फाइल तस्बिर।
काठमाडौं– काठमाडौं उपत्यकामा शुक्रबार बिहानैदेखि पानी परिरहेको छ। उपत्यकाका विभिन्न क्षेत्रमा मध्यमदेखि मुसलधारे वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
शुक्रबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बाँकी प्रदेशका केही स्थानहरुमा पनि यस्तै सम्भावना छ। यसैगरी, प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्यदेखि पुर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ।
हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।