• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२ Sun, May 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
गण्डकी प्रदेशमा कुन–कुन दलले कुन जिल्लामा बनाउन सक्छन् जिसस?
64x64
नेपाल लाइभ सोमबार, जेठ ९, २०७९  १७:१०
1140x725

काठमाडौं–११ जिल्ला रहेको गण्डकी प्रदेशमा कास्कीको पोखरा महानगरपालिका बाहेक सबै स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ। पोखरा महानगरमा मतगणना अन्तिमतिर पुगेको छ। 

८५ स्थानीय तह रहेको यो प्रदेशमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ। तर, २०७४को  भन्दा खस्केको छ। माओवादी केन्द्रले भने आफूलाई सुधार गरेको छ। 

८४ पालिकाको नतिजा आउँदा नेपाली कांग्रेसले ३६ पालिका जितेको छ। नेकपा एमालेले अघिल्लोभन्दा यसपटकको निर्वाचनमा आफ्नो स्थिति सुधार गरेको छ। अघिल्लो पटक ३४ पालिका प्रमुख जितेकामा अहिले ३५ पुर्‍याएको छ। माओवादीले ११ पालिकामा जित हात पारेको छ।  

यसपटक माओवादीले गोरखामा एकलौटी रूपमा जिल्ला समन्वय समिति पाउने गरी बहुमत पाएको छ। २२ मत रहेको उक्त जिल्लामा प्रमुख ९ र उपप्रमुख ६ मा जित हात पार्दै माओवादी एक्लैले २२ मताधिकार पाएको छ। नेकपा एमाले गोरखामा शून्य पदाधिकारी जितेको छ। 

त्यस्तै लमजुङमा एमालेले एक्लै जिसस बनाउन सक्ने भएको छ। १६ मत रहेको उक्त जिल्लामा एमालेले ४ प्रमुख र ५ उपप्रमुख जित हात पार्दै ९ मत सुरक्षित गरेको छ। कास्कीमा पनि एमालेले एकल रूपमा जिसस बनाउन पाउने देखिएको छ। कास्कीमा १० मत रहेकोमा एमालेले प्रमुखमा २ र उपप्रमुखमा ३ गर्दै ५ मत पाएको छ। 

नेपाली कांग्रेस र एकीकृत समाजवादी मिलेर ३ मतमात्र हुने भएपछि एमालेले एकल रूपमा बनाउन सक्ने देखिएको हो। मुस्ताङमा पनि एमालले एकल बनाउने देखिएको छ। १० मत रहेको मुस्ताङमा एमालेले ४ प्रमुख र ३ उपप्रमुख जितेको छ। ७ मतभार भएका कारण एमालेले उक्त जिसस एकलौटी बनाउन सक्ने देखिएको हो। 

म्याग्दीमा पनि एमालेले एकल बनाउन सक्ने देखिएको छ। १२ मतभार रहेको म्याग्दीमा एमालेले एकल ४ प्रमुख र ३ उपप्रमुख गरी ७ मतको अधिकार पाएको छ। 

बाग्लुङमा भने नेपाली कांग्रेसले एकल रूपमा बनाउन पाउने भएको छ। २० मतभार रहेको बाग्लुङमा नेपाली कांग्रेसले ६ प्रमुख र ६ उपप्रमुख गरी १२ मत पाएको छ। त्यस्तै नवलपरासी पूर्वमा पनि एमालेले एकल रूपमा बनाउन सक्ने देखिएको छ। 

Ncell 2
Ncell 2

१६ मतभार रहेको उक्त जिल्लामा एमालेले ६ प्रमुख र ५ उपप्रमुखमा जित हात पार्दै ११ मतको अधिकार पाएको छ। नेपाली कांग्रेसले ५ मतभार मात्र प्राप्त गरेको छ। 

माओवादीले गोरखामा एकल बनाउन सक्ने देखिएको छ। गोरखाको २२ मतभार रहेकोमा माओवादी केन्द्रले १५ मतभार पाएको छ। माओवादी केन्द्रले ९ प्रमुख र ६ उपप्रमुख पाएको छ। त्यस्तै बाग्लुङमा नेपाली कांग्रेसले एकल बनाउन सक्ने देखिएको छ। बाग्लुङमा २० मतभार रहेकोमा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुखमा ६/६ गरी १२ मत पाएको छ। 

कति पद हुन्छ जिससमा ? 

