• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२ Sun, May 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
मधेस प्रदेशमा कस्तो बन्नेछन् जिल्ला समन्वय समितिहरु?
64x64
नेपाल लाइभ सोमबार, जेठ ९, २०७९  १७:४७
1140x725

काठमाडौं- मधेस प्रदेशका अधिकांश पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ। यस प्रदेशका १३६ वटा पालिकाहरुमध्ये अब १० वटा पालिकाको मात्रै नतिजा सार्वजनिक हुन बाँकी छ।

सार्वजनिक भएका मतपरिणामहरुले आगामी जिल्ला समन्वय समितिको गठन कुन प्रकारले हुनेछ भन्ने धेरथोर संकेत गरेको छ। जिल्ला समन्वय समितिमा सम्बन्धित जिल्लाका सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरु उम्मेदवार बन्न पाउनेछन्। तर मतदान भने सो जिल्लाभरका सम्पूर्ण पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन्।

सम्बन्धित जिल्लामा जुन दलले बहुमत संख्यामा अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेको छ, उसैले चाहे अनुसारको जिल्ला समन्वय समिति गठन गर्न सक्नेछ।

जिल्ला समन्वय समितिमा एक प्रमुख, एक उपप्रमुख, तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यक सहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचित हुने व्यवस्था छ। 

सप्तरी
सप्तरीमा १८ वटा पालिका छन्। त्यसैले त्यहाँ जम्मा अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको संख्या ३६ हुनेछ। सार्वजनिक भएका मतपरिणाम अनुसार, कांग्रेसले १३, एमालेले ४, जसपाले ७, लोसपाले ५, माओवादी केन्द्रले २, एकीकृत समाजवादीले २, जनमत पार्टीले ३ ले अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख जितेका छन्।

यहाँ बहुमतको लागि १९ मत चाहिन्छ। जुन कुनै पनि दलले एक्लै पुर्यााउन सक्ने सम्भावना देखिँदैन। सत्ता गठबन्धन आबद्ध दलहरुले भने सहजै बहुमत जुटाउन सक्नेछन्।

सिरहा
सिरहामा १७ पालिका छन्। त्यसैले त्यहाँ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको संख्या ३४ हुनेछ। सार्वजनिक भएको मतपरिणाम अनुसार त्यहाँ कांग्रेसका ६, एमालेका ११, जसपाका १०, माओवादी केन्द्रका २, एकीकृत समाजवादीका १ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख निर्वाचित भएका छन्।

यो जिल्लाम पनि कुनै दलको बहुमत पुग्दैन। मत परिणाम आउन बाँकी रहेको दुवै पालिकाका दुवै पदमा एमालेको अग्रता छ। उसले त्यहाँ जित निकालेमा पनि उसको १५ मात्रै पुग्नेछ। तर बहुमतको लागि १८ जना चाहिन्छ। त्यसैले यहाँ पनि तालमेल हुने सम्भावना छ।

Ncell 2
Ncell 2

धनुषा
धनुषामा १८ पालिका छन्। त्यसैले यहाँ मताधिकार ३६ जना अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखसँग हुनेछ। यहाँको एउटा पालिकाको मत गणना आउन बाँकी छ।

तर एउटा पालिकाको मतगणना नसकिँदै त्यहाँ कांग्रेसले १० वटा प्रमुख/अध्यक्ष र १० वटा उपप्रमुख/उपाध्यक्ष जितिसकेको छ। ३६ जनाको मताधिकार रहँदा २० मत भएको कांग्रेसको एकल बहुमत हुनेछ।

धनुषामा एमालेले ७, जसपाले ४, माओवादी केन्द्रले ३ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्।

महोत्तरी
महोत्तरीमा १५ वटा पालिका छन्। त्यसैले त्यहाँका मतदाता ३० जना हुनेछन्। यहाँका सबै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ।

shivam cement

shivam cement

महोत्तरीमा कांग्रेसले ६, एमालेले २, जसपाले ११, लोसपाले ८, तमलोपा १, स्वतन्त्र २ ले अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्। बहुमतको लागि १६ मत चाहिन्छ। एक्लै कुनै दलको पनि बहुमत पुग्दैन। जिल्ला समन्वय समितिको लागि दुई वा सोभन्दा बढी दल मिल्नुपर्ने हुनेसक्छ।

सर्लाही
सर्लाहीमा २० पालिका छन्। त्यहाँका सबै पालिकाको नतिजा सार्वजनिक भइसकेको छ। त्यहाँका मतदाता ४० छन्। बहुमतका लागि २१ चाहिन्छ। 

सर्लाहीमा कांग्रेसले २३, एमालेले २, जसपाले ४, लोसपाले २ र माओवादी केन्द्रले ९ वटा अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्। यहाँ बहुमतका लागि कांग्रेस एक्लै पर्याप्त छ। त्यसैले उसले चाहेजस्तै जिल्ला समन्वय समिति गठन हुनेछ।

रौतहट
रौतहटमा १८ पालिका छन्। त्यसैले यहाँ ३६ मतदाता छन्। बहुमतका लागि १९ जना चाहिन्छ। यहाँका दुई पालिकाको अन्तिम नतिजा आउन बाँकी छ।

सार्वजनिक भएका १६ पालिकाको नतिजाअनुसार कांग्रेसले ११, एमालेले ५, जसपाले ४, लोसपाले ४, माओवादी केन्द्रले २, एकीकृत समाजवादीले ६ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्।

सार्वजनिक हुन बाँकी तीन पालिकामध्ये एमालेले ३, लोसपाले १ र माओवादी केन्द्रले १ पालिकामा अग्रता लिएका छन्। अग्रता लिएकै दलहरुले जितेमा कुनै पनि पार्टीको बहुमत पुग्नेछैन। त्यसैले जिल्ला समन्वय समिति गठनको लागि तालमेल आवश्यक बन्न जान्छ।

बारा
बारामा १६ पालिका छन्। जसमध्ये एक पालिकाको नतिजा आउन बाँकी छ। यस जिल्लामा ३२ मतदाता छन्। बहुमतको लागि १७ चाहिन्छ।

बारामा कांग्रेसले ८, एमालेले ९, जसपाले ६, लोसपाले ४, माओवादी केन्द्रले १, विवेकशील साझाले २ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्।

जिल्ला समन्वय समिति गठनका लागि यहाँ कसैको बहुमत पुग्दैन। त्यसैले तालमेल आवश्यक बन्छ।

पर्सा
पर्सामा १४ पालिका छन्। यहाँ २८ मतदाता छन्। १४ मध्ये १३ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ।

सार्वजनिक भएका मतपरिणाममध्ये कांग्रेसले ११, एमालेले १०, जसपाले ४, लोसपाले १ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्। नतिजा आउन बाँकी एक पालिकामा पनि लोसपाले प्रमुख र कांग्रेसले उपप्रमुखका अग्रता लिएका छन्। ती पदहरु तिनै दलले जिते पनि पर्सामा जिल्ला समन्वय समिति गठनका लागि कुनै दलको बहुमत पुग्दैन। तालमेल आवश्यक बन्छ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमालका विषय उजागर गर्न सफल भएका छौँ : परराष्ट्र सचिव राई
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा समितिलाई बुझायो
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
हिमालका विषय उजागर गर्न सफल भएका छौँ : परराष्ट्र सचिव राई आइतबार, जेठ ४, २०८२
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान आइतबार, जेठ ४, २०८२
शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा समितिलाई बुझायो आइतबार, जेठ ४, २०८२
सुदूरपश्चिममा नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त आइतबार, जेठ ४, २०८२
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ? आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्