काठमाडौं–चीनले अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने निर्णय गरेकोमा नेपालको प्रशंसा गरेको छ।
बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले एसपीपीलाई अस्वीकार गरेर नेपालले प्रशंसनीय काम गरेको टिप्पणी गरेका हुन्। केही दिनअघि मन्त्रिपरिषद्को बैठकले एसपीपीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो।
‘नेपालको रणनीतिक साझेदार मित्र र निकट छिमेकी भएको नाताले चीन नेपाल सरकारले गरेको निर्णयको प्रशंसा गर्छ। चीन नेपाालको सार्वभौमसत्ता, स्वाधिनता र भौगोलिक अखण्डताको सम्मान गर्छ,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।