कैलाली– घोडाघोडी नगरपालिकाको नवनिर्वाचित नगरप्रमुख खडकबहादुर रावतले पदभार सम्हालेका छन् । सोमबार जिल्ला अदालत कैलालीमा मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूबाट पद तथा गोपनियताको शपथ लिएका छन्।
शपथपछि उनी नगरपालिका पुग्दा कर्मचारीहरूले स्वागत गरेका थिए। रावतले आगामी आर्थिक वर्षभित्रै भूमिहीन सुकुम्वासी, भूमिहीन दलितहरूलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रस्तावलाई सदर गरेका छन्।
नगरप्रमुख रावतसमक्ष प्रमुख प्रशासकिय अधिकृत दिपककुमार आचार्यले पेश गरेको प्रस्तावमा आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी भूमि सम्बन्धी समस्या समाधान आयोग, लागत संकलन इकाईबाट भूमिहीन, दलित, सुकुम्वासी, अव्यवस्थित बसोबासीहरूको लगत संकलन गर्ने कार्य सम्पन्न भइ तथ्यांक प्रविष्ट कार्य भइरहेकाले उक्त कार्यलाई तोकिएको समयमै सम्पन्न गर्ने गरी आवश्यक कार्य अगाडि बढाइने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।