कैलाली– मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्यायले पद तथा गोपनियताको शपथ लिएका छन्। उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्।
बुधबार दिउँसो सम्पन्न भएको मतगणनामा उपाध्याय ३ हजार १३४ मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनी ४१९ मतान्तरले विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका धरम थापा मगरले २ हजार ७१५ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।