• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
जेलबाट छुटेपछि पनि गैंडाको सिकार, २१ गैंडा मारिसकेका ‘निशानेबाज’ बमबहादुर पक्राउ
64x64
नारायण अधिकारी शुक्रबार, असार १७, २०७९  १७:०१
1140x725

काठमाडौं– २१ गैंडाको सिकार गरेको आरोप लागी फरार भएका बमबहादुर प्रजा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले प्रजालाई पक्राउ गरेको हो। 

सीआईबी स्रोतका अनुसार उनलाई शुक्रबार धादिङको मलेखुबाट पक्राउ गरिएको हो। पक्राउ गरिएका प्रजालाई राष्ट्रिय निकुञ्जको जिम्मा लगाएर चितवन पठाइएको छ। एक दर्जन गैंडा सिकार गरेर खाग तस्करी गरेको आरोप लागेका प्रजा लामो समयदेखि फरार थिए। प्रहरीको फरार सूचीमा रहेका उनलाई खोजी गर्न प्रहरीदेखि निकुञ्जको टोली समेत लागेको थियो। अन्ततः लामो समयपछि उनलाई पक्राउ गर्न सफल भएको सीआईबी स्रोतले जानकारी दियो। 

पक्राउ परेका प्रजा अर्का गैंडा तस्कर वीरेन्द्रसिंह प्रजा नाम गरेका व्यक्तिका आफन्त समेत भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार बमबहादुरकै योजना र संरक्षणमा अन्य व्यक्ति खटिएर चितवनमा गैंडाको सिकार गरी खाग तस्करी गर्ने गरेका थिए।  २०७७ मा चितवन राष्ट्रिय निकुञ्जमा मारिएका गैंडामा समेत बमबहादुरको संलग्न्ता रहेको खुलेको थियो। 

२०७७ कात्तिक १६ गते, मध्य दिउँसो चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टालीले बन्दुक पड्एिको आवाज सुन्यो। निकुञ्ज सुरक्षामा सेनाको बटुक दल गण तैनाथ थियो। भोलिपल्टै सेनाले निकुञ्जका कर्मचारी सहितको ‘जंगल स्वीप अपरेसन’ सुरु गर्‍यो। 

कात्तिक १९ गते नारायणी नदीको टापु, मर्दी घोलमा गैंडाको माउ र बच्चा मृत भेटिए। अघिल्लो दिन गोली चलेको आवाज आएकै ठाउँतिर करिब २०/२२ वर्षको पोथी गैंडा र त्यसको ३ वर्षको बच्चा मृत भेटिएका थिए। दुबैको खाग झिकिएको थियो।

त्यतिबेला चलेको एक हप्ता लामो ‘स्वीप अपरेसन’मा थप २ गैंडा पनि मारिएको भेटिएको थियो। तीमध्ये एउटाको सिनो मात्र भेटिएको थियो भने अर्काको कंकाल फेला परेको थियो। अपरेसनका क्रममा ४ वटा गैंडा मारेर खाग झिकिएको पुष्टि भएको थियो। 

ती ४ गैंडाको सिकार गरी खाग तस्करी गरेको आरोपमा सीआईबी लगायतको टोलीले १७ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरि सार्वजनिक गरेको थियो। तर मुख्य योजनकार भनिएका बमबहादुर भने फरार थिए। उनलाई शुक्रबार सीआईबीको टोलीले पक्राउ गरेको हो। 

चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षक अधिकृत (वार्डेन) कमलजंग कुवँरद्वारा लिखित पुस्तक ‘गैंडालाई चार वर्ष’मा समेत बमबहादुरको बारेमा चर्चा गरिएको छ। उनले चितवनको दिव्यपुरीमा मात्रै ५ वडा गैंडा मारेको कुँवरले पुस्तकमा उल्लेख गरेका छन्। बमबहादुरले  रामशरण विक, बुद्धिराम महतो लगायतलाई लिएर गैँडा मार्न जाने र खाग प्रेमबहादुर विकलाई बेच्ने गरेको कुँवरले उल्लेख गरेका छन्।

Ncell 2
Ncell 2

कुवँरकै पुस्तकमा बम बहादुरको प्रत्यक्ष संलग्न्तामा १७ गैँडाको सिकार भएको विषय पनि उल्लेख छ। १७ वटा गैंडा मारिसकेपछि उनी अन्तत: २०६० साउन १८ गते पक्राउ परेका थिए। 

‘बमबहादुरलाई पर्सा वन्यजन्तु आरक्ष कार्यालय, आधारभार र त्यहाँस्थित गुल्मको सहयोगमा जिल्ला वन कार्यालय चितवनको विशेष टोलीले आधाभारबाट पक्राउ गरेका थियो। जिल्ला वनको टिमलाई बमबहादुरको घरनजिक दुईटा घरमा बाघको हड्डी लुकाएर राखिएको छ भन्ने सूचना प्राप्त भएको थियो। त्यस आधारमा त्याहाँका मान्छेहरुलाई पक्राउ गरी सोघपुछ गर्दा संयोगवश बमबहादुरबारे थाहा भएको कुँवरले पुस्तकमा लेखेका छन्। 

‘ऊ त्यही दिन रौतहट, चन्द्रनिगाहपुरको घरमा जाँदैछ भन्ने सूचना पाएपछि आधारभार पुगेर उसलाई समातिएको रहेछ। बमबहादुरले १७ वटा गैँडा मारको स्वीकार गरेछ। सोह्र वटा निकुञ्ज क्षेत्रमा र एउटा जिल्ला वन कार्यालयको कार्यक्षेत्र, राष्ट्रिय वन क्षेत्रमा,’ कुँवरद्वारा लिखित पुस्तकमा उल्लेख छ।

त्यसपछि बमबहादुर जेल चालन भएका थिए। कास्की कारागारमा हुँदा बमबहादुरको सुन तस्करीको आरोपमा जेल परेका कैलाशबाबु आले भन्नेसँग भेट भएको थियो। त्यसपछि जेलबाटै बमबहादुरले पुनः गैंडाको सिकार गर्ने योजना बनाएका खुलेको थियो।   

१७ वटा गैंडा मारिसकेका ‘अचुक निशानेबाज’ बमबहादुर जेल बसेर छुटेपछि फेरि गैंडा सिकारमा संलग्न भएको सीआईबीले यसअघि गरेको अनुसन्धानबाट खुलेको थियो। २०७७ सालमा चितवमा मारिएका ४ वटा गैंडाका सिकारी बमबहादुर नै भएको सीआईबीका एक अनुसन्धान अधिकृतले जानकारी दिए।जेलबाट छुटेपछि कैलाशबाबु र बमबहादुर मिलेर पुन गैंडाको सिकार गरिएको अनुसन्धानले देखाएको थियो। 

यो पनि पढ्नुहोस्

बहालवाला र पूर्वसुरक्षाकर्मी नै संलग्न भएको गैंडा शिकारको भित्री कथा सोमबार, फागुन १७, २०७७


 

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
मेनपावर कम्पनी नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य (सुचनासहित) सोमबार, जेठ २६, २०८२
नयाँ कार्यक्रमका लागि कृषिमा छैन बजेट, किसानलाई निराश पार्ने बजेट सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
लुम्बिनी केबलकार चढ्न पुगे दुई वर्षमा साढे तीन लाख पर्यटक सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्