काठमाडौं– टिपरको ठक्करबाट भक्तपुरमा दुई जनाको मृत्यु भएको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित आदर्श चोकमा टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको प्रहरीले जनाएको छ। अर्का व्यक्तिको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
जगातीतर्फ छुटेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट छुटेको बा ४ ख ५२९८ नम्बरको टिपर बिहीबार बिहान सवा २ बजे ठोक्किएका थिए।
दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा बिहान ३ बजे मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।