• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
समूहको नाममा जुनियर डीएसपीहरू एसपी बन्ने लाइनमा! सूचना निकाल्दासमेत रोकिएको बढुवा पुनः खुल्यो
64x64
नारायण अधिकारी आइतबार, असार २६, २०७९  १७:५५
1140x725

काठमाडौं– सशस्त्र प्रहरी बलमा एक वर्ष सिनियर टोलीलाई उछिन्दै एक वर्ष जुनियर डीएसपीहरू एसपी बन्ने भएका छन्। असार २३ गते कानुन र लेखा उपसमूहको बढुवाका लागि भनेर सशस्त्र प्रहरी हेडक्वाटरले सूचना निकालेसँगै सिनियर टोलीलाई उछिन्दै जुनियरहरू बढुवा हुने अवस्था आएको हो।

बढुवाका सम्भावित उम्मेदवारले पाँच दिनभित्र आवेदन दिन माग भन्दै बढुवा समितिका सदस्य सचिवसमेत रहेका डीआईजी विदुर खड्काको हस्ताक्षरमा सूचना निकालिएको छ। 

बढुवाका लागि सूचना प्रकाशित भएसँगै सि सं. ३ का डीएसपीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। सि सं. ३ को (२०६० साउन २९ गते भर्ना भएकाहरू) टोलीलाई उछिनेर सि सं. ४ (२०६१ असार २५ मा भर्ना भएकाहरू) को टोली विभिन्न समूह, उपसमूहको नाममा डीएसपीबाट एसपी हुन लागेको भन्दै सि सं. ३ का टोलीहरूले असन्तुष्ट व्यक्त गरेका हुन्। 

सि सं ३ का टोलीमध्ये ५५ जना अहिले पनि डीएसपी नै छन्। तर उनीहरूभन्दा पछि एक वर्षपछि भर्ना भएकाहरू लेखा र कानुन समूहको नाममा एसपी हुन लागेका छन्। २०६० फागुन १२ गते भर्ना भएका दयाराम शर्मा, २०६१ असार २५ गते भर्ना भएका ध्रुव केसीलगायतहरू भने एक वर्ष सिनियरलाई उछिनेर एसपी बन्न लागेका हुन्। 

शर्माकै जोडबलमा एक वर्ष पहिला नै बढुवाका लागि सूचनासमेत निकालिएको थियो। तत्कालीन गृहसचिव महेश्वर न्यौपाने तथा एमाले नेता महेश बस्नेतका छिमेकीसमेत रहेका शर्मा त्यतिबेला निकै शक्तिशाली थिए। उनकै जोडबलमा बढुवाका लागि सूचना निकालिएको थियो। सूचना निकालिए पनि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि उनीहरूको बढुवा रोकिएको थियो। 

यसअघि पनि सि सं ३ कै टोलीमा भर्ना भएर लेखामा गएका होम ज्ञवाली शक्तिकेन्द्रको लविइङ ६ महिना पहिला नै एसपी भएका थिए। उनी एसपी भएको ६ महिनापछि बल्ल सिं सं. ३ का टोलीका केही अधिकृत एसपी बनेका थिए। 

प्रहरीमा नभएको उपसमूह जब वन्तले सशस्त्रमा घुसाए
कोषराज वन्त प्रहरी महानिरीक्षक हुनुभन्दा अघिसम्म सशस्त्र प्रहरीमा लेखा उपसमूह, कानुन उपसमूह भन्ने थिएन। जब नेपाल प्रहरीको प्राविधिक समूहतर्फ भर्ना भएका व्यक्तिको हातमा सशस्त्रको कमाण्ड कन्ट्रोल पुग्यो, त्यसपछि घुस्यो–लेखा र कानुन उपसमूह।

२०४६ सालमा नेपाल प्रहरीको प्राविधिक समूहतर्फको इन्जिनियरिङमा भर्ना भएका वन्त सशस्त्र प्रहरी बल गठन भएपछि सशस्त्रमा स्थानान्तरण भएका थिए। उनै वन्तले २०६८ देखि २०७२ सालसम्म सशस्त्रको नेतृत्व सम्हाले। त्यही बेला वन्तले सशस्त्रमा लेखा र कानुन उपसमूह घुसाएका थिए। उनै वन्तले घुमाएको यो उपसमूहका कारण सशस्त्रमा चरम असन्तुष्टि छाउँदै आएको छ। 

Ncell 2
Ncell 2

वन्तले कानुन, लेखा उपसमूह खडा गरेर साधारण समूह अर्थात् इन्फिेन्टीमा भर्ना भएका आफू निकटका व्यक्तिहरूलाई उपसमूहमा स्थानान्तरण गराएका थिए। उनीहरू नै अहिले उपसमूहको नाममा आफूभन्दा एक वर्ष सिनियरलाई उछिनेर एसपी हुने लाइनमा लागेका छन्।

