काठमाडौं– बागमती प्रदेशका १३ जिल्लाको ११७ पालिकामध्ये ३ वटामा मत परिणाम आउन बाँकी छ। ललितपुरको ललितपुर महानगरपालिका, काठमाडौंको काठमाडौ महानगर र चितवनको भरतपुर महानगरमा मतगणना भइरहेको छ।
उक्त स्थानमा अग्रता लिएको आधारमा हेर्दा हालसम्म दुईवटा जिल्लामा मात्र जिल्ला समन्वय समिति कुनै एक पार्टीले एकल रूपमा बनाउन सक्ने देखिएको छ।
नेपाली कांग्रेसले काठमाडौं र ललितपुरमा मात्र बनाउन सक्नेगरी बहुमत पाएको छ भने एमाले र माओवादीले तालमेल नगरी कुनै पनि जिल्लामा जिसस नपाउने देखिएको छ।
कांग्रेसले ललितपुर १२ मत रहेकामा नेपाली काग्रेस ७ मत पाएको छ। कांग्रेसले ४ प्रमुख ३ उपप्रमुख जितेको छ। जसमध्ये एकमा जितका लागि अग्रता लिइरहेको छ। ललितपुर महानगर जितेमा उसले एकल रुपमा जिसस बनाउन पाउने छ।
ललितपुरमा एमालेले प्रमुख/उपप्रमुख गरी ३ स्थान जितेको छ। पालिका प्रमुखमा २ र उपप्रमुखमा १ जितेको छ। त्यस्तै माओवादी केन्द्रले पनि २ जितेको छ । माओवादी केन्द्रले पालिका प्रमुख जितेको छैन भने उपप्रमुख २ स्थानमा जितेको छ ।
त्यस्तै अर्को जिल्ला हो काठमाडौं । काठमाडौमा कूल २२ मत रहेको छ। ११ नगरपालिका रहेको काठमाडौंमा मेयर/उपमेयर गरी २२ मध्ये नेपाली कांग्रेसले १२ मा जित हात पारेको छ।
नेपाली कांग्रेसले प्रमुखमा ७ र उपप्रमुख ५ स्थान जितेको छ। त्यस्तै एमालेले कूल ७ जितेको छ। प्रमुखमा २ र उपप्रमुखमा एमालेले ५ जितेको छ। एक स्थानमा भने अग्रता लिइरहेको छ । काठमाडौं महानगरमा एमालेको उपमेयर अघि रहेकी छन् । राप्रपाले १ पालिका प्रमुख जितेको छ भने स्वतन्त्र एक पालिकामा अग्रता कायम गरिरहेको छ।
सबैभन्दा रमाइलो रसुवामा हुने देखिएको छ। पाँच पालिका रहेको रसुवामा नेपाली कांग्रेस र एमालेले बराबर ५/५ जितेका छन् । जिसस बनाउनका लागि दुवैले बहुमत नपाएको र तेस्रो पार्टीले कुनै पनि पद नजितेकाले उनीहरूले मिलेर बनाउनुपर्ने देखिएको छ।
त्यस्तै काभ्रेपलान्चोक र सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले धेरै पालिका जिते पनि एक मत कम हुँदा तालमेल गर्नुपर्ने देखिएको छ। एकल बहुमत भएको स्थानमा आफ्नो पार्टीभित्रका पालिका सदस्यलाई ल्याउन पाउने छ भने नभएको स्थानमा दलहरूकाबीचमा तालमेल गरेर पद बाँडफाँड गरेर मिलाउने गरिएको छ।
कति पद हुन्छ जिससमा ?
