काठमाडौं– वैशाख ३० गते बाजुराको बूढीगंगा नगरपालिकामा भएको स्थानीय तहको निर्वाचनको विषयमा देखिएको विवादका बारेमा निर्वाचन आयोगले आज सोमबार निर्णय दिने भएको छ।
त्यहाँ मतगणना गर्ने वा पुनः मतदान गर्ने भन्ने विषय टुंगिसकेको छैन। नेपाली कांग्रेस र नेकपा एमालेबीच त्यहाँ झडप नै भएको थियो।
आयोगले त्यहाँको अवस्थाका बारेमा बुझ्न आयुक्त सगुन शम्सेर राणा नेतृत्वको टोली खटाएको थियो।
उक्त टोलीले त्यहाँको वस्तुस्थिति बुझेर फर्किसकेको छ। उक्त टोलीले दिएको प्रतिवेदन र आवश्यक कागजात र प्रमाणको अध्ययन गरेर आयोगले निर्णय गर्ने भएको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको सोमबार बैठक बसेर आवश्यक निर्णय गर्ने जानकारी दिए।
‘आयुक्तज्यूको टोलीले त्यहाँको अध्ययन गरेर फर्किएको छ। उहाँले आज रिपोर्ट बुझाउनु हुन्छ,’ उनले भने, ‘त्यसको अध्ययनका आधारमा आयोगले निर्णय लिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।