जबकी नेपाल प्रहरीमा पनि लेखा तथा कानुनको छुट्टै शाखा छ। तर, त्यसका लागि भनेर छुट्टै समूह खडा खगरिएको छैन। साधारण समूहतर्फका प्रहरी अधिकारीले नै ती शाखामा रहेर काम गर्दै आएका छन्। तर आर्थिक कमाउका हिसाबले आकर्षक मानिने लेखामा बसेर आर्थिक आर्जन पनि गर्ने र पछि बढुवा हुनेबेलामासमेत आफूभन्दा सिनियरलाई पछि पार्दै बढुवा हुन थालेपछि सशस्त्रमा चरम असन्तुष्टि छ। प्रहरीमासमेत छुट्टै समूह तथा उपसमूह नभएको लेखा तथा कानुन उपसमूह खारेज हुनुपर्ने भन्दै पटक–पटक कुरो समेत उठ्ने गरेको छ । 

सूचना निकाल्दा समेत रोकिएको बढुवा पुनः खुल्यो

शैलेन्द्र खनाल आईजी भएको बेला एक वर्षअघि २०७८ साल असार २३ गते हालका आईजी राजु अर्यालकै हस्ताक्षरमा लेखा उपसमूहका अधिकृतहरूलाई बढुवा गर्नका लागि सूचना निकालिएको थियो। त्यतिबेला अर्याल मानव स्रोत तथा प्रशासन विभागमा कार्यरत थिए। 

पाँच दिनको म्याद राखेर बढुवाका सम्भावित उम्मेदवारहरूलाई आवेदन दिन भन्दै सूचना निकालिएको थियो। बढुवाका सम्भाव्य उम्मेदवारमध्ये दयाराम शर्मा २०६० साल फागुन १२ गते भर्ना भएका अधिकृत थिए। बाँकी भने २०६१ असार २५ गते भर्ना भएकाहरू थिए। 

तर उनीहरू भन्दा एक वर्ष पहिला २०६० साउन २९ मा प्रहरी निरीक्षकमा भर्ना भएका (सि सं. ३ का ब्याची)हरूलाई समेत उछिनेर लेखा समूहको नाममा एसपी हुन लागेको भन्दै चौतर्फी विरोध भयो। समूहको नाममा जुनियर एसपी हुँदा एक वर्ष सिनियर डीएसपी नै हुने अवस्था आएको भन्दै त्यतिबेला सि सं ३ का ब्याचीहरू बढुवा नहुँदासम्म लेखा तथा कानुन समूहका एक वर्ष जुयिनर सि सं ४ का अधिकृतहरूलाई बढुवा नगर्ने भन्दै सशस्त्र हेडक्वाटरले बढुवा नै गरेन। 

बढुवाका लागि भनेर आवेदन माग गर्दै निकालिएको सूचनाको समेत बेवास्ता गर्दै तत्कालीन आईजी खनालले सि सं. ३ को टोलीलाई अन्याय हुनेभन्दै बढुवा रोकेका थिए। तर, अहिले फेरि बढुवाका लागि भन्दै सूचना निकालेपछि सिं सं. ३ का डीएसपीहरूमा चरम असन्तुष्टि छाएको छ। 

एक वर्ष जुुनियरलाई सलाम हान्नुपर्ने अवस्था आएको भन्दै सि सं. ३ का डीएसपीहरूले निराशा पोख्न थालेका छन्। ‘भन्नलाई जे भने पनि फुली लगाएपछि मान्नैपर्छ। भोलि कहिँ भेट हुँदा सलाम हान्नैपर्छ। पहिला मभन्दा जुनियर हो भनेर पन्छिन मिल्दैन। यसले संगठनमा चरम निराश आउँछ। एक वर्ष जुनियरलाई जय नेपाल गरेर बस्नुजति नालायक काम फोर्समा के हुन्छ?’ सिं सं ३ का एक डीएसपीले नेपाल लाइभसँग भने। 

तर यसबारेमा जिज्ञासा राख्दा आईजी सचिवालयले पद नै रिक्त भएकाले बढुवा गर्नु परेको बतायो। ‘पद नै रिक्त भएपछि बढुवा गर्नुपर्ने बाध्यता भएर सूचना निकालिएको हो। नत्र भने सिनियर बाँकी हुँदाहुँदै जुनियरको बढुवा गर्ने भन्ने हुँदैन।’

सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी विदुर खड्काले भने समूह नै छुट्टै भएपछि केही असर नपर्ने बताए। उनले भने, ‘सि सं ३ तथा ४ भन्दा पनि यो समूह नै छुट्टै हो। समूह नै छुट्टै भएपछि बढुवा गर्दा केही असर पर्दैन। उहाँहरूको पनि वृद्धिविकासको कुरा जोडिएर आएको हुन्छ। त्यसलाई पनि ध्यान दिनुपर्छ। अर्कोतर्फ पद खाली हुँदा समेत बढुवा नगर्ने भन्ने कुरा पनि भएन।’

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची सोमबार, जेठ २६, २०८२
५३ लाखकाे लागतमा विद्यालयको पक्की भवन निर्माण सोमबार, जेठ २६, २०८२
ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न परिपत्र सोमबार, जेठ २६, २०८२
पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला सोमबार, जेठ २६, २०८२
करेन्ट लागेर २ जनाको मृत्यु सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्