धनगढी– धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख (मेयर) गोपाल हमालले पद्भार सम्हालेका छन्। सोमबार बिहान पद तथा गोपनीयताको शपल लिएपछि उपमहानगरपालिकाको मेयरका रुपमा पद्भार सम्हालेका हुन्।
हमालले धार्मिक विधिअनुसार पूजापाठ र मन्त्रोच्चारण गर्दै पद्भार सम्हालेका हुन्। पद्भार सम्हाल्दा उनका पुरोहितहरुले स्वस्तिवाचनसहित दीप–कलशको पूजा गरेका थिए।
हमालले धनगढीको योजनावद्ध विकास गर्न पहिलो पञ्चवर्षीय योजना बनाइ अघि बढ्ने प्रथम निर्णय गरेका छन्।
पदभार सम्हालेसँगै उनले प्रमुख प्रशाशकीय अधिकृत रामलाल श्रेष्ठले पेस गरेको फाइलमा हस्ताक्षर गर्दै सो निर्णय गरेका हुन ।
'...सीमित स्रोत–साधनलाई प्रभावकारी ढंगबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनावद्ध विकासको थालनी गर्न आगामी आव २०७९/०८० देखि ०८३/०८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना (विकास प्रशासनको प्रमुख आधारल रुपमा रहने) बनाइ कार्यान्वयनमा लैजाने...,' सो निर्णयमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।