काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४९ जना कोरोना संक्रमित थपिएका छन्। यही अवधिमा थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको विवरण अनुसार १ हजार २३४ जनाको पीसीआर परीक्षण गर्दा ३३ जनामा र १ हजार २६० जनाको एन्टीजेन विधिबाटी परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो।
जसमध्ये काठमाडौंमा ११ जना, भक्तपुरमा १ जना र ललितपुरमा १५ जना गरी उपत्यकामा मात्रै २७ जना थपिएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या १ सय ६३ रहेको छ। जसमध्ये होम आइसोलेसनमा १ सय ६० जना र संस्थागत आइसोलेसनमा ३ जना रहेका छन्।
त्यसैगरी आइसीयूमा १ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।