नेपालको संविधानको धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्थाबारे उल्लेख गरिएको छ। जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाहरूकाबीचमा समन्वय गर्न एक जिल्ला सभा रहने व्यवस्था छ ।
जिल्ला सभामा एक जना प्रमुख एक जना उपप्रमुख, कम्तिमा तीन जना महिला र कम्तिमा एक जना दलित वा अल्पसंख्यकसहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने संविधान उल्लेख छ ।
यसरी उम्मेदवार हुने व्यक्ति पालिका सदस्य हुनुपर्ने छ। जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदमा निर्वाचित भएका त्यस्तो व्यक्तिको गाउँसभा वा नगरसभाको सदस्य पद स्वतः रिक्त हुने संविधानमा उल्लेख छ।
यस्तो छ १३ जिल्लाको तथ्यांक
१.दोलखा–१८ तालमेल गर्नुपर्ने
नेपाली कांग्रेस ६ : प्रमुख–३, उपप्रमुख–३
नेकपा एमाले प्रमुख ७ : प्रमुख–२, उपप्रमुख–५
माओवादी केन्द्र ४ : प्रमुख–२, उपप्रमुख–१
एकिकृत समाजवादी १ : प्रमुख–१, उपप्रमुख–०
२.सिन्धुली १८ तालमेल
नेपाली कांग्रेस ७ : प्रमुख–३, उपप्रमुख–४
नेकपा एमाले ४ : प्रमुख–२, उपप्रमुख–२
माओवादी ७ : प्रमुख–४, उपप्रमुख–३
३.रामेछाप १६ तालमेल
नेपाली कांग्रेस ७ : प्रमुख–३, उपप्रमुख–४
नेकपा एमाले ६ : प्रमुख–३, उपप्रमुख–३
माओवादी केन्द्र ३ : प्रमुख–२, उपप्रमुख–१
४.सिन्धुपाल्चोक २४ तालमेल (एक मत पुगेन )
नेपाली कांग्रेस १२ : प्रमुख–५, उपप्रमुख–७
नेकपा एमाले ७ : प्रमुख–३, उपप्रमुख–४
माओवादी ४ : प्रमुख–४, उपप्रमुख–०
एकीकृत समाजवादी : उपप्रमुख–१
५.काभ्रेपलान्चोक २६ तालमेल (काग्रेसलाई १ मत पुगेन )
कांग्रेस १३ : प्रमुख–७, उपप्रमुख–६
नेकपा एमाले ३ : प्रमुख–१, उपप्रमुख–२
माओवादी केन्द्र ९ : प्रमुख–४, उपप्रमुख–५
एकीकृत समाजवादी १ : प्रमुख–१
६. ललितपुर १२ नेपाली काग्रेस एकल
नेपाली कांग्रेस ७ : प्रमुख–४, उपप्रमुख–३
एमाले ३ : प्रमुख–२, उपप्रमुख–१
माओवादी २ : उपप्रमुख–२
७.भक्तपुर ८ तालमेल
नेपाली कांग्रेस २ : प्रमुख–२
नेकपा एमाले ३ : प्रमुख–१, उपप्रमुख–२
माओवादी केन्द्र १ : उपप्रमुख–१
नेमकिपा २ : प्रमुख–१, उपप्रमुख–१
८. काठमाडौं २२ नेपाली कांग्रेस एकल
नेपाली कांग्रेस १२ : प्रमुख–७, उपप्रमुख–५
नेकपा एमाले ७ : प्रमुख–२, उपप्रमुख–५
माओवादी : प्रमुख–०, उपप्रमुख–०
राप्रपा : प्रमुख–१
स्वतन्त्र : प्रमुख–१
९.नुवाकोट २४ तालमेल
नेपाली कांग्रेस ११ : प्रमुख–७, उपप्रमुख–४
नेकपा एमाले १ : प्रमुख–१
माओवादी केन्द्र १२ : प्रमुख–४, उपपप्रमुख–८
१०.रसुवा १० बराबर
नेपाली कांग्रेस ५ : प्रमुख–३, उपप्रमुख–२
नेकपा एमाले ५ : प्रमुख–२, उपप्रमुख–३
११. धादिङ २२ मत तालमेल
नेपाली कांग्रेस १२ : प्रमुख–७, उपप्रमुख–५
नेकपा एमाले २ : प्रमुख–२
माओवादी केन्द्र ८ : प्रमुख–३, उपप्रमुख–५
एकीकृत समाजवादी ३ : उपप्रमुख–३
१२.मकवानपुर २० तालमेल
नेपाली कांग्रेस ९ : प्रमुख–५, उपप्रमुख–४
एमाले ३ : प्रमुख–२, उपप्रमुख–१
माओवादी केन्द्र ७ : प्रमुख–२, उपप्रमुख–५
एकीकृत समाजवादी : प्रमुख–१
१३.चितवन १४ तालमेल
नेपाली कांग्रेस ५ : प्रमुख–२, उपप्रमुख–३
एमाले ७ : प्रमुख–३, उपप्रमुख–४
माओवादी केन्द्र १ : प्रमुख–१
एकीकृत समाजवादी : प्रमुख–१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।