेर फसाउन खाजेको खुलेको थियो। 

स्रोतका अनुसार राईले एक महिना अघिदेखि नै वन्यजन्तुको अखेटोपहार ओसारपसार गर्ने व्यक्तिको बारेमा सूचना दिनेभन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका सादा पोशाकका प्रहरीलाई जानकारी दिएका थिए। आज काम हुन्छ, भोलि काम हुन्छ भन्दै उनले एक महिनाअघिदेखि प्रहरीलाई भन्दै आएका थिए।

तर, एक महिना अघिदेखि राईले भनेको उक्त सूचनालाई प्रहरी भेरिफार्ई गर्नेतर्फ लागेन। आफ्ना साथीको प्रयोग गरेर बिनाजस्तो वस्तु राखिसकेपछि फोनमार्फत प्रहरीलाई जानकारी गराएपछि प्रहरीले निर्दोष लिम्बूलाई हत्कडी लगायो। गलत सूचनालाई भेरिफाई नगरी प्रहरीले पक्राउ गर्दा निर्दोष लिम्बू विगत १३ दिनदेखि हिरासतमा छन्।

बिना राखेर फसाउन खोजेको विषय सार्वजनिक भएपछि अनौपचारिक कुराकानीका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले नेपाल लाइभसँग भने, ‘सूचना दिन्छु भन्दै अनेक मान्छे प्रहरीसँग निकट हुन्छन्÷हुन खोज्छन्। हाम्रै कार्यालयमा पनि त्यस्ता मान्छे आइरहेका हुन्छन्। उनीहरुले भनेकै सूचना भेरिफार्ई नगरी मान्छे पक्राउ गर्न थालियो भने यस्ता घटना दोहोरिरहन्छन्। यस्तै घटनामा नै झल्किने हो अनुसन्धान अधिकृतको क्षमता।’ 

Ncell 2
Ncell 2

निर्दोषलाई बिना राखेर फसाउन खोजेको घटनाभन्दा केही समयअघि रौतहटमा यस्तै किसिमको घटना भएको थियो। त्यहाँ पनि निर्दोष पत्रकारलाई फसाउन प्रहरीकै प्रयोग गरिएको थियो। गत वर्षको साउन ३२ गते रौतहटका पत्रकारद्वय मोजिबुल्लाह र शेख अतिउल्लाह सवार मोटरसाइकलबाट प्रहरीले लागूऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद भएको थियो। 

लागऔषधसहित पत्रकार पक्राउ परेपछि उक्त ठाउँ वरपरको सीसीटीभी फुटेज हेर्दा पत्रकारको मोटरसाइकलमा अर्कै व्यक्तिले लागूऔषध राखेको देखिएको थियो। लागूऔषध राखेर प्रहरीलाई खबर गरेपछि प्रहरीले पत्रकारद्धयलाई पक्राउ गरेको विषय खुलासा भएको थियो। 

पत्रकारद्वयलाई फसाउन पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सहसचिव संजय सहनीले प्रहरीको प्रयोग गरेका थिए। पत्रकारद्धय सवार मोटरसाइकलमा लागूऔषध राख्न सहनीले रौतहट माधवनारायण नगरपालिका–१ का २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका–१ बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादवलाई प्रयोग गरेको पाइएको थियो। लागुऔषध राखेपछि सहनीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले पत्रकारद्धयलाई पक्राउ गरेको थियो। 

यो घटनामा पनि सूचनालाई भेरिफाई नगरी विश्वास गर्दा निर्दोष पत्रकारले हिरासत बस्नु परेको थियो। प्रहरीलाई गलत सूचना दिएर प्रतिशोधको बदलामा सहनीले पत्रकारद्धयलाई पक्राउ गराएका थिए। यी दुवै घटनामा सीसीटीभी फुटेज नभएको भए सायद निर्दोष जेल नै जानुपर्ने अवस्था आउँथ्यो।

सूचना दिने व्यक्ति र अभियुक्त भनिएका व्यक्तिबारे राम्रोसँग नबुझी प्रहरीले पक्राउ गर्दा निर्दोष मान्छेले हैरानी खेप्नु परेको छ।

यस्तै शैलीमा हतियार राखेर निर्दोष व्यक्ति फसाउन षड्यन्त्र ललितपुरमासमेत भएको थियो। यो घटनामा भने प्रहरीले मिहिन अनुसन्धान गरेर हतियारसहित पक्राउ परेका व्यक्ति निर्दोष रहेको अनुसन्धानबाट पुष्टि गरेको छ। 

गत असार १३ गते लुभुबाट प्रदेश ३–०२–०१२ प ६२४१ नम्बरको स्कुटरको डिकीमा २ राउन्ड गोली र पेस्तोलसहित ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ पक्राउ परेका थिए। यो घटनामा प्रहरीले गहन अनुसन्धान गर्दा तीन सातापछि उनी निर्दोष पाइएपछि श्रेष्ठ हिरासतमुक्त भएका छन्।

