• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२ Sun, May 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
धनगढी उपमहानगर : गोपी हमालको लोकप्रियतामा थपिएको कांग्रेस नेता ओझामाथिको कारबाही
64x64
डिबी खड्का शनिबार, जेठ ७, २०७९  २०:०२
1140x725

काठमाडौं- धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपी (गोपाल) हमालले अप्रत्यासित मत हासिल गरिरहेका छन्। सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका निवर्तमान प्रमुख नृपबहादुर वडसँग दोब्बरले मतले अग्रता लिइरहेका छन्। 

६३ हजार ७१५ मत मध्ये ५१ हजार ६५ मत गन्दा हमालले २४ हजार ५२९ पाएका छन्। वड उनीसँग दोब्बरले पछि परेका छन्। उनले १२ हजार ७ सय ३१ मत प्राप्त गरेका छन्। ९० प्रतिशत मत गणना भइसकेको अवस्थामा हमालको जित घोषणा हुनमात्रै बाँकी छ। 

२०७४ सालको निर्वाचनमा कांग्रेस एक्लैले हमाललाई हराएको थियो। यसपल्ट गठबन्धनका सहयात्री दल थपिए। तर मत भने अनपेक्षित घटेको छ। २०७४ को निर्वाचनमा १४ हजार ३ सय २४ मत ल्याएका वडले यसपल्ट त्यति नै पुर्‍याउन समेत मुस्किल देखिएकाे छ। त्यतिबेला  ११ हजार ५ सय २७ मत प्राप्त गरेका हमालले दोब्बरभन्दा बढी मत थपेका छन्।

सुदूरपश्चिमका चर्चित व्यवसायी हमालको आफ्नै लोकप्रियता यो मतको एउटा कारण छँदैछ। त्यसबाहेक के कारण हुन सक्छन्? जसले गर्दा हमाल 'प्रतिष्पर्धी' विहीन विजेता बन्ने लयमा छन्। 

हमालको प्रभाव
सुरुमा हमालकै प्रभाव केलाउँ, जुन उनले गएको निर्वाचनमै प्रमाणित गरेका छन्। स्वतन्त्र रुपमा लड्दा वडसँग उनले दुई हजार ७ सय ९७ मतले हारेका हुन्। 

सुदूरपश्चिमका व्यवसायी हमालको 'दिनेश ग्रुप'मा विभिन्न प्रकारका व्यापार र व्यवसाय छन्। दिनेश यातायात,  दिनेश एग्रो, दिनेश होटल, दिनेश एफएम, दिनेशखबर र दिनेश मोटर्सजस्ता व्यापार छन्। दिनेशका दाइ र भाइहरुले पनि विभिन्न व्यवसायी यही नामबाट सम्हालेका छन्।  दिनेश कन्सर्न, दिनेश फोर ह्विल, दिनेश अटो मोटिभ्स, दिनेश मेटल, दिनेश पेन्ट्स, दिनेश कम्प्युटर्सजस्ता व्यवसाय यही समूहले सञ्चालन गरेको छ। 

व्यवसायसँगै सामाजिक काम उनले सुरुदेखि नै थालेका हुन्। २०४२ सालमा हमालको नेतृत्वमा ब्लड बैंक स्थापनाका लागि धनगढीका युवाहरुले नारायण गोपालको एकल साँझ गरेका थिए। हास्यकलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको नाटक 'विज्ञापन'  देखाए। त्यसले उनलाई सामाजिक क्षेत्रमा सक्रिय बनायो।

आफ्नो व्यवसायलाई यही बीचमा उनले फैलाए। सँगै उद्योग वाणिज्य महासंघमा संगठित भएर त्यसको नेतृत्वसमेत गरे। उनी सुदूपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्ष भए। 

Ncell 2
Ncell 2

२०६३ सालमा कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष बनेका हमालकै नेतृत्वमा धनगढीको विकासका लागि एक रुपैयाँ अभियान चल्यो र 'सुन्दर सुदूरपश्चिम' अभियानको थालनी भयो। सुदूरपश्चिममा पुग्ने केन्द्रका प्रभावशाली नेतालाई त्यहाँका समस्या सम्झाउन मागका बुँदा बराबर तौल भएको माला लगाउन सुरु गरियो। २१ बुँदे मागसहित २१ किलोको माला देउवाले त्यही अभियानअन्तर्गत पाएका हुन्। 

सुदूरपश्चिमको आर्थिक र सांस्कृतिक विकासका लागि उनले उद्योग वाणिज्य महासंघकाे नेतृत्व गरिरहँदा हरेक वर्ष मंसिर २२ सुदूरपश्चिम महोत्सव थालियो। व्यवसायीमाझ पहिल्यै परिचित उनलाई त्यसले  सेलिब्रिटी र आमजनमाझ परिचित बनायो। 

