काठमाडौं– गोरखामा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ : २२ बजे गोरखाको थुमी र आरुचनौटेको मध्यभागमा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प भएको हो।
भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ।
यसअघि बिहीबार बिहानै कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर ४.९ म्यानिच्युडको भूकम्प गएको थियो। यो भूकम्प बिहान ३ बजेर ५६ मिनेटमा गएको केन्द्रले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।