नेपालको संविधानको धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्थाबारे उल्लेख गरिएको छ। जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाहरूका बीचमा समन्वय गर्न एक जिल्ला सभा रहने संविधानको उक्त धारामा उल्लेख छ।

shivam cement

shivam cement

जिल्ला सभामा एकजना प्रमुख, एकजना उपप्रमुख ,कम्तिमा तीनजना महिला र कम्तिमा एकजना दलित वा अल्पसंख्यकसहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने संविधानमा उल्लेख छ। 

यसरी उम्मेदबार हुने व्यक्ति गाउँ सभा वा नगरसभाको सदस्य हुनुपर्ने छ।  जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदमा निर्वाचित भएका त्यस्तो व्यक्तिको गाउँसभा वा नगरसभाको सदस्य पद स्वत रिक्त हुने व्यवस्था छ। 

यस्तो छ जिल्लागत तथ्यांक 

१.गोरखा २२ मत माओवादी एकल 

नेपाली कांग्रेस–७ : प्रमुख–२, उपप्रमुख–५ 
माओवादी केन्द्र–१५ : प्रमुख–९, उपप्रमुख–६ 

२. लमजुङ १६ मत एमाले एकल 

नेपाली कांग्रेस–५ : प्रमुख–४, उपप्रमुख–१ 
नेकपा एमाले–९ : प्रमुख–४, उपप्रमुख–५
माओवादी केन्द्र : उपप्रमुख–२ 

३.तनहुँ २० मत तालमेल 

नेपाली कांग्रेस–१० : प्रमुख–५, उपप्रमुख–५ 
नेकपा एमाले–६ : प्रमुख–४, उपप्रमुख–२
माओवादी केन्द्र–४ : प्रमुख–१, उपप्रमुख–३

४.स्याङ्गजा २२ मत बराबर 

नेपाली कांग्रेस–११ : प्रमुख–५, उपप्रमुख–६
नेकपा एमाले–११ : प्रमुख–६, उपप्रमुख–५

५.कास्की १० एमाले एकल 

नेपाली कांग्रेस–३ : प्रमुख–२, उपप्रमुख–१ 
नेकपा एमाले–५ : प्रमुख–२, उपप्रमुख–३
एकीकृत समाजवादी : प्रमुख–१

६.मनाङ ८ मत तालमेल

नेपाली कांग्रेस–३ : प्रमुख–२, उपप्रमुख–१ 
नेकपा एमाले–३ : प्रमुख–२, उपप्रमुख–१
माओवादी : उपप्रमुख–१

७.मुस्ताङ १० एमाले एकल 

नेपाली कांग्रेस–३ : प्रमुख–१, उपप्रमुख–२ 
नेकपा एमाले–७ : प्रमुख–४, उपपप्रमुख–३ 

८.पर्वत १४ तालमेल 

नेपाली कांग्रेस–५ : प्रमुख–५, उपप्रमुख–०
नेकपा एमाले–७ : प्रमुख–२, उपप्रमुख–५
माओवादी केन्द्र–२ : प्रमुख–०, उपप्रमुख–२

९. म्याग्दी १२ एमाले एकल 

नेपाली कांग्रेस–३ : प्रमुख–२, उपप्रमुख–१
नेकपा एमाले–७ : प्रमुख–४, उपप्रमुख–३  
माओवादी केन्द्र–२ : प्रमुख–०, उपप्रमुख–२ 

१०.बाग्लुङ २० नेपाली कांग्रेस एकल 

नेपाली कांग्रेस–१२ : प्रमुख–६ उपप्रमुख–६
नेकपा एमाले–१ : प्रमुख–१, उपप्रमुख–०
माओवादी केन्द्र–४ : प्रमुख–१, उपप्रमुख–३ 
अन्य–३ : प्रमुख–२, उपप्रमुख–१

११. नवलपरासी पूर्व १६ मत एमाले एकल 

नेपाली कांग्रेस–५ : प्रमुख–२, उपप्रमुख–३
नेकपा एमाले–११ : प्रमुख–६, उपप्रमुख–५ 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमालका विषय उजागर गर्न सफल भएका छौँ : परराष्ट्र सचिव राई
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा समितिलाई बुझायो
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
हिमालका विषय उजागर गर्न सफल भएका छौँ : परराष्ट्र सचिव राई आइतबार, जेठ ४, २०८२
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान आइतबार, जेठ ४, २०८२
शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा समितिलाई बुझायो आइतबार, जेठ ४, २०८२
सुदूरपश्चिममा नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त आइतबार, जेठ ४, २०८२
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ? आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्