धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन्।
हमालले २६ हजार ८६५ मत ल्याउँदै जित हात पारेका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत पाए।
काठमाडौं महानगरपछि सबैभन्दा धेरै चर्चा धनगढीको भएको थियो। हमालले निर्वतमान नगरप्रमुख वडलाई पराजित गरे।
अघिल्लो निर्वाचनमा पनि हमाल धनगढीको मेयरमा स्वतन्त्र उठेका थिए। तर, त्यतिबेला उनी निवर्तमान मेयर वडसँग पराजित भएका थिए।
यस्तै, उपमहानगरपालिकाको उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार कन्दकला राना विजयी भएकी छिन्। उनले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गरिन्।
रानाले १५ हजार ४७९ मत पाउँदा अधिकारीले १२ हजार ६७० मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।