‘हतियार बोक्नुको पछाडी कि कसैलाई गोली हान्न वा बेच्न बोकेको हुनुपर्छ,’ एक अनुसन्धान अधिकृतले भने, ‘तर यसमा यी दुवै कारण नदेखिएपछि झन् गम्भीर रुपमा लिएर अनुसन्धान गर्दा श्यामकृष्ण निर्दोष देखिए।’

हतियार बोक्नुको मोटिभ नदेखिएपछि अनुसन्धान अधिकृतले सूचना दिने व्यक्ति र सूचना पाउने प्रहरीका बारेमा समेत अनुसन्धान गर्दा २१ पटकसम्म प्रहरीलाई फोन गरेर सूचना दिइएको पाइएको थियो। सूचना दिने व्यक्ति र श्यामकृष्ण एउटै अफिसमा कार्यरत रहेको जानकारी पाएपछि रिसिइबीका कारण हतियार राखेको हुनसक्ने विश्लेषण गर्दै अनुसन्धान गरिएको थियो। नभन्दै तीन सातापछि सूचना दिने व्यक्ति अनिल श्रेष्ठले नै फसाउने योजनासहित श्यामकृष्णको स्कुटरमा पेस्तोल राखेको खुलेको थियो। 

उनीहरु दुवै जना एउटै सहकारीका कर्मचारी हुन्। अनिल सहयोगी सहकारीका अध्यक्ष हुन् भने श्यामकृष्ण म्यानेजर। हतियार राख्न प्रयोग गरिएका अख्खनदास श्रेष्ठ सहकारीका पूर्वउपाध्यक्ष हुन्। कर्जा असुली र पूर्वरिसिइबीका कारण श्यामकृष्णलाई फसाउन अनिलले षड्यन्त्र गरेको खुलेको छ। 

बहुविवाह मुद्दाको केश लागेको अनिलको विपक्षीमा साक्षी बसेका थिए श्यामकृष्ण। अर्कोतर्फ भने अनिलले लिएको सहकारीको २ करोड ९५ लाख रुपैयाँको सावा ब्याज तिर्न श्यामकृष्णले दबाब दिएका थिए। यी दुई कारण सम्बन्ध बिग्रिएपछि श्यामकृष्णलाई फसाउन अनिलले पेस्तोल राखेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए।

गलत सूचनाको भर पर्दा निर्दोष व्यक्ति फस्नसक्ने यी तीनवटा पछिल्ला उदाहरण हुन्। कसैले दिएको सूचनामा पूर्ण विश्वास गरिहाल्न नहुने बताउँछन् पूर्वडीआईजी हेमन्त मल्ल। उनी भन्छन्, ‘कसैले केही सूचना दिँदैछ भने किन सूचना दियो? सूचना दिने मान्छेसँग संदिग्ध भनिएको व्यक्तिको कस्तो कनेक्सन छ? सूचना भरपर्दो छ/छैन? संदिग्ध भनिएको व्यक्ति सूचना दिने व्यक्तिले भनेजस्तो मान्छे हो/होइन? उसको पृष्ठभूमि कस्तो छ? जस्ता कुरामा ध्यान नदिई आम मान्छेले दिएको सूचनाकै भरमा पक्राउ गर्दा यस्तो समस्या आउँछ।’

सुराकीले दिने सूचनालाई अख्तियारकै स्टिङ अपरेशनसँग जोडेर हेर्नुपर्ने तर्क मल्लको छ। अख्तियारले गर्ने स्टिङ अपरेशन पनि यस्तै सूचनाको आधारमा हुने गरेको र योजनाबद्ध तरिकाले निर्दोष फसाउन षड्यन्त्र भएको निष्कर्ष निकालेर नै सर्वोच्चले स्टिङ अपरेशन नगर्न निर्देशन दिएको हो। स्टिङ अपरेशनका घटनामा मुछिएका अधिकांशले सफाई पाएबाट पनि यो कुरा पुष्टि हुने मल्लले बताए।

जसकारण कसैले सूचना दिनेबित्तिकै भर पर्नेभन्दा पनि एक कदम अघि बढेर अनुसन्धान अधिकृत आफैंले सूचनालाई विभिन्न कोणबाट पुष्टि गरेपछि मात्रै अपरेशन गर्नुपर्ने सुझाव मल्लको छ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची सोमबार, जेठ २६, २०८२
५३ लाखकाे लागतमा विद्यालयको पक्की भवन निर्माण सोमबार, जेठ २६, २०८२
ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न परिपत्र सोमबार, जेठ २६, २०८२
पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला सोमबार, जेठ २६, २०८२
करेन्ट लागेर २ जनाको मृत्यु सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्