ओझालाई कारबाही,  कांग्रेसलाई नै कठिन
पूर्वराज्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस कैलालीका लोकप्रिय नेता पुष्करनाथ ओझालाई २०७६ साल भदौमा कांग्रेसले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्‍यो। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले  चुनाव हारेपछि असहयोग गरेको आरोपमा उनी कारबाहीमा परेका हुन्। 

shivam cement

shivam cement

संविधान सभाको निर्वाचनमा देउवा कैलाली ५ बाट पनि उठेका थिए। डडेलधुराबाट समेत विजयी उनले त्यहाँ छाडेपछि भएको उपनिर्वाचनमा ओझाले जिते। त्यसपछि उक्त क्षेत्रमा ओझाको स्वाभाविक दाबी रह्यो। तर, कांग्रेस राजनीतिमा सक्रिय भइरहेकी देउवा पत्नी आरजुले त्यही क्षेत्रमा आँखा लगाइन् र ओझाले २०७४ मा मौका पाएनन्। त्यही कारण असन्तुष्ट रहेर असहयोग गरेको आशंकामा उनलाई कारबाही गरियो। आरजुलाई त्यहाँ स्थापित गर्न ओझालाई पन्छाउने मौकाका रुपमा यसलाई प्रयोग गरियो। 

आरजु आफैंले उजुरी दिन नमिल्ने भएपछि अन्य तीन जना तयार पारियो। ओझाविरुद्ध उजुरी दिनेमध्ये तीनमध्ये एक वड पनि हुन्। उनलाई कारबाही गरिएपछि कांग्रेस कैलालीका नेताहरु विभाजित भएका थिए। ओझा गुटले छुट्टै भेला गरेर कारबाही फिर्ताको माग पनि गरेको थियो तर केन्द्रीय कमिटीले सुनुवाइ गरेन।

ओझालाई साथ दिनेमा महासमिति सदस्य आनन्दराज जोशी, तत्कालीन जिल्ला सचिव पूर्ण कुँवर, महाधिवेशन प्रतिनिधि बब्लु चौधरीलगायत थिए। चुनाव केही वर्ष पर नै भएका कारण त्यो समय उनीहरुले दिएको दबाबले नेतृत्वलाई छोएन। 

ओझाको कारबाहीले धनगढी उपमहानगरको हिसाब गडबड गर्नसक्ने संकेत देउवाले चुनावको संघारमा पाएका हुन्। चुनावको केही दिनअघि धनगढी पुगेका देउवाले ओझासँग भेटेर मिलाउने कोशिस गरेका हुन्। तर ओझाले देउवालाई भेट्न अस्वीकार गरे। धनगढीको राजनीति बुझेका उनले त्यो समय स्वतन्त्र उम्मेदवार हमाललाई रणनीतिक रुपमा सघाएको बुझिएको छ। 

आरजु रोक्न सक्रिय कांग्रेस-एमाले
कारबाही परेका ओझामात्रै होइन, कांग्रेसमै सक्रिय धनगढीका केही नेताहरुले समेत हमाललाई सघाइरहेको बुझिएको छ। उनीहरु प्रधानमन्त्री पत्नी आरजुलाई उक्त क्षेत्रमा आउन रोक्नका लागि सक्रिय छन्। 

कांग्रेस मात्रै होइन,  उक्त क्षेत्रमा आरजुलाई रोक्न नेकपा एमालेका नेताहरु पनि चाहन्छन्। गतवर्ष गठबन्धनका कारण विजयी भएका एमालेका नारदमुनि रानाका लागि सवैभन्दा चुनौतीपूर्ण प्रतिष्पर्धी आरजु बन्नेछिन्। 'फर्स्ट लेडी' आरजुले चुनाव जित्न कुनै कसुर बाँकी नराख्ने एमाले नेताहरुले बुझेका छन्। 

आरजुलाई उक्‍त क्षेत्रमा दोहोर्‍याएर लड्न मुस्किल पर्ने माहोल अहिलेदेखि नै बनाउने चाहना एमालेको पनि छ। आफ्नो उम्मेदवार नजित्ने विश्लेषण गरेरै चुनावमा होमिएको एमालेले पनि रणनीतिक रुपमा हमाललाई सघाएको देखिन्छ। 

एमालेका उम्मेदवार रणबहादुर चन्दले ७ हजार ३ सय ६८ मत पाएका छन्। जबकि एमालेकी उपमेयर उम्मेदवार कन्दकला कुमारी राना १२ हजार ५ सय ९४ मतसहित जिततर्फ उन्मुख छिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझाले त घोषित रुपमै हमाललाई सघाएका छन्। जसले गर्दा हमाले यसपल्ट दोब्बर मतान्तरले निर्वतमान मेयरलाई पछार्ने तयारीमा छन्। 
धनगढीबाट शेरबहादुर ऐरको सहयोगमा
 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ आइतबार, जेठ ४, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर आइतबार, जेठ ४, २०८२
हिमालका विषय उजागर गर्न सफल भएका छौँ : परराष्ट्र सचिव राई आइतबार, जेठ ४, २०८२
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